११ माघ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

पानी नआउने धारा

जुम्ला-जुम्लामा सरकारी तथा गैरसरकारी संघ संस्थाको सहयोगमा निर्माण भएका धारा अधिकांश बन्द छन्। धारा बनाएर पानी नल्याइदिने र फलोअप नगर्नाले धारा काम नलाग्ने भएका हुन्। गाउँभरी धारा भएपनि पानी नआउँदा स्थानीयबासी पुरानै सास्ती खेप्न बाध्य छन्। उनीहरु धारामा पानी नआएपछि एक घण्टाको पैदल हिँडेर कुवामा पुग्नुपरेको बताउँछन्।

2
कालिका खेतु गाविसको वुअ गाउँमा धारामा मल राखिएको दृश्य।
कतै-कतै खोलाको दुषित पानी खानेपानीका रुपमा प्रयोग गरिरहेका छन्। पानी जीवन हो भन्ने र जीवनको रक्षा नगर्ने बानीले खानेपानीको निकै समस्य पर्ने गरेको स्थानीयबासी बताउछन्।  खानेपानीका धाराहरु कतै माटोले पुरिएको त कतै धारामा दाउरा राखेको र कतै रित्ता धारा देखिन्छन्।
खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालय जुम्लाले सामाजिक संघ-संस्थाको निगरानी राख्न नसक्नुको  परणामका रुपमा यसलाई लिन सकिन्छ। कतै पाइप दिनुपर्ने, कतै ट्यांकी निर्माण गर्नुपर्ने त कतै पाइप जोडिदनुपर्ने अवस्था छ।
 3
वड्की गाविसको दयार गाउँमा घर बनाउँने क्रममा पुरिएको धारा।
 
 4
वड्की गाविसको आर्चाय लिहीमा धारा बिग्रेपछि अलपत्र अवस्थामा।
5
शनिगाउँको गाविस भवनमा रहेको धारा निर्माण भएदेखि हालसम्म पनि पानी आएको छैन।
6
शनिगाउँ गाविसको जोडु गाउँमा अलपत्र अवस्थामा रहेको धारा।
 8
तलिउम गाविसको उमखोला गाउँको पाखोमा निमाण गरिएको धारा।
9-1
कालिकाखेतु गाविसमा झारपातले ढाकेको धारा।
सबै तस्बिर : डिबी बुढा
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App