समाज
फोटो फिचर
भारतीय तिर्थालु चढेको बस २ सय मिटर तल खस्दा १७ को मृत्यु
धादिङ-भारतीय तिर्थयात्रु चढेको बस धादिङको नौबिसेमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। भारतको गुजरातबाट एक महिना लामो तिर्थयात्रामा नेपाल आएका उनीहरु घर फर्कने क्रममा दुर्घटनामा परेका हुन्।
बस आज बिहान त्रिभुवन राजपथअन्तर्गत पर्ने नौबिसको झाप्रेखोला र सिस्नेखोलाबीचको घुम्तीबाट करिब २ सय मिटर तल खसेको हो। दुर्घटनामा १४ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते २८ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ।
सबै तस्बिर: रामेश्वर कार्की
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%