११ माघ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

चुरे क्षेत्रको स्थलगत अवलोकनमा राष्ट्रपति

रौतहट– राष्ट्रपति डाक्टर रामवरण यादव बाराको अमलेखगन्ज र रौतहटको चन्द्रपुरमा पर्ने चुरे क्षेत्रको बिहीबार स्थलगत अवलोकन गरेका छन्। राष्ट्रपति चुरे तराई–मधेस संरक्षण समितिले अमलेखगन्जको चकरीदेखि भलुही भरवलियासम्मको क्षेत्रमा गरेको चुरे संरक्षण कार्यक्रमको उनले अवलोकन गरेको हो।
सो क्रममा उनले चुरे क्षेत्रको संरक्षणमा जिम्मेवार भएर लाग्न सरकोरवाला निकायका प्रमुखलाई सुझाव दिएका छन्। स्थानीय समुदाय, नागरिक र संघसंस्थाको प्रत्यक्ष सहभागितामा चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउन राष्ट्रपति यादवले आग्रह गरे।
chure ko bisayma ablokan gardai rastpati chandrapurma 1
कार्यक्रममा राष्ट्रपति चुरे तराई–मधेस संरक्षण समितिका अध्यक्ष एवं पूर्व अर्थसचिव रामेश्वर खनालले चुरे क्षेत्रको संरक्षणमा समितिले गम्भीर भएर काम गरिरहेको बताए। चुरे क्षेत्र पर्ने ३६ जिल्लामध्ये २८ वटामा समितिले अहिले काम गरिरहेको जानकारी उनले राष्ट्रपति यादवलाई गराएका थिए।
chure ko bisayma ablokan gardai rastpati chandrapurma 2
कार्यक्रममा जिल्ला भूसंरक्षण कार्यालय बाराका प्रमुख रामानन्द भट्टराई र जिल्ला वन कार्यालय बाराका सहायक वनअधिकृत शंकर गुप्ताले राष्ट्रपति चुरे क्षेत्र संरक्षण कार्यक्रमबारे यादवलाई जानकारी गराएका थिए।
chure ko bisayma ablokan gardai rastpati chandrapurma 3
राष्ट्रपति यादवले रौतहटको चन्द्रपुर–६ जुडिबेलाअन्तर्गत चुरे क्षेत्र संरक्षणका लागि भइरहेका कामको समेत स्थलगत अनुगमन गरेका थिए। अमलेखगन्जको कार्यक्रम सकेर जुडिबेला आएका राष्ट्रपति यादवलाई चुरे क्षेत्र संरक्षणका लागि भइरहेका कामबारे जिल्ला भूसंरक्षण कार्यालय र जिल्ला वन कार्यालय रौतहटका प्रमुखहरूले जानकारी गराएका थिए।
chure ko bisayma ablokan gardai rastpati chandrapurma 4
 
rautahat ma chure ablokan gardai rastpati 1
 
rautahat ma chure ablokan gardai rastpati 4
 
rautahat ma chure ablokan gardai rastpati 5
 
सबै तस्बिर : मदन ठाकुर
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App