६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

पत्रु खानाले डुबाउँछ

श्रीयन अधिकारी, कक्षा : ६
हार्वड एकेडेमी, रामबजार, पोखरा ।
                    
मलाई चाउचाउ, विस्कुट असाध्यै मनपर्ने । घरमा आमा बाबाले नखानु भन्दा पनि म अटेर गर्थें । घरमा पाकेको दालभात नखाई आमासँग झगडा गरेर मम, चाउमिन खान्थें । स्कुलमा खाजा पनि मलाई चाउचाउ लैजान पथ्र्यो । एकदिन मलाई नराम्रोसँग पेट दुख्यो । अस्पताल जाँदा थाहा भयो कि मेरो आन्द्रा सुकेको रहेछ । धेरै जंक फुड खाने भएकाले पौष्टिक तत्वको कमि भएको रैछ । 

त्यो दिन डाक्टरले पनि मलाई जंक फुडको असरबारे बुझाउनु भयो । त्यस दिन देखि जंक फुड खाने बानीलाई मैले कम गर्दै लगें । अलिक दिन पछि जंक फुड खानै छाडिदिएँ ।  

खाउँखाउँ लाग्ने गरी प्याकेटमा बन्द गरिएका जंक फुड र होटलमा सजाइएका फास्ट फुड नखाँदा नै राम्रो हुन्छ । मुखलाई मिठो हुने अनि विज्ञापनमा आकर्षक देखिने खानेकुरामा कुनै पोषक तत्व पाइन्न । यी पत्रु खाना हुन् । यस्ता खानेकुरामा शरीरलाई हानी गर्ने केमिकल, बढी मात्रमा सोडियम, अजिनो मोटो, अनावश्यक रंग, गुलियो, चिल्लो पदार्थ मिसाइएको हुन्छ । अत्यधिक प्रशोधन गरेर बनाइने यस्ता खानेकुराले अनावश्यक तौल बढ्ने, मुटुको धड्कनमा अनियमितता आउने, बौद्धिक क्षमता कम हुन गई सानै उमेरमा दीर्घ रोगको शिकार बनाउँछ । त्यसैले हामी जंक फुड र फास्ट फुडको लतमा फस्नु हुँदैन ।

पत्रु खाना आधुनिक नेपाली समाजमा बच्चा रुँदा फकाउने खेलौना भएको छ । यो प्रवृत्तिको अन्त्य हुनुपर्छ ।

स्वास्थ्य नै सर्वश्रेष्ठ धन हो । त्यसैले स्वस्थ रहनु छ भने हामीले घरकै खाना खानु पर्छ । हाम्रा मौलिक नेपाली खाना एकदमै पौष्टिक छन् । हाम्रो घरमा सबै अन्न मिसाएर बनाइने सातु, खट्टेमा हामीलाई चाइने तत्व सबै पाइन्छ । भुटेको मकै, भटमासले हाम्रो पाचन प्रणालीलाई मजबुत बनाउँछ । जुस किनेर खाने पैसाले हामी फलफूल किनेर खान सक्छौं । दैनिक एउटा फल खाने हो भने हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढ्छ । पाकेटमा बन्द गरिएको लेज र कुरकुरेले भन्दा उसिनेको आलुले हामीलाई फाइदा गर्छ । मैदाको पिज्जा भन्दा आँटाको रोटीमा फाइवर बढी हुन्छ । 

हामीले फाइबर हुने खानामा जोड दिनु पर्छ । सागसब्जीमा फाइबर बढी हुन्छ । त्यसैले हरिया सागसब्जी, सिमी, बोडि, गाजर, मुला, बन्दा जस्ता तरकारी सेवनमा जोड दिनु पर्छ । यिनमा भएका छोक्राबोक्राले हाम्रो पेट सफा गर्छ । पेट सफा भयो भने कब्जियत हुँदैन । निरोगी भइन्छ ।  

पत्रु खाना आधुनिक नेपाली समाजमा बच्चा रुँदा फकाउने खेलौना भएको छ । यो प्रवृत्तिको अन्त्य हुनुपर्छ । वास्तवमा घर हाम्रो पहिलो पाठशाला हो । त्यसैले घरबाटै स्वास्थ्यबर्धक खानाको सुरुवात गर्नुपर्छ । घरमा मात्र होइन, विद्यालयमा पनि विशेषतः जंकफुडलाई प्रतिबन्ध लगाउनुपर्छ । यसो गर्न सकियो भने हामी स्वस्थ समाज बनाउन सक्छौं । 
त्यसैले साथीहरू हो, आजैबाट जंक फुड खान बन्द गरौं है ! मैले जंक फुड खान छाडेको त धेरै भैसक्यो । 

प्रकाशित: २६ वैशाख २०७७ १५:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App