नेपालमा हिमाल, पहाड र तराई जता हे-यो उतै पर्यटनको प्रचुर सम्भावना देखिन्छ। तर, मुलुकभित्रका सबै ठाउँ चर्चित बनिसकेका छैनन्। त्यस्ता ठाउँहरू भिडियो मार्फत बाहिर ल्याउने अभियान चलाएको छ ‘वि विल राइज फाउण्डेसन’ले। ‘मेरो गाउ“, मेरो ठाउ“ शीर्षकमा उसले प्रतियोगिता आयोजना गरेको छ।
ओझेलमा परेका प्राकृतिक, सांस्कृतिक सम्पदा, वेशभूषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृतिका विषयमा केन्द्रित रहेर भिडियो बनाउन फाउण्डेसनले आह्वान गरेको छ। उसले ५ मिनेटसम्मको फुल एचडी भिडियो माग गरेको छ। गत डिसेम्बर १ देखि सुरु प्रतियोगितामा आउँदो मार्च ९ सम्म भिडियो पठाउन सकिनेछ।
फाउण्डेसनले यसपालि दोस्रो पटक प्रतियोगिता गरेको। पोहोरको प्रतियोगितामा १ सय ३२ ओटा भिडियो प्राप्त भएकामा १० विधागत अवार्डका लागि ४७ भिडियो अन्तिम प्रतिस्पर्धामा छानिएका थिए। गत असार १६ गते काठमाडांैमा उनीहरूलाई पुरस्कृत गरिएको थियो।
प्रतियोगीले फाउण्डेसनको वेबसाइट ‘डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपि’मा रेजिष्ट्रेसन फर्म भरी गुगल ड्राइभबाट भिडियो पठाउन सक्ने परियोजना संयोजक निर्मल श्रेष्ठले जानकारी दिए्। ‘हामी ७० ओटा भिडियो मनोनयन गर्नेछौं’, उनले भने, ‘छनौटमा परेका १० उत्कृष्ट भिडियोलाई आगामी अप्रिलमा पुरस्कार वितरण गर्नेछौंं।’
प्रतियोगितामा पाँच लाख राशिको वेस्ट भिडियो अफ द इयर, तीन–तीन लाख रुपैयाँ राशिको पब्लिक च्वाइस अवार्ड र वेस्ट डिरेक्टर अवार्ड दिइने छ। बाँकी अवार्ड जनही एक लाख रुपैयाँको हुनेछ। ती अवार्ड हुन्–वुमन भिडियो मेकर अफ दि इयर, फ्यूचर स्टार अफ द इयर, मोस्ट पोटेन्सियल डेस्टीनेसन, मोस्ट एनरजेटिक भिडियो मेकर, वेस्ट स्क्रीप्ट भ्वाइस ओभर, वेसटसिनेमाटोग्राफर र वेस्ट एडिटर अवार्ड।
फाउण्डेसनसँग नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष २०२० सचिवालय र चलचित्र विकास बोर्ड, गण्डकी प्रदेश, गैर आवासीय नेपाल संघ लगायतले हातेमालो गरेका छन्। प्रतियोगिताले आफ्नो ठाउँप्रति गौरव गर्न, सम्भावनाका क्षेत्र खोजी गर्न र डिजिटल संसारमा अघि बढ्न प्रेरित गर्नेछ। साथै यसले नेपाल भ्रमण वर्षलाई पनि सघाउ पु-याउने छ।
सम्पर्क : निर्मल श्रेष्ठ– ९८५११२०४८७
प्रकाशित: १२ पुस २०७६ ०२:४७ शनिबार