११ माघ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

काठमाडौंमै पश्चिम नेपाल

शुक्रबार बिहान काठमाडौंको पर्यटकीय केन्द्र ठमेलमा बेग्लै दृश्य देखियो। कर्मचारी सञ्चय कोष छेउबाट दमाहा बजाउँदै बाद्यबादक अघि लागे। बाजाको मिठो संगीतमा झुम्दै महिलापुरुषले उनीहरुलाई पच्छाए। त्यो लाममा झुमरा, हुड्के, पुतला, छलिया नाचको टोली थियो। उनीहरु नाचेको देख्नेहरु मोहित भए।


विदेशीले अनौठो मानेर उनीहरुतिर क्यामेरा सोझ्याए। नेपाली तन्नेरीले पनि मोबाइलबाट तस्बिरहरु खिचे। गाउँबाट आएका कलाकारले बिहीबारे झरीपछि उघ्रेको आकाश मुन्तिर पश्चिमेली संस्कृति पस्किए। उनीहरु दरबारमार्गहुँदै राष्ट्रिय सभागृह पुग्दासम्म थाकेनन्। सभागृह हातामा पनि निकैबेर उनीहरु पत्रकारका क्यामेराले घेरिइरहे। 

पश्चिम महिला जागरण समूहको आयोजनामा सुरु भएको 'मध्य तथा सुदूरपश्चिम पर्यटन महोत्सव'ले सभागृहको रौनक बढायो। त्यहाँ नाचगान मात्रै होइनउताका मौलिक स्वादका स्टलहरु पनि छन्। टिकापुरका बनाना किङ कालु हमालको स्टलमा केराका परिकार चाख्नेहरुको भिड थामिनसक्नु थियो। बिशेषतः केराको ममवाइन र बुंगाको अचार खान लामै लाग्नु पर्‍यो। 

'केराको पनि ममः बन्दोरहेछ', रेस्टुरेन्ट व्यवसायी रामजी अवाल भन्दैथिए, 'दुई प्लेट खाँदा पेट भरियो तरमन अघाएन।केराकै पातमा केराकै मम पाइन्छ।  

भादागाउँकैलालीको स्टलमा थारु खाना चाख्नेहरुको भिड पनि उस्तै थियो। सुदूरपश्चिमका परिकारलाई राजधानीमा प्रर्बद्धन गरिरहेको डुक्पा रेस्टुरेन्टको स्टलमा पनि थरिथरीका स्वाद भेटियो। महिला स्टलको माणाराइतो लगायत परिकारले पनि राम्रै भिड बटुल्यो। जुम्लाबाट ल्याइएको स्याउको ब्राण्डीबारे सोधखोज गर्नेहरु पनि थुप्रै थिए।     

महोत्सवको अर्को आकर्षण गुरिल्ला टे्रलको स्टल हो। म्याग्दीको दरबाङदेखि रोल्पाको सुलिचौरसम्म तन्किएको पदमार्गबारे शुरेन्द्र रानाको समूह जानकारी दिन बसेको थियो। त्यहाँ माओवादी छापामारले प्रयोग गरेका कम्व्याट डे्रस पनि राखिएको छ। 

बर्दियाको डल्लाधनगढीको पर्यटन विकास समाज र भादागाउँको स्टलमा थारु पहिरनमा सजिएका महिलाको तस्बिर पनि धेरैले क्यामेरामा अटाए। रैका ट्राभल्स र फारवेस्ट नेपाल होलिडेजले खप्तडरारा र शुक्लाफाँटा प्याकेज बेचिरहेका छन्। 

सभागृह हलमा उद्घाटन कार्यक्रम चलिरहँदा पनि लबीमा फोटो प्रदर्शनी चलिरह्यो। त्यहाँ सुन्दर पश्चिमको प्रकृतिसंस्कृतिजीवनशैली र इतिहास झल्काउने तस्बिर राखिएका छन्। अपरान्ह ख्यातीप्राप्त गायक/गायिककाको सांगीतिक धुनले हल गुञ्जियो। 

शनिबार र आइतबार हलमा राराखप्तड र अपिको बृतचित्र प्रदर्शन गर्ने सुरमा छ आयोजक। शुक्रबार जस्तै आइतबारसम्मै सभागृह हातामा मौलिक नाचगान हेर्न पाइनेछ।   

महिलाको अगुवाईमा ग्रेट हिमालय टे्रलटानरैका ट्राभल्सपर्यटन बोर्ड लगायत धेरै संस्था र व्यक्तिको हातेमालोमा महोत्सव गरेर शुभ संकेत गरेका छन्। 

पश्चिम नेपाल बुझ्ने आँखिझयाल बनेको छ महोत्सव। केही वर्ष यता पश्चिमेलीहरु आफ्नो थलो प्रर्बद्धनका लागि कस्सिएका छन्। उद्यमी गोपी हमालको अगुवाईमा २०६३ सालमा सुरु भएको 'सुन्दर सुदूरपश्चिम अभियान'कै प्रभावका रुपमा यो महोत्सवलाई बुझ्न सकिन्छ। 

रारागुरिल्ला टे्रलखप्तडअपि वेस क्याम्पशुक्लाफाँटाबर्दिया लगायत प्रशस्तै पर्यटकीय सम्पदा भएको पश्चिममा पर्यटन विकास हुनै बाँकी छ। आक्कल झुक्कल मात्रै त्यहाँ विदेशी पुग्छन्। पछिल्लो समय राराबर्दियाशुक्लाफाँटा र खप्तड क्षेत्रमा आन्तरिक पर्यटकको आर्कषण बढ्दै गएको छ।

त्यसैले महोत्सव उद्घाटन कार्यक्रममा राज्य र स्थानीयले हातेमालो गरेर पर्यटन पूर्वाधार विकासमा जोड दिनु पर्ने आवाज उठ्यो। मध्यपश्चिम र सुदूरपश्चिम एक्लाएक्लै हिँड्न सक्दैननएकीकृत प्रयासबाट मात्रै पर्यटन विकास हुन सक्छ भन्ने अभियान चलाउँदै आएका पर्यटनकर्मी अमर शाहीको परिकल्पनामा काठमाडौंमा महोत्सव गरिएको हो।

'काठमाडौंमा बस्नेहरुलाई पश्चिम नेपाल चिनाउन हामीले राष्ट्रिय सभागृहमा महोत्सव गरेका हौं', शाहीले भने, 'सबै नेपालीलाई पश्चिम घुम्ने औपचारिक निम्तो बाँड्न महोत्सव गरेका हौं। साँच्चै अब पश्चिमबाट पर्यटनको घाम झुल्कनु पर्छ।'
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App