गीत
चन्द्रमा पौड्याल
पारिपट्टि डाँडामाथि सानोसानो गाउँ ,
टाढैबाट सोध्छु म त के हो तिम्रो नाउँ ।
हरियाली थुम्कोमुनि रङ्गीचङ्गी घर ,
अलि पर देखिँदैछ चौतारीमा वर ।
इन्द्रेनीको धनुषमुनि जग्गा हराभरा ,
अन्नादीको भण्डार बोक्ने खेतबारी गरा ।
कति राम्रो छहरा छ ठोट्ने खोलाको ,
झरनाले खेल्न होला मलाई बोलाको ।
दूधजस्तो पानी तिम्रो रङ्गैरङको वन ,
तिमीलाई नै माया गर्न लागेको छ मन।
प्रकाशित: ९ असार २०७७ १०:३६ मंगलबार