८ माघ २०८१ मंगलबार
image/svg+xml
फोटो फिचर

नेवार समुदायले मनाए गथाँमुग (फोटो फिचर)

भक्तपुरको कसपालमा नर्कटको लिङ्गाकृति तीन खुट्टे गथाँमुग ठड्याई जलाइदै। तस्बिर : सुजन श्रेष्ठ

काठमाडौं - नेवार समुदायमा आज गथाँमुग पर्व अर्थात घण्टाकर्ण चतुर्दशी मनाएका छन्। दोवाटो र चौवाटोमा नर्कटको लिङ्गाकृति तीन खुट्टे गथाँमुग ठड्याई नेवार समुदायमा गथाँमुग पर्व मनाइन्छ।

बिहीबार साँझ नेवार समुदायले भक्तपुरको कसपालमा नर्कटको लिङ्गाकृति तीन खुट्टे गथाँमुग ठड्याई जलाए।

नेवारी भाषामा यस दिनलाई गथाँमुग चह्रे पनि भन्दछन्।  ‘ग’ को अर्थ घर, ‘थाँ’ को अर्थ स्तम्भ, र ‘मुग’ को अर्थ बलियो हुन्छ पनि भन्ने गरिएको छ। चतुर्दशीलाई नेवारीमा ‘चह्रे’ भन्दछन्। प्रत्येक वर्ष श्रावण कृष्णपक्षको चतुर्दशी तिथिमा गथाँमुग पर्व मनाइन्छ।

यस पर्वमा नेवार समुदायले घरभित्र रहेका सम्पूर्ण अपवित्र वस्तु, भूत, प्रेत, पिशाच, राक्षस, उपियाँ, उडुस तथा रोग–व्याधि आदिलाई विधिवत् मन्छाई आफ्नो बासस्थान, टोल–छिमेक र बाटोघाटो सफा, बलियो एवं सुरक्षित बनाइराख्न यो पर्व मनाउँदै आएको किम्बदन्ती छ।

विहान सबेरै ठड्याइएको गथाँमुगलाई साँझपख नर्कट र रुखका अरु हाँगाहरु थपी ठूलो आकार बनाई दुबै कानमा घण्टा झुन्डयाइएको भयानक मुखाकृतको मुखुण्डोको चित्र बनाई त्यसमा राख्ने गर्दछन्।

घरका अँध्यारा कुना र फोहोरमा मानिसलाई दुःख दिने राक्षस, दुष्ट आत्मा एवं भूतप्रेतको बास हुन्छ भन्ने धार्मिक विश्वास रहेकाले आजका दिनमा सरसफाई  गरिने परम्परा परापूर्वकालदेखि चल्दै आएको छ।

सबै तस्बिर : सुजन श्रेष्ठ

भक्तपुरको कसपालमा नर्कटको लिङ्गाकृति तीन खुट्टे गथाँमुग ठड्याई जलाइदै। तस्बिर : सुजन श्रेष्ठ
भक्तपुरको कसपालमा नर्कटको लिङ्गाकृति तीन खुट्टे गथाँमुग ठड्याई जलाइदै। तस्बिर : सुजन श्रेष्ठ
भक्तपुरको कसपालमा नर्कटको लिङ्गाकृति तीन खुट्टे गथाँमुग ठड्याई जलाइदै। तस्बिर : सुजन श्रेष्ठ
भक्तपुरको कसपालमा नर्कटको लिङ्गाकृति तीन खुट्टे गथाँमुग ठड्याई जलाइदै। तस्बिर : सुजन श्रेष्ठ
भक्तपुरको कसपालमा नर्कटको लिङ्गाकृति तीन खुट्टे गथाँमुग ठड्याई जलाइदै। तस्बिर : सुजन श्रेष्ठ
भक्तपुरको कसपालमा नर्कटको लिङ्गाकृति तीन खुट्टे गथाँमुग ठड्याई जलाइदै। तस्बिर : सुजन श्रेष्ठ
भक्तपुरको कसपालमा नर्कटको लिङ्गाकृति तीन खुट्टे गथाँमुग ठड्याई जलाइदै। तस्बिर : सुजन श्रेष्ठ
भक्तपुरको कसपालमा नर्कटको लिङ्गाकृति तीन खुट्टे गथाँमुग ठड्याई जलाइदै। तस्बिर : सुजन श्रेष्ठ
भक्तपुरको कसपालमा नर्कटको लिङ्गाकृति तीन खुट्टे गथाँमुग ठड्याई जलाइदै। तस्बिर : सुजन श्रेष्ठ
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App