८ वैशाख २०८१ शनिबार
फोटो फिचर

एमसीसीविरुद्ध काठमाडौंमा प्रदर्शन(फोटो फिचर)

काठमाडौंमा एमसीसीविरुद्ध प्रदर्शन भएको छ। नेपाल मजदुर किसान पार्टीको भ्रातृ संगठन नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघको संयुक्त आयोजनामा काठमाडौंमा विरोध प्रदर्शन एवं सभा भएको थियो।

रत्नपार्कबाट सुरु भएको विरोध प्रदर्शन असन, इन्द्रचोक, अमउत साइनस क्याम्पस, ठकले हुँदै अमेरिकी राजदूतावासतिर अघि बढेको थियो। दूतावासतिर अघि बढेका प्रदर्शनकारीहरुलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो। सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएको थियो। 

 घम्साघम्सीको क्रममा ६ जना बढी घाइते भएको आयोजक विद्यार्थी संघका प्रकाश गुरुङले बताए।

प्रकाशित: २१ भाद्र २०७८ १४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App