१५ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

जुम्लाका बगैंचामा स्याउ फूलेर सेताम्मे (फाेटाेफिचर)

यतिबेला जुम्लामा स्याउका बगैंचा फूलेर सेताम्य भएका छन्।बगैंचामा स्याउका बोट फूलेर सेताम्मे देखिएपछि वातावरण मनोरम देखिएको छ।

जुम्लामा उत्पादित स्याउ निकै स्वादिलो र स्वस्थकर मानिन्छ। चैत र वैशाख महिनामा स्याउ फुलेर सेताम्य हुन्छन्। भने भदौ महिनामा स्याउ पाकेर राताम्य हुन्छन्। जुम्लामा वि.स.२०२२ देखि स्याउ खेती सुरु भएको इतिहास देखिन्छ। भारतको कश्मिरबाट स्याउका बिरुवा ल्याएर स्याउ खेती सुरुवात गरिएको हो। अहिले जुम्लाको ८ वटै स्थानीय तहमा स्याउ खेती गरिन्छ। 

जिल्ला कृषि विकास कार्यालय जुम्लाले 'एक घर एक बगैंचा' कार्यक्रम निति ल्याएपछि किसानको स्याउखेती तिर मोह बढ्दै गरेको छ। २०६४ सालमा जुम्लालाई अर्गानिक जिल्लाका रुपमा घोषणा गरेपछि  अर्गानिक स्याउ उत्पादन हुन थालेको हो। जुम्लामा  गोेल्डेन, रेड, रोयल, जोनाथान, कक्स ओरेन्ज टिपिन, म्याकन्ज, जातको स्याउ फल्ने गर्दछ। 

केही वर्ष यता इटालिएन फुजी र गाला जातका स्याउहरुको खेती गरिन्छ। जुम्लाको स्याउले काठमाडौं, नेपालगञ्ज,बुटवल,पोखरालगायत सहरमा पुग्ने गरेको छ। सिंजा-६ का स्याउ किसान सौर्य बहादुर रोकायाले कर्णाली राजमार्ग खुलेदेखि जुम्लाको स्याउ विभिन्न ठाउँमा पुग्ने गरेको बताए। गुणस्तरीय स्याउ मात्र उत्पादन भए बजारको कुनै समस्या नहुने उनले अनुभव सुनाए। 

दशक अघिसम्म सडक सञ्जालसँग जुम्ला नजोडिएकाले जहाजबाट ढुवानी गरेरै स्याउ बिक्री हुन्थ्यो। कर्णाली राजमार्ग कालोपत्रे भएदेखि जिल्ला बाहिर सजिलै निर्यात हुने भएकाले पनि जुम्ली किसानको आकर्षण स्याउ खेतीमा छ। स्याउले सजिलै बजार पाउने र निर्यात हुने भएपछि किसान खुसी हुने गरेका छन्। 

यस्तै अर्का स्याउ किसान जयलाल  रावतले जुम्लाको स्याउको पहिचान भिन्नै रहेको बताए। यो समयमा स्याउको फूल फूल्ने र कोपिला लाग्ने बेला हो  पटकपटक असिना पानी पर्ने गरेकाले उत्पादनमा पनि ह्रास आउने गरेको छ। कालोतुसारो लागेर स्याउ चिचिलामै झारिरहने समस्या पनि उतिकै छ । जुम्लामा १६ हजार स्याउ बगैँचा रहेका छन्। १८ हजार घरधुरीमध्ये करिब १६ हजार घरमा स्याउ बगैँचा स्थापना भएको कृषि कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले बताए। उनका अनुसार जुम्लामा अहिले ४ हजार २ सय ५० हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ। हरेक वर्ष जुम्लामा स्याउको क्षेत्रफल बढ्दै गएको छ।

हेर्नुस् स्याउका बगैंचा फूलेका स्याउ। तस्वीर: नागरिक/ गाेल्डेन बुढा  

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App