प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध विभिन्न पेसाकर्मी तथा श्रमजीवीहरुले मौन विरोध प्रदर्शन गरेका छन् ।
संसद विघटनविरुद्ध आज (शनिबार) काठमाडौँ कालो पट्टी, मास्कसहित भौतिक दुरी कायम गरेर विभिन्न नारा लेखिएका प्ले कार्ड छातीमा टाँसेर उनीहरुले मौन विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले भद्रकालीमा जम्मा भएर टुँडीखेललाई मौन विरोध प्रदर्शनसहित टुँडिखेलमा मानव साङ्लोले घेरेका थिए ।
प्रकाशित: २४ माघ २०७७ ०८:२२ शनिबार