८ माघ २०८१ मंगलबार
image/svg+xml
फोटो फिचर

रामनवमीमा भगवान रामचन्द्रकाे पूजा अारधना (फोटो फिचर)

काठमाडौं – चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आइतबार (आज) श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ।

आइतबार बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दशैँ र मध्याह्नमा नवमी परेका दिन रामनवमी पर्व मनाउनुपर्ने शास्त्रीय वचन रहेकाले दुवै पर्व यस वर्ष आइतबार नै परेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

रामनवमी पर्वको अवसरमा काठमाडौंको बत्तिसपुतली स्थित राम मन्दिरमा यसरी पूजा आरधना गरियो।
तस्बिर सबै दिपेन्द्र रोक्का

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App