समाज
फोटो फिचर
महाभूकम्पको १२ औं दिनमा बारपाक
बारपाक (गोर्खा)- महाभूकम्पको केन्द्र बिन्दु गोर्खाको बारपाक गाउँ विस्तारै तंग्रिदै छ। बुधबार बिहानैदेखि भूकम्प पीडितहरु भत्केका घर खोस्रदै सामान झिक्ने मेलोमा जुटेका देखिन्थे।
मानिसहरु भत्केका घर र पुरिएका सामान सम्हाल्न गैंटी, गल, कोदालो, हसिया लगायतका औजार उठाएर दिनभर काममा खटिन थालेका छन्। जताततै औजार चलेको आवाज सुन्दा लाग्थ्यो बारपाकको सन्नाटालाई चिर्न स्थानीयले कम्मर कसेका छन्। भूकम्पको केन्द्रिकृत धक्काले नराम्ररी ढलेको बारपाक हिम्मत जुटाएर उठ्न खोज्दैछ।
'अरु सबै सामान सारेर सकियो,' नेपाली सेनाको क्याम्पमा सहयोग माग्न आएका अमित गुरुङ भन्दै थिए 'चारवटा दराज सार्न सकिएन सहयोग पाउँ।' बारपाक अपरेटिङ बेस क्याम्पका कर्णेल सुनिल सिंह राठौरले तुरुन्तै पाँचजना जवानलाई उनीसँगै पठाए।
'अब त स्थानीय आफै सक्रिय भएका छन्,' राठौरले नागरिकसँग भने 'गाह्रोसाह्रो काममा हामी सघाउँछौं।' सुरुका दिनमा गाउँलेहरु निकै अत्तालिएका थिए। अब के गर्ने भन्ने उनीहरुलाई मेसो थिएन। सेनाको क्याम्प आसपास र हेलिकप्टर ओर्लने चौरमा दिनभर उराठ मानेर बस्थे। 'अन्नपात, गरगहना र बचेका सामान निकाल्न हामीले नै सुरु गर्यौंी।' राठौरले भने 'सुरुमा गाउँलेहरु हतास देख्दा हामी पनि अन्यौलमा थियौं,' उनले थपे 'अब अत्यास कम भयो, विस्तारै पीडा भुलेर गाउँले काममा जुटेका छन्।'
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%