समाज
फोटो फिचर
भूकम्पको पाँचौ दिन उपत्यका
काठमाडौं-गोरखाको बारपाक केन्द्रविन्दु रहेर गएको विनाशकारी भूकम्पले देशभर ठूलो क्षति पुर्याएको छ। त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै हजारौं मानिसको मृत्यु भएको छ भने घाइतेहरुले सबैजसो अस्पताल भरिएका छन्।
सरकारले बुधबार सार्वजनिक गरेको तथ्यङ्कअनुसार काठमाडौंमा मात्रै १७ हजार ७ सय ५० घर पूर्णरुपमा ध्वस्त भएका छन् भने बीस हजार ३ सय घर आशिंक रुपमा क्षति भएको गृहमन्त्रालयले जनाएको छ। जसले गर्दा घरबिहीन र परिवारबिहीन हुने र प्रभावितको संख्या लाखौं छ। सरकारी कार्यालय, विश्वसम्पदामा सूचिकृत सम्पदा पनि अधिकांश नष्ट भएका छन्।
मानवीय चाप धेरै भएको उपत्यकामा बस्ने ठाउँ घर र खुल्ला चौरको समेत अभाव छ। खुल्ला ठाउँमा धेरै जना बस्नुपर्दा फैलिने दुर्गन्ध, त्यसले निम्त्याउने महामारी,पानी र खाद्यनको अभाव हुने भएपछि उपत्यकाबाट बाहिरिनेक्रम बढ्दै गएको छ। शनिबारको महाभूकम्प र पाँच दिनदेखि त्यसपछिको लगातर झड्का महशुस गरिरहेका उपत्यकाबासीलाई नियाल्न काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा पुगेको थिए।
सबै तस्बिर : दिपेश श्रेष्ठ
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%