६ मंसिर २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

तयार भए छठका लागि घाटहरू (तस्बिरसहित)

मिथिलासहित तराई र मधेसका जिल्लाहरूमा छठको तयारी अन्तिम चरणमा पुगेको छ।

जनकपुरधाम सहितका तराईका क्षेत्रमा छठ पर्वको रौनक सुरु भएको हो।जनकपुर धाममा  छठका लागि आवश्यक घाटहरू जताततै निर्माण भइरहेका छन्। घाटहरूलाई आकर्षण रुपमा सिँगारिएको छ।

त्यसै गरी जनकपुर धाममा छठका लागि फलफूल र मिठाइ किन्नेहरूको भीड देख्न सकिन्छ।साथै छठका लागि चाहिने आवश्यक सामग्री खरिद गर्नेहरूको भीड पनि त्यत्तिकै रहेको छ।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरू नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खिर ग्रहण गरी खरना गर्दछन् । त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अघ्र्य दिएपछि छठ पर्वको विधिवत् समापन हुन्छ । 

जनकपुरको विभिन्न स्थानमा छठका लागि तयार गरिएको घाटका तस्बिरहरु

तस्बिर सुरेन्द्र यादव