उपेन्द्र लामिछाने (शब्द/तस्बिर)- मंगलबार बिहान पाटन कृष्ण मन्दिरमा पुग्दा साना नानीहरु कृष्णको भेषमा घुम्दै थिए। पाटन कृष्ण मन्दिर प्रांगणमा छरिएर रहेका 'बालकृष्ण'जस्तै लाग्ने उनीहरुको मुस्कुराहटसँगै कृष्ण मन्दिरको रौनक बढेको छ। विभिन्न स्कुलबाट शिक्षकशिक्षिकासहित आएका उनीहरुले आगन्तुकको मनलाई लोभ्भाए। स्वदेशीले ध्यान दिएर नियाले। विदेशीले तस्बिर खिचे। कोही मन्दिरको सिँढीमा बसेर मुस्कुराउँदै थिए। कोही परेवासँग खेल्दै थिए। कोही घण्ट समाउँदै थिए। कोही मूर्तीमा आराम गर्दै थिए। एक दिन अगावै कृष्णअष्टमीको भान हुन्थ्यो। बुधबारको कृष्ण जन्माष्टमी पर्वका लागि पाटनस्थित कृष्ण मन्दिरमा सम्पूर्ण तयारी पूरा भएको छ। बुधबार भगवान् श्रीकृणणको जन्म दिन हिन्दू धर्मालम्बीले भगवान श्रीकृष्णको पूजाआजा गरी मनाउने गर्छन्।
आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा नेपालले स्कटल्याण्डमाथि ७ विकेटको सानदार जित दर्ता गर्दै इतिहास रचेको छ।
आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा १७१ रनको लक्ष्य पछ्याइरहेको नेपालले १० ओभरको समाप्तिमा १ विकेट गुमाउँदै ७९ रन जोडेको छ।