१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

विश्व नै ग्लामर युगतिर

हेमन्त निरौला
निर्देशक डेल्टा मार्केटीङ

पछिल्लो समय विश्व नै ग्लामर युगतिर गइरहेको छ। फुड, फेसन र ब्युटी एकअर्काका परिपुरक जस्तै भएका छन्। विश्वका चर्चित सेलिब्रेटीले प्रयोग गरेका कपडा मात्र नभएर उनीहरुले प्रयोग गरेका ब्युटी प्रोडक्ट र मेकअपका सामान सर्वसाधारणले पनि प्रयोग गर्न थालेका छन्।

पहिलेदेखि सौन्दर्यमा शौखिन नेपाली
पहिलेदेखि नेपालीहरु सौन्दर्यमा शौखिन रहेको हामी पाउन सक्छौँ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘भलाद्मी’ निबन्ध पढ्यौँ भने त्यहाँ महिलाले गर्ने मेकअपको मिहिन विश्लेषण भएको पाउँछौँ। त्यस्तै नाटककार बालकृष्ण समले समेत मेकअपलाई निकै ध्यान दिएको हामीले सुन्ने गरेका छाैँ। उनी मेकअप नगरी बाहिर ननिस्कने अरुलाई नभेट्ने कुरा त हामीलाई उनको संगत गरेको जोकोहीले बताइदिन्छ। अहिले पनि यो क्रम रोकिएको छैन। पुरुषको तुलानामा महिलाहरु मेकअप र ब्युटी प्रोडक्टमा बढी ध्यान दिने गर्छन्।

पहिले मेकअप गरेको नगरेको थाहा हुन्थ्यो भने अहिले नेचुरल ब्युटी देखिने प्रचलन अघि सरेको छ। त्यसैअनुसारको ब्युटी प्रोडक्ट एवं मेकअपका सामानहरु बन्ने गरेका छन्।

सन् २००६ मा हामीले आस्ताबेरीको सामान ल्याउँदा कस्मेटिक प्रोडक्टको प्रयोग र अहिले आकाश जमिनको फरक आएको छ।

नक्कली सक्कली कसरी छुट्याउने?
आस्ता बेरी, ब्रिलियर साइन्स, अहिले आएको मेकअप स्टुडियोको आधिकारिक विक्रेता हामी हौँ भने अन्य प्रोडक्टको पनि आधिकारिक विक्रेता नेपालमा छन्। कम्पनीको आधाकारिक विक्रेता नेपालमा छन्। तर जसको आधिकारिक विक्रेता छैनन् तिनको सामान तुलानात्मक रुपमा महँगो र डुप्लिकेटको सामानहरु पर्ने गरेका छन् । यसले गर्दा ओर्जिनल सामान बेच्नेहरुलाई पनि घाटा परिरहेको अवस्था छ।

हामीले ओर्जिनल कि डुब्लिकेट कसरी छुट्याउने त हिजोआज गुगलको जमाना छ गुगलमा गएर कुन प्रोडक्टको कति प्राइस छ भनेर हेर्न सक्नुहुन्छ। ओर्जिनल सामानको  मूल्य जुनसुकै देशमा पनि एकै नासको हुन्छ। किनभने उनीहरुले यहाँ बुझाउनुपर्ने कस्टुम सुविधा पहिले नै कटाएर दिएका हुन्छन्। मानौं सनस्क्रिन क्रिमको अमेरिकामा मूल्य २ सय डलर पर्छ भने यहाँ त्यही पनि २ सय डलर नै पर्छ।

अहिले हामीले ल्याएको मेकअप स्टुडियोको प्रोडक्टहरु पूर्ण मेकअपमा केन्द्रित छ। अरुको कम्बिनेसन गराइरहनुपर्दैन। मेकअपको राम्रो सामान भए पनि हामीले यसलाई प्रयोग गर्ने तरिका जानेनौँ भने नराम्रो हुन सक्छ। कुन मेकअपको कम्बिनेसन केसँग मिलाएर लगाउने भन्ने कुरामा हामीले ध्यान दिन जरुरी छ।

मेकअप स्टुडियोको सामान ल्याउनेबित्तिकै हामीले भारतमा बसेर राम्रो ख्याति कमाएको मेकअप आर्टिस्टको प्रस्तुतिमा हामीसँग आबद्ध ब्युटिसियनहरुलाई तालिम पनि दियौँ। यसको अर्थ राम्रो प्रोडक्ट तालिम प्राप्त व्यक्तिबाट लगाइनुपर्छ।
कुराकानीमा आधारित

प्रकाशित: २७ चैत्र २०७५ ०७:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App