१४ चैत्र २०८२ शनिबार
image/svg+xml
फोटो फिचर

पशुपतिमा आउन थाले नागा बाबा (फोटोफिचर)

महाशिवरात्रि नजिकिएसँगै छिमेकी मुलुक भारत सँगै नेपालका विभिन्न ठाउँबाट नागा बाबा काठमाडौँ आउन थालेका छन्। सोही अवसरमा आज नागा बाबाहरू जन्तीसहित काठमाडौँ आएर अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका हुन्।

जोगीका चार सम्प्रदाय सन्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्यासीअन्तर्गत पर्छन्। महाशिवरात्रिको अवसरमा काठमाडौँस्थित विश्व सम्पत्ति सूचीमा समावेश भएको पशुपति मन्दिरमा चार थरी सम्रपदायका बाबाहरू आउने गर्छन्।

अहिले महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ मन्दिर परिसरमा आवतजावत गर्ने भक्तजनहरूको संख्या वृद्धि भएको छ। पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका लागि व्यवस्थापनलाई तीव्रता दिएको छ।

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App