५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्य

बर्दियाका पत्रकारलाई पुरस्कार

बाघ हेर्न कहलिएको गन्तव्य हो बर्दिया राष्ट्रिय निकुञ्ज। निकुञ्जमा ८७ वटा वयस्क बाघ र ३८ गैंडा छन्। चराप्रेमीको समेत स्वर्ग मानिन्छ बर्दिया जहाँ ५३९ प्रजातिका चरा पाइन्छ। त्यसैले स्वदेशी र विदेशी पर्यटक बर्दिया घुम्छन्। निकुञ्ज हेडक्वार्टर क्षेत्र ठाकुरद्वारामा राम्रा रिसोर्ट छन् जहाँ ५११ बेड सुविधा छ। अन्य नाकामा पनि होटल र होमस्टे खुलिरहेका छन्। 

बर्दियामा पर्यटक बढाउने अभियान सुरु गरिएको छ। जिल्ला समन्वय समितिको अगुवाइमा पर्यापर्यटन मञ्च र ठाकुरबाबा नगरपालिकाले वर्ष २०७६ लाई बर्दिया भ्रमण वर्षका रूपमा मनाइरहेका छन्।

यही मेसोमा सञ्चार माध्यममा बर्दियालाई चम्काउन मञ्चले पत्रकारका लागि पुरष्कार घोषणा गरेको छ। मञ्चका अध्यक्ष मोहन थारुका अनुसार भ्रमण वर्षमा बर्दियाको कला, संस्कृति, जीवनशैली र पर्यटनमा कलम चलाउने पत्रिका, अनलाइन, एफएम र टिभीका एकएक जना पत्रकारलाई जनही ५० हजार रुपैयाँका दरले पुरष्कार दिइनेछ।

‘हामी नेपाल भ्रमण वर्ष २०२० को डिसेम्बरमा पत्रकारलाई पुरष्कृत गर्नेछौ’, अध्यक्ष थारु भन्छन्, ‘भ्रमण वर्ष सफल बनाउन पत्रकारहरूको ठूलो भूमिका हुने भएकाले हामीले यस्तो व्यवस्था गरेका हौंं।’

प्रकाशित: १४ भाद्र २०७६ ०८:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App