काठमाडौं- नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभर महामारीको रुपमा फैलिरहेको छ। यसबाट हालसम्म ८ हजार ९ सय बढीको मृत्यु भएको छ भने २ लाख १९ हजार संक्रमित छन्। यसको संक्रमण देखिएका ८५ हजार मानिसहरु भने उपचारपछि घर फर्किका छन्।

भाइरसविरुद्धको औषधी, खोप हालसम्म पनि विकसित भैसकेको छैन। एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने यो भाइरसको संक्रमणबाट बच्न विभिन्न सावधानी अपनाउन सकिन्छ। नियमित साबुन पानीले हात धुने, बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्ने, संक्रमित बिरामीको सम्पर्कबाट टाढै रहने, अनावश्यक भिडभाडमा नजाने गर्नाले पनि यसको सम्भावित संक्रमणबाट बच्न सकिन्छ।

मास्क प्रयोग गर्दा पनि केही सावधानी भने अपनाउनुपर्छ। हामीले यहाँ मास्क प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीका विषयमा छोटो चर्चा गर्दैछौं।
मास्क कस्तो बेला प्रयोग गर्ने ?
– यदि तपाइमा भाइरस संक्रमणको लक्षणहरुमा देखा परेमा। जस्तोः उच्च ज्वरो आउने, खोकी लाग्ने र श्वास फेर्न गाह्रो भएमा
– तपाई कोरोना संक्रमित बिरामीको नजिक हुनुहुन्छ वा हेरचाहमा हुनुहुन्छ भने
– कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यर्मी हुनुहुन्छ भने

मास्क प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु
– मास्क खोल्दा सँधै तलतिरबाट मात्र खोल्ने
– मास्क भिजेपछि वा प्रत्येक ६ घण्टामा परिवर्तन गर्ने
– मास्क लगाउँदा नाक,मुख र चिउँडो छोपिने गरी लगाउने, याद राखौं मास्क अनुहारमा
फिट भएको हुनुपर्छ
– ‘डिस्पोजल मास्क’ एक पटक मात्रै प्रयोग गर्ने, प्रयोग गरिसकेपछि डस्टबिनमा फाल्ने
– पुनः प्रयोग गर्न मिल्ने मास्क भए किटाणुरहित बनाएर मात्रै पुनः प्रयोग गर्ने
– मास्क लगाइसकेपछि बारबार मास्क नछुने, वा निकाल्दा बाहिरी सहतमा नछोइकन
निकाल्ने
– मास्कलाई घाटीमा नझुण्ड्याउने
– मास्क हटाइसकेपछि अनिवार्य रुपमा सावुन पानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्ने
प्रकाशित: ६ चैत्र २०७६ १०:०८ बिहीबार



-600x400.jpg)
_-600x400.jpg)
