१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

गुराँस र उत्तिसको प्रेम (फोटो फिचर)

तस्बिर: शोभा ज्ञवाली

वैशाखको मध्यमा म पारिवारिक भ्रमणका क्रममा संखुवासभास्थित पाथिभरा मन्दिर पुगेकी थिएँ । हुन त काठमाडौँबाट सुरु भएको सडकयात्रा एकैचोटि संखुवासभा पुग्नु असंगत देखिएला तर यस असंगतको कारण छ, गुराँस फुल्ने याममा म पुगेकी थिएँ र त्यो यति मनोरम थियो कि गुराँसकै कथाबाट यात्रा वर्णन अघि बढाउन मन लाग्यो ।

गुराँसे डाँडा पुग्दा हरकोही त्यहाँ टक्क अडिन्छ, फूल हेर्न होइन, सम्पूर्ण प्रकृतिको सुन्दरता खुलेको हेर्न । संसारका केही अनुपम सौन्दर्यका खानी छन्, जस्तो हल्यान्डमा ट्युलिप फूल, जापानको साकुरा अनि हाम्रो नेपालमा गुराँस ! यसअघि मैले गुराँसे डाँडोको ख्याति नसुनेको होइन तर त्यहाँ पुग्दा भने प्रकृतिले रातो, नीलो, गुलाबी रङले एकअर्कालाई छ्यापेर खेलिरहेको छजस्तो लाग्यो।

लालीगुराँस वनको आकर्षणको केन्द्र बन्न पुगी । समयक्रममा यति सुन्दर देखिने लालीगुराँसलाई आफूले त्यति उपेक्षा गरेकामा उत्तिस खिन्न भयो । उसले पछुतो मान्यो र लालीगुराँससँग माफी माग्दै भन्यो, ‘मैले तिमीलाई चिन्न सकिनँ, मलाई माफ गरिदेऊ । तिमीलाई म अति मन पराउँछु । मलाई पनि तिमीसँगै हुन मन छ ।’
लालीगुराँसले भनी, ‘त्यो समय बितिसक्यो । पुराना कुरा छाडिदेऊ ।’

यस्तो सौन्दर्यले ओतप्रोत भएपछि नै सायद मानिसहरुलाई अद्भूत कथा फुर्ने गर्छ । मैले त्यस्तै कथा सुनेँ–
एक दिन हुर्कंदै गर्दा लालीगुराँसलाई उत्तिस अत्ति मन प¥यो । हुन पनि यौवन सुरु भएपछिको वसन्त याममा जुन हरियोपनले उत्तिसलाई छोप्छ, त्यसले लालीगुराँशलाई आफू पनि त्यस्तै हरियो हुने रहर पलाएको हुँदो हो । आफू हरियो हुन नसके पनि उसको हरियोपनामा आफू रमाउन खोजेकी हुँदी हो । एक दिन लालीगुराँसले उत्तिसलाई भनी, ‘म तिमीलाई प्रेम गर्छु, म तिमी नजिक हुन चाहन्छु।’

लाली गुराँस सय ठाउँमा बाङ्गिएकी थिई, हेर्दैकी अनाकर्षक रुख थिई । यस्तोमा उत्तिसले उसको खिल्ली उडायो र भन्यो, ‘तिमीजस्तो काली, अख्रक्क परेकीले मजस्तो आकर्षकलाई प्रस्ताव राख्ने आँट कसरी गर्यौ?’

समय बित्यो, केही समयमै लालीगुराँसमा कोपिला पलायो, फूल्यो र ढकमक्क भयो । लालीगुराँसको सौन्दर्यले पूरै वन रङ्मङियो । लाली गुराँस वनको आकर्षणको केन्द्र बन्न पुगी । समयक्रममा यति सुन्दर देखिने लालीगुराँसलाई आफूले त्यति उपेक्षा गरेकामा उत्तिस खिन्न भयो । उसले पछुतो मान्यो र लालीगुराँससँग माफी माग्दै भन्यो, ‘मैले तिमीलाई चिन्न सकिनँ, मलाई माफ गरिदेऊ । तिमीलाई म अति मन पराउँछु । मलाई पनि तिमीसँगै हुन मन छ।’
लालीगुराँसले भनी, ‘त्यो समय बितिसक्यो । पुराना कुरा छाडिदेऊ ।’

लालीगुराँसको अस्वीकृतिले उत्तिसलाई पर्नु पीडा पर्यौ। ऊ एउटा ठूलो भीर छेउ गयो र आत्महत्या गर्न भनी हाम्फाल्यो । तर ऊ भीरको एक कुनामा अड्कियो । त्यसपछि उत्तिस भीरको मुनिमुनि र त्यसको ठीक माथिमाथि गुराँस फुल्छ रे !

यस्तो लाग्यो, उत्तिस र लालीगुराँस यतिबेला पनि टाढैबाट एकअर्काप्रति मुग्ध हुँदै माया गर्दैछन् । त्यही मायाले प्रकृति मनोरम भएको हुँदो हो !
०००
यस्तै सुन्दरताले भरिभराउ छ नेपाल । जो प्रकृतिप्रेमी छ, प्रकृतिका कथा बुझ्छन्, प्रकृतिलाई चिन्छन्, उनीहरु यहाँबाट मुक्त हुनै चाहँदैनन्, छाडेर जान चाहँदैनन् । कैयौँ यस्ता विदेशी छन्, जो आफ्नो जन्मभूमि भन्दा यहाँ रमाएका छन् ।
यहाँ रमाउनुमा नेपालीको अतिथि देवो भवः भनेर मनैदेखि सत्कार र सम्मान गर्ने बानी, मठमन्दिरको खानी र यस्तै प्रकृतिले लोभ्याउने प्रभृत्ति कुरा होलान् । यस्तै कतिपय कुरा हामीले नघुमी गुमाइरहेका हुन्छौँ । त्यसैले  मौका पाउनेबित्तिकै स्वदेश होस् या विदेश म यात्रामा निस्किहाल्छु । यस पटक हामी सडकबाटै राजधानी काठमाडौँबाट सिन्धुली हुँदै मिर्चैया, सखडामाई, कोसी ब्यारेज, धरानसम्म पुगेका थियौँ ।

इटहरीबाट उत्तर लाग्दै गर्दा धरानसम्म बाटाभरि गुलमोहरको फूल जताततै देखियो । पूर्वी तराईमा यतिबेला गर्मी चढिसकेको थियो र यस्तो प्रचण्ड गर्मीमा पनि सडकको वारिपारि फुलेको गुलमोहरमा सर्वसाधारण रमाइरहेको दृश्य देखियो।

बाटोमा यात्रा गर्दैरहँदा अघिल्लो पटक भन्दा बढी आँप फल्न थालेको हो कि जस्तो लाग्यो । कहीँकतै आँपका बोट फलले लच्केका देखेँ ।

धरान पुग्दा गर्मी अझ चरक्क चर्किएजस्तो भान भयो मलाई । त्यसपछि केहीबेर पनि थकाई नमारी हामी हिलेतर्फ लाग्यौँ । करिब २० मिनेटको गाडी यात्रामा नै हामी भेडेटारमा पुग्दा हामीले बेग्लै वातावरण पायौँ । त्यहाँ यति शितल अनुभव ग¥यौँ कि केही मिनेटअघिसम्म हामीलाई हपहपी गर्मी भइरहेको थियो भन्ने कुरामा विश्वास नै लागेन । यो हो, हाम्रो देशको विशेषता । यही हो, विदेशीहरु पनि हुरुक्क हुने कुरा !

भेडेटारको रमाइलो कुरा, एकै छिनमा बादल आएर छोप्ने र चिस्यान ह्वात्तै बढाइदिँदोरहेछ । बादल पनि केही क्षण मात्र टिक्ने र केही क्षणमा न्यानो घामको स्वाद पाइने ! यस्तो आनन्दमय अवस्थामा रमाउनेको भेडेटारमा कुनै कमी थिएन । हरकोहीले क्यामेरा ते¥स्याएर मनोरम बादलले डाँडो छोपेको र छोडेको दृश्य खिचिरहेका थिए । केही समयभित्रै यो ठाउँ छाड्नुपर्ने अवस्था आयो र मन नलागीकनै हामी धनकुटातर्फ लाग्यौँ ।

धनकुटातिरको बाटो भने अलि फराकिलो, सफा, पिच पनि नफुटेको पाउँदा खुसी लाग्यो । यस्तो दृश्य अन्यत्र निकै दुर्लभ हुन्छ । बेलायती सरकारको सहयोगमा निर्मित यो बाटो वर्षौं भइसक्दा पनि टिकाउ देख्दा मलाई मुङ्लिङ, नगरकोट र ककनीका टाटेपाङ्ग्रे सडक याद आएर चसक्क घोच्दै जान्थे।

काठमाडौँ वरिपरिका बाटोघाटो यत्तिकै सुन्दर, टिकाउ हुन्थे भने छोटो समयका लागि काठमाडौँ आउने पर्यटकले राम्रो अनुभूति बटुल्दै जान्थे होलान् ! यस्तै सोचेर अघि बढ्दै जाँदा हरिया रुखले छोपेको पहाडको सुन्दरतामा मख्ख पर्दै हामी अघि बढ्यौँ र पुग्यौँ हिले बजार ।

धनकुटा बजारभन्दा १३ किमि वर नै रहेको एउटा सुन्दर बस्ती लाग्यो मलाई । प्रकृतिले सिँगारेको यस बजारले हामीलाई यति मोहित पार्यो कि बास बस्नका लागि यही ठाउँ रोज्यौँ। भोलिपल्ट ब्रेकफास्टपछि हामी धनकुटाको चियाबगान पुग्यौँ । उद्योगपति सुरज वैद्यको यो चिया बगान अर्को मनोरम क्षेत्र रहेछ । घुम्दै गर्दा दिन मिलिक्कै बितेको पत्तै नहुने ! त्यसैले हामी हालै प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नुभएको होराइजन माउन्टेन रिसोर्ट हेर्दे अर्को दिन वसन्तपुर हुँदै तीनजुरे गयौँ । पाथिभरा देवीको दर्शन गर्यौ। संखुवासभाको यो मन्दिर अति प्रसिद्ध मन्दिर हो भन्ने कुरा त सबैलाई थाहा भएकै कुरा हो । मन्दिरको दर्शनपछि हामी गुराँशे डाँडा पुग्यौँ । र, जुन प्रभाव पर्यो, त्यसको वर्णन त मैले माथि गरिहालेँ ।

यहाँ एक साथ चौँतीस प्रजातिका गुराँस फुल्दा रहेछन् । एक साथ यस्ता गुराँश फुल्दा ती अतुलनीय र मनमोहक दृश्यमा परिणत हुँदोरहेछ । यो दृश्य कति मनोरम थियो भने त्यहाँ बसुञ्जेल मानिसलाई भोक न भकारी शोक न सुर्ताको अवस्था सिर्जना हुँदोरहेछ!

तीन दिनमै हामीले नेपालको पूर्वोत्तर भेगका प्रख्यात केही ठाउँ घुम्यौँ, त्यो पनि थोरै खर्चमा। काठमाडौँ उपत्यकामा पस्दा एक किसिमको मन नै नरमाइलो हुने ! घुमघामले हामीलाई जुन ऊर्जा र उत्साह थप्छ, काठमाडौँको धुलो, धुवाँ, खाल्डाखुल्टीले अत्यास थप्दोरहेछ । तर के गर्नु ? घर नै काठमाडौं, व्यवसाय पनि काठमाडौँमा भएकाले फर्कनै पर्ने, यहीँ जसोतसो आफूलाई अनुकूल बनाउनै पर्ने ! जसरी काठमाडौंबाहिर जाँदा मन खुसी हुन्छ, फर्कंदा बोझिलो नभएर खुसीको रमरमीले आनन्दित रहिरहने दिन कहिले आउला?

सबै तस्बिर:शोभा ज्ञवालीaakriti72@gmail.com

तस्बिर: शोभा ज्ञवाली
तस्बिर: शोभा ज्ञवाली
तस्बिर: शोभा ज्ञवाली
तस्बिर: शोभा ज्ञवाली
तस्बिर: शोभा ज्ञवाली
तस्बिर: शोभा ज्ञवाली
तस्बिर: शोभा ज्ञवाली
तस्बिर: शोभा ज्ञवाली
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App