१६ वैशाख २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

हिउँले उज्यालिए डाँडा काँडा

दोलखा- दोलखा स्थित लामोसाँघु–जिरी सडक खण्डको खरिढुङ्गा। सोमबार परेको हिमपातले यो क्षेत्रको उत्तर तर्फ बोच गाउँ भन्दा माथिल्लो भाग र दक्षिण तिर निगाले, बाघखोर हुँदै डाँडै डाडा शैलुङ सम्म सेतै भएर छपक्कै ढाकिएको छ।

प्रहरी चौकी खरिढुङगाका असई फटकनाथ काफ्लेका अनुसार सोमबार साँझ अबेर सम्म परेको हिउँका कारण मंगलबार बिहान सम्म यातायात समेत अवरुद्ध बन्यो। प्रस्तावित फ्ल्मि नगरी बन्ने डाङडुङ्गे डाँडा सहित खरिढुङगा भन्दा माथिल्ला क्षेत्र समेत बाक्लो हिउँले ढाकिएका छन्।

दोलखाको डाँडा र मध्य भागमा रहेको सदरमुकाम चरिकोटबाट चारैतिर नियाल्दा हिउँले ढाकिएको मात्रै देखिन्छ । दक्षिणमा खरिढुङगा देखि शैलुङ सम्मको डाँडाकाडाँ हिउँले उज्यालो बनेको छ । उता ताम्चेत दुधपोखरीको १ नं वडाको माथिल्लो भाग सम्म धेरै बर्ष पछि हिउँ परेर सेताम्मे देखिएको गाविस सचिव लालबहादुर गुरुङले जानकारी दिए।

पूर्वी भागमा खावा देखि हनुमन्ते डाँडो र चेर्दुङ पहाड सोमबारकै हिमपात पछि बिहानै देखि सेताम्मे बनेर टल्कीरहेको छ । उत्तरमा फैलिएको गौरीशंकर हिमश्रृङखलाको तल्लो तह सम्म परेको हिउँले गौरीशंकर लाई अग्लो बनाईदिनुका साथै आकर्षक र सुन्दरता थपिदिएको छ । सदरमुकाम चरिकोटबाट देखिने माथिल्लो उत्तरकै आलम्पु, कालिञ्चोक विगु लगायतका पहाडमा परेका हिउँले सदरमुकामबाट सबैतिरको दृश्य अझ रोमाञ्चक देखिएको छ ।

हिमपात पछि ठूलो संख्यामा पर्यटकहरु हिउँ खेल्न र हिउँमा रमाउन खरिढुङ, कालिञ्चोक लगायतका स्थान पुगेका छन्। कालिञ्चोकमा सोमबार दिउसै देखि सदरमुकाम चरिकोट र राजधानीबाट पुगेका आन्तिरक पर्यटकहरु हिउँमा रमिरहेका देखिन्थे। 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App