समाज
फोटो फिचर
वर्षाले सर्वसाधारणको बिचल्ली
आइतबार मध्यरातमा तनहुँकी सरस्वती परियार सुनधारास्थित नेपाली सेनाको मुख्यालयमा सेनासँग बासको व्यवस्था मिलाइदिन गुहार्दै थिइन् । विदेशबाट पतिलाई लिन राजधानी आइपुगेका उनीसँगै ५ जनाले सेनासँग पाल मिलाइदिन आग्रह गर्दै थिइन् । नेपाली सेनाले मुख्यालयमा टाँगेका पाल देखाउँदै उतै बस्न आग्रह गरे । सरस्वतीले कहीँ पनि ठाउँ नभएको भनेपछि केही गर्न नसकिने ती सेनाले जवाफ फर्काए ।
पटकपटक भूकम्पको धक्का महसुस हुनु र राति आएको वर्षासँगै लाखौं जनता बिचल्लीमा परेका छन् । नागरिकन्युजको टोली मध्यरात टुडिखेल पुग्दा कहाली लाग्दो दृश्यहरु देखिए । वर्षाले पालभित्रैसम्म पानी पारेपछि उनीहरु बिचल्लीमा परेको बताएका थिए । आगो बाल्दै गरेका कलकत्ता निवासी प्रदीपले वर्षाकै कारण आगो तापेर बस्नुपरेको बताए ।
टुडिखेलमै पाल नपाएर सर्वसाधारणहरु भौतारिरहेका देखिन्थे । उनीहरु ज्यानमा सिरक बेरेर बासस्थानको खोजिमा देखिन्थे । पालभित्र बसेका अधिकाशंले आफूहरु भोकै रहेको बताएका थिए । पसल खुल्ला नहुनु र भूकम्पको त्रासले घर जाने स्थिति नबनेपछि भोकै बस्नुपर्नै बाध्यता रहेको उनीहरुले बताए । सुत्ने ठाउँ नपाएपछि मानिसहरु सहिद गेटभित्र समेत सुतेका थिए ।
हेरौं मदन चौधरीले खिचेका केही तस्बिर
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%