५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्य

चैत्र २२ सम्म सबै अदालत बन्द

काठमाडौं- कोरोना भाइरसलाई मध्यनज राख्दै देशभरका अदालत बन्द गरिएको छ। शुक्रबार बसेको 'फुल कोर्ट' बैठकले चैत्र २२ गतेसम्मका लागि सबै तहका अदालत बन्द गर्ने निर्णय गरेको हो।

कोरोना भाइरसको जोखिम रहने भन्दै वकिलहरुले सुनुवाइ रोक्न आग्रह गरेका थिए।

नेपाल बार एशोसियन र सर्वोच्च अदालत बार एशोसियनसले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पत्र लेखेर सुनुवाइ तत्काल स्थगित गर्न माग गरेका थिए। बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने अदालतको कारवाही रोकिने छैन। यस अघि संसद बैठक समेत स्थगित गरिसकिएको छ।

प्रकाशित: ७ चैत्र २०७६ ०७:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App