१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

हाम्रो विद्यालयको अभिभावक दिवस

रोशिका राई
कक्षा –८,इडन विज्र एकेडेमी, टोखा, काठमाडौं।

आज सधैंभन्दा अलि चाँडो उठे किनभने स्कूल छिटो पुग्नु थियो। हामीलाई प्रिन्सिपलले बिहानै आउनु भन्नुभएको थियो। आज हाम्रो विद्यालयको सोह्रौं वार्षिकोत्सव तथा अभिभावक दिवसको दिन थियो। हतारहतार स्कूल पुगें। धेरै साथी आइपुगिसकेका रहेछन्। करिबकरिब मञ्च सजावट भइसकेको रहेछ। आकर्षक मञ्च देखेर मन फुरुङ्ङ भयो। बेलुन गेट बन्दै थियो। स्काउट साथीहरूले अतिथि सिट मिलाउँदै थिए।

हरेक वर्ष हाम्रो विद्यालयले आयोजना गर्ने अभिभावक दिवस अलि फरक खाले हुन्छ। यो वर्ष पहिलेभन्दा धेरै रमाइलो भयो। सुन्दर नृत्य, मीठो गीत, फेसन सो, मनै हर्ने नाटक, अर्केस्ट्रा आदिले हाम्रो अभिभावक दिवसमा रौनक थपेको थियो भने मयूर  र याक नृत्य अझ विशेष रह्यो

यो वर्षको अभिभावक दिवसमा धेरै जनालाई सम्मान गरिएको थियो। संगीतकार सागर गौतम, ‘मुना’ मासिकका सहसम्पादक लक्ष्मी खतिवडा, समाजसेवी धर्मसंस्कृति संरक्षणमा योगदान पु-याउने स्थानीय व्यक्तित्वहरू पूर्ण श्रेष्ठ, नारायण भण्डारी, राजकुमार श्रेष्ठ, महिला अभियन्ता यशोधा बस्नेत, समाजसेवी राजकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो। यसपालि इडन व्रिज एकेडेमी वर्ष अभिभावक सम्मान चिरञ्जीवी अधिकारी र निर्मला राईलाई गरिएको थियो। यस वर्ष इडन व्रिज वर्ष शिक्षक पुरस्कार गणित शिक्षिका सुस्मिता श्रेष्ठले पाउनुभयो भने विद्यालयका सुरक्षा गार्ड कृष्णप्रसाद घिमिरेलाई पनि राम्रो काम गरे बापत पुरस्कृत गरिएको थियो। त्यसै गरी राम्रो काम गरे बापत १५० भन्दा बढी विद्यार्र्थीहरूलाई विभिन्न टाइटल अवार्डहरू प्रदान गरिएको थियो। यस वर्षको इडन व्रिज एकेडेमी विद्यार्र्थी वर्ष पुरस्कार ९ कक्षाकी दिदी आयुषा श्रेष्ठले पाउनुभयो भने सोही कक्षाका दाइ अमृत श्रेष्ठ दोस्रो हुनुभयो र मेरो कक्षाकी साथी नम्रता राई तेस्रो भइन्। यो हाम्रो विद्यालयले  विद्यार्थीलाई दिने सबैभन्दा महत्वपूर्ण पुरस्कार हो। दिदीदाइहरूलाई क्राउन टोपी ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

हाम्रो विद्यालयको सोह्रौं वार्षिकोत्सवमा धेरै अतिथि आउनुभएको थियो। प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डंगोल, प्याब्सनका उपाध्यक्ष गोपाल आचार्य लगायत ठूल्ठूला मान्छेहरू आएर हाम्रो कार्यक्रम हेर्नुभएको थियो। प्रमुख अतिथिले विद्यालयको पढाइ धेरै राम्रो र विद्यार्र्थीहरू सिर्जनशील भएको भन्दै हाम्रो प्रंशसा गर्नुभएको थियो। हामी प्र्रंशसाले फुरुङ्ङ भयौं। त्यस्तै विशिष्ट अतिथि गोपाल आचार्यले हाम्रो विद्यालयका विद्यार्र्थी हरेक क्षेत्रमा अब्बल रहेको कुरा बताउनुभयो। हाम्रो स्कुलको प्रिन्सिपलले इडन विज्र एकेडेमीले शिक्षामा संस्कार, सीप र प्रविधि जोडेको कुरा बताउनुभयो र अभिभावक दिवसमा आफ्नो बच्चाको प्रस्तुित हेर्न आमा र बाउ दुवै आउनुपर्ने र बच्चालाई हौसला दिनुपर्ने कुरा बताउनुभयो।

प्रमुख अतिथिले पानसमा दियो बालेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो भने त्यस लगतै  हाम्रो देशको विकासका मूल आधारहरू झल्काउने ब्यानरहरू देखाइएको थियो। कार्यक्रमको शुरूमा एक मिनेट शिर झुकाएर शहीदलाई सम्मान गरिएको थियोे। गीत र नृत्यले अतिथिहरू र अभिभावकहरूलाई स्वागत गरिएको थियो। अतिथिहरूलाई शिक्षिका कल्पना चापागाईले स्वागत मन्तव्य दिनुभएको थियो। कार्यक्रमको सभापतित्व हाम्रो स्कूलका अध्यक्ष हरिकृष्ण श्रेष्ठले गर्नुभएको थियो भने उद्घोषण संयोजक सुजन भट्टराईले गर्नुभएको थियो।

प्रकाशित: १० फाल्गुन २०७६ ०४:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App