३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्य

कोरोना अस्पतालले पलाएको आशा

कर्णालीको दुर्गम रुकुम पश्चिमको आठबिसकोटमा १० दिनमा कोरोना अस्पताल निर्माण गरिएको छ। आठबिसकोट नगरपालिकाले १२ बेडको कोरोना अस्पताल १० दिनमै निर्माण गरेको हो। यसले यहाँका बासिन्दामा आशाको किरण छाएको छ।अस्पतालको निर्माण ४० लाख रुपैयाँभन्दा बढी खर्चमा गरिएको नगरपालिकाले जनाएको छ।

‘यो अस्पतालले थोरै भए पनि यहाँका बासिन्दालाई राहत दिने विश्वास गरेका छौँ,’ नगरपालिकाका उपप्रमुख गीता नेपालीले भनिन्। अस्पताल निर्माण भएपछि यहाँका बासिन्दाले सुरक्षित महसुस गरेको उनको भनाइ छ। कर्णालीको विकट नगरपालिकाले गरेको यस कामको सर्वत्र प्रशंसा गरिएको छ। रोग, भोक र गरिबीले पिल्सिएको कर्णालीको यो कार्य देशका अन्य स्थानीय सरकारले सिक्नयोग्य भएको स्थानीय कमल शाह बताउँछन्। उनी भन्छन्, ‘अस्पताल निर्माण भएपछि सुरक्षित भएको महसुस गरेका छौं।’

भौगोलिक विकटताका नाममा कर्णाली अहिले पनि गुणस्तरीय उपचार दिनबाट वञ्चित रहेको अवस्थामा यो अस्पताल निर्माणपछि खुसी तुल्याएको उनको भनाइ छ।

प्रकाशित: ११ वैशाख २०७७ ०७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App