२३ वैशाख २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

बया तोप चराले बनायाे गुँड, भूकम्पपीडितकाे अाकाशमुनी बास (फाेटाेफिचर)

काठमाडौं – नेपालमा पाइने विभिन्न प्रकारका चरामध्ये रंगीन चरा ‘बया तोप चरा (वेवर्स बर्ड)’ को परिचय भिन्न छ। कलात्मक शैलीमा अग्ला रुखहरुमा गुड निर्माण गर्ने हुँदा यसलाई इन्जिनियर चरा समेत भन्ने गरिन्छ। वसन्त ऋतुमा वर्षाबाट बच्न राजधानी वरपरका विभिन्न अग्ला रुखहरुमा गुड बनाउन बया तोप चरा व्यस्त देखिन्छ। प्रवेशद्वार सानो भए पनि घाँसपात, पराल र हाँगाहरुले तयार भएको हुँदा अण्डाकारको गुड एक हप्ताभित्रमा बया तोप चराले तयार गर्ने गरेको छ। पुरुष बया तोप चराले परिवारको सुरक्षाको लागि गुड तयार गर्छ।

एउटा चराले समेत अाफूलार्इ घामपानीबाट जेगाउन बास निर्माण गर्छ भने नेपालका भूकम्प पीडितहरूले अकाशमुनि रात बिताउनु परिरहेकाे बाध्यात्यात्मक अवस्था छ। भूकम्प पीडितलार्इ मनसुन अगावै घर निर्माण गरी दिने बताएको सरकारले दुई वटा मनसुन जान लाग्दासमेत घर निर्माण नगरिँदिदा उनीहरु कष्टपूर्ण जीवन बिताउन बाध्य छन्।

राजनितीक खिचातानी र दलीय भागबन्डामा अल्झेको सरकारको पुनर्निर्माणको काम भने कछुवाको गतिमा अघि बढिरहेको छ। नेपाल सरकारलार्इ बाया ताेप चराले समेत घर बनाउन चुनैती दिएकाे छ। यस चराबाट सरकारले शिक्षा लेअाेस्।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App