२७ चैत्र २०८१ बुधबार
image/svg+xml १७:५८ अपराह्न
फोटो फिचर

पशुपतिमा जनैपूर्णिमा (फोटोफिचर)

आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदैछ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइदै आइएको छ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन्।

यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख रहेको छ।

रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदी किनार र मठ लगायत देश भरीका नदी तलाउ र मन्दीहरुमा भक्तजनहरु चहलपहल छ।

 

खुशी 33.3%
दुखी 0%
अचम्मित 33.3%
हास्यास्पद 33.3%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App