इना न्यौपाने
कक्षा—१०,
एसओएस हर्मन माइनर स्कुल, सानोठिमी, भक्तपुर ।
हामी सबै मानिसलाई जीवनमा एक न एक पटक दुःख आइपरेकै हुन्छ । कति मान्छे भने त्यसलाई हेरेर, त्यसलाई भोगेर अघि बढ्छन् । कोही भने भोग्न नसक्ने अथवा भोग्नै नखोज्ने हुन्छन् ।
कसैको पनि यस्तो जीवन हुँदैन जो संघर्षमा नभागेको होस् । कसैको पनि यस्तो जीवन हुँदैन जसले दुख नभोगेको होस् । दुख कसैले भोगेको छैन भने त्यो मान्छे कस्तो मान्छे होला ? दुखको अनुभूति गरेको छैन भने त्यो मान्छे कस्तो मान्छे होला ?
दुःख अनुभूति गर्ने कुरा हो । दुख केही समय आउँछ अनि जान्छ भनेर सोच्यो भने त्यसले हामीलाई केही फरक पर्दैन । दुख आयो अब रहिरहन्छ, म कतै जान सक्दिनँ अब भन्न थाल्यो भने मान्छे मानसिक रोगी हुन्छ । डिप्रेसनमा जान्छ । हामी अहिले किशोरकिशोरी अवस्थामा छौं । यो अवस्थामा हामीले धेरै आत्महत्या गरेको सुन्न सक्छौं । यो सब आफ्नो राम्रो साथी नभएर पनि हुन सक्छ । राम्रो साथी भयो भने आफ्नो मनमा के कुरा चलिराखेको छ भनेर थाहा पाउँछ । साथीको मनको कुरा थाहा पाउँछ ।
जीवनमा धेरै साथी आउँछन् । किशोर अवस्थामा आउने साथीको धेरै नै महत्व हुन्छ । कोही धेरै सहयोगी हुन्छन् । आफूसँगै चल्न सक्छन् तिनीहरू । कोही स्वार्थी हुन्छन् । बीच बाटोमै छाडिदिन्छन् तिनीहरूले । धोका दिन्छन् साथीले । अनि धेरै दुखी हुन्छन किशोरकिशोरी । अनि आत्महत्याको बाटो रोज्छन् ।
साथी मात्र होइन, आफ्नै परिवारले गर्दा पनि आत्महत्याको बाटो रोज्छन् । परिवार भन्ने शब्द आफैमा खुशीको शब्द हो । परिवार शब्दभित्र खुशी, सहयोग, सँगसँगै रहने, एकजुट भएर बस्ने जस्ता गुण जनाउँछ । यस्तो गुण भएको परिवार त राम्रो हो । तर सबै परिवारमा यस्तै गुण हुन्छ भन्ने के छ र ? सानालाई हेप्ने गुण भएका परिवार पनि त हुन्छन् नि । हेप्ने सिस्टमबाट चलेका परिवारमा सानाका कुरा सुनिदिने हुँदैनन् । उनीहरूलाई के समस्या परेको छ, के दुख परेको छ भनेर बुझिदैनन् । अनि किशोरकिशोरी दुखी हुन्छन् । तनावमा बस्छन् । अनि आत्महत्याको बाटो रोज्छन् ।
अरूलाई हेपेर के हुन्छ ? हेप्ने किन ? हामी आफ्नो जीवनको कुरा गरौं न । आफ्नो जीवनमा अरूले हस्तक्षेप गर्ने किन ? हामी भविष्यका कुरा सोचौं । भविष्य राम्रो छ भनेर सोचौं । आज दुख भए पनि भोलि सुख आउँछ भनेर सोचौं । अनि हामीलाई दिक्क लाग्दैन । सकारात्मक सौचौं न । रातपछि दिन आउँछ भनेर सोचौं । दुखपछि सुख आउँछ भनेर सोचौं । अनि त आशावादी भैहालिन्छ नि । आशावादी भैयो भने दिक्क लाग्दैन । दुखी पनि भइँदैन ।
हाम्रो बोल्ने ढंग नभएर पनि अरूलाई दुखी बनाइरहेका हुन्छौ । बोल्दा कस्तो शब्द प्रयोग गर्ने ? यसले धेरै अर्थ राख्छ । कसरी भन्ने ? त्यसले ठूलो अर्थ राखेको हुन्छ । एउटै शब्दले कसैको जीवन बदलिन सक्छ । एउटै शब्द राम्रो गरी प्रयोग गरियो भने एउटा मान्छे सकारात्मक दिशामा लाग्छ ।
एउटै शब्द नकारात्मक गरी प्रयोग गरिदियो भने मान्छे नकारात्मक दिशामा जान बाध्य हुन्छ । भनाइ छ नि—बोल्नुभन्दा अघि १ सय पल्ट सोच्नुपर्छ भनेर । भनाइ छ नि बोली र गोली बाहिर गएपछि फर्कदैन । अर्काे भनाइ पनि छ—जिब्रोको गरिमा मीठो बोलीमा । बोलीको यत्रो महत्व छ । बोलीको महत्व दर्शाउन एकपटक उदय सोतानले गाएको यो गीत सुनौं न –
कोही बोलीमा रस हुन्छ
कोही बोलीमा रिस
यही बोलीले गर्दा पिउँछ मानिसले विष
अमृतको धारा हुन्छ, कोही बोलीमा धारा
यही बोलीले गर्दा हुन्छ छाती वारपार
दुख पर्दा हात दिन्छ
कोही बोलीले घात
यही बोलीले गर्दा छुट्छन्, मीठोमीठो।
प्रकाशित: ११ असार २०७७ ०६:०९ बिहीबार