काठमाडौं– साउनको चौथो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । विशेष गरी हिन्दु धर्मावलम्बीहरुले साउन महिना र सोमबारलाई भगवान् शिवको बार मान्ने परम्परा रहेको छ। यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । हिन्दु धर्मावलम्बी महिलाहरुले भने आफ्नो पतिको दीर्घायु र परिवारको सुख शान्तिको कामना गर्दै साउन महिनाको सोमबार शिवालयहरुमा गएर भगवान शिवको पूजा आरधना गर्ने गर्दछन् । साउने सोमबारको व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । विगतका पर्व जस्तै पशुपति दर्शनका लागि आज पनि तीनतिरबाट भक्तजनको लाइन राखिएको छ, पूर्वको ढोका विशेष पूजा गर्नेका लागि पश्चिमको ढोका बोलबम यात्रीका लागि छुट्याइएको छ ।
यस वर्ष साउनमा पाँच सोमबार परेको छ । पाँचवटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् । आजको सोमबार पनि अघिल्ला सोमबारका झैं देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
रोचक पक्ष के रह्यो भने पछिल्लो समय युवा वर्ग आफ्ना हरेक पुनित क्रियाकलाप र गतिविधिलाई तस्बिरमा हेर्न चाहन्छ भन्ने तथ्यलाई पनि धेरै युवायुवतीले पशुपतिनाथ परिसरमा सोमबार पुष्टि गरिदिए । अरुलाई खिच्न लगाएर होस् वा आफ्नै मोबाइलले सेल्फी खिचेर उनीहरु आफ्ना पलहरुलाई यादगार बनाउन चहिरहेका देखिन्थे ।
सुरुमा गाईमा कुनै समस्या देखिँदैन । एक्कासी बसेपछि उठ्दै नउठ्ने हुन्छ । उपचारमा संलग्न पशु प्राविधिकले क्याल्सियमको कमीसहित शारिरिक गडवढीका कारण त्यस्तो हुने बताउँछन तर तिनको प्रभावकारी समाधान दिन सकिरहेका छैनन् ।
पर्यटन क्षेत्रको प्रर्वद्धनका लागि पोखरामा तीनवटा मुलुकका पर्यटन व्यावसायी जुट्ने भएका छन्। पोखरामा आगामी फेब्रुअरी २४ देखि २६ सम्म हुन लागेको नेपाल–इन्डिया–चाइना एक्स्पो (नाइस) मा तीनवटा मुलुकका पर्यटन व्यावसायी सहभागि हुनेछन्।
कास्कीको मादी गाउँपालिका–२ स्थित कप्रुडाँडाको पर्यटकीय सम्भावनालाई अध्ययन गरी पाँच वर्षअघि सडक सञ्जाल विस्तार भएसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ।