१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

‘भवन वरपर चिरिच्याटट्, अन्त भद्रगोल’

करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको ललितपुर महानगरपालिकाको भवन वरिपरि चिरिच्याट्ट छ। जीर्ण र भूकम्पले भत्किएका पुराना पार्टी मर्मत गरिएको छ। महनगरगकै पांगढभित्रको पूरानो कमलपोखरी र ढुंगेधारा सरसफाई गरिएको छ। ठाउँठाउँमा ढुंगा छापिएको छ। केही भागमा दुबो र फूल रोपेर हरियाली पारिएको छ। भवन पछाडिको भागमा घाम ताप्न र आराम गर्न मिल्ने गरी मेच राखिएको छ ।

सम्पदा क्षेत्रमा भएको सवारी पार्किङ उस्तै दिक्कलाग्दो छ। तर, महनगरले यी सबै समस्यालाई बेवास्ता गरेको सहजै अनुमान गर्न सकिन्छ। नागरिक र विदेशी पर्यटकको आँखा पर्ने ठाउँमा विकास काम नगरे पनि महानगर भवन वरिपरि भने सिँगारेको छ ।

ललितपुर महानगर छिर्ने जोकोही भवन आसपासको दृश्य देख्दा आनन्दित हुन्छन्। तर, महानगरको पाँच सय मिटर बाहिर मात्र निस्कने हो भने थाहा हुन्छ, महानगर कति भद्रगोल छ। सडक भत्केको, जताततै खनिएको, पुराना घर तोडफोड गरिएको, कालोपत्रे गरिएको सडक फेरि खनिएको, भूकम्पमा लडेको घरको टेको नहटाइएको, सडकमा फोहर थुपारिएको, पार्किङले सडक अस्तव्यस्त बनेको कुरुप दृश्यले महानगरपालिका भवनको सिंगारपटारले सम्पूर्ण महानगरको सिंगारपटारको प्रतिनिधित्व गर्दैन भन्ने पुष्टि हुन्छ ।

भवन वरपर सिँगारेर झकिझकाउ पारेको महानगरले भवन बाहिरीको विकास निर्माणमा त्यति ध्यान दिएको देखिन्न। टेकोमा अडिएका पुराना घर मुनीबाट पाटन प्रवेश गर्न पर्यटक र स्थानीय बाध्य छन्। विश्वभरबाट आउने पर्यटकले के सोच्दा हुन् !

उता सम्पदा क्षेत्रमा भएको सवारी पार्किङ उस्तै दिक्कलाग्दो छ। तर, महनगरले यी सबै समस्यालाई बेवास्ता गरेको सहजै अनुमान गर्न सकिन्छ। नागरिक र विदेशी पर्यटकको आँखा पर्ने ठाउँमा विकास काम नगरे पनि महानगर भवन वरिपरि भने सिँगारेको छ। ‘पाटन छिर्ने पुल्चोक र लगनखेलतर्फको मुख्य सडक बेहाल छ, प्राथमिकतामा त्यसलाई राख्नुपर्ने थियो,’ पाटन मंगलबजारका स्थानीय सुमन महर्जनले भने, ‘भवन वरपर चिरिच्याट्ट छ, बाहिर भन्द्रगोल हुँदा पनि त्यसतर्फ महानगरले चासो देखाएको छैन। भूकम्पका कारण ढल्न आँटेका धराप घरमुनीबाट पैदल यात्रु ओहोरदोहोर गर्न बाध्य छन्। कम्तिमा यसलाई व्यवस्थापन गरेको भए ढुक्कले पर्यटक हिँडडुल गर्न पाउथें ।’

अहिले चिरिच्याटट् पारिएको महानगरपालिकाको स्वामित्वमा रहेको करिब तीन रोपनी जग्गामा यसअघि भने कवाडीका सामान राखिएका थियो। अहिले लाखौं बजेट खर्चेर मेयर चिरिबाबु महर्जनले त्यस्तालाई व्यवस्थापन गर्न लगाएका छन्। तर, भवनबाहिरको भद्रगोल व्यवस्थापनमा भने उनको ध्यान छैन ।

‘सडक भत्केको, जताततै खनिएको, पुराना घर तोडफोड गरिएको, कालोपत्रे गरिएको सडक पनि खनिएको, टेकोका भरामा अडिएको पुराना घर, भत्किएका मन्दिर, धुलो खाँदै पर्यटक पाटन दरबारतर्फ जाँदै गरेको दृश्य ललितपुर महानगरपालिका टेक्नेबित्तिकै देखिन्छ ।’


पछिल्लो स्थानीय तह समायोजन प्रक्रियाबाट महानगरपालिकामा परिणत भएको ललितपुर महानगरपालिका देशकै जेठो नगरपालिका मानिन्छ। देशकै पहिलो नगरपालिका भएर पनि विकास निर्माणको क्षेत्रमा भने अझै पछाडि नै छ। सांस्कृतिक रुपमा भरिपूर्ण मानिने यस महानगरपालिकाभित्र अनेक कला संस्कृति, परम्परा, इतिहास, मौलिकता, मिथक र प्राकृतिक अवसर लुकेका छन्। त्यससँगै राजधानी बाहिरका दुर्गमवासीले भन्दा ठूला पीडा महानगरवासीले झेल्नु परेको छ ।

ललितपुर सदियौं वर्ष पुरानो सहर हो। सहरी विकासका एकैसाथ सुरू भएका ढल र सडक निर्माणका दुई योजनाले ललितपुर र यति बेला भद्रगोल अवस्थामा छ। मेलम्चिको पाइप विच्छ्याउन जताततै सडक खनिएको छ। सडक विस्तार क्रममा घरहरू भत्काइएको छ। पुरानो सहर पाटन मंगलबजार, बुङमती, खोकना, पिलाछेंभित्र तोडफोड नगरिएको कुनै घर छैन। तर, त्यसलाई व्यवस्थापन गर्नेतर्फ महानगरपालिकाले चासो देखाएको छैन।

भवन वरपर सिँगारेर झकिझकाउ पारेको महानगरले भवन बाहिरको विकास निर्माणमा त्यति ध्यान दिएको देखिन्न। टेकोमा अडिएका पुराना घर मुनीबाट पाटन प्रवेश गर्न पर्यटक र स्थानीय बाध्य छन् ।


अहिले महानगरपालिका भवनपछाडि रहेको जग्गालाई सरसफाइ गरी बगैंचा बनाउन लागिएको मेयर चिरिबाबु महर्जनले जानकारी दिए। उनले केही भागमा विरुवा र पार्टी निर्माण गरिसकिएको बताए। ‘अरु काम पनि गर्दैछौं, भवनपछाडिको खाली जग्गा यसै भद्रगोल थियो, त्यसभित्रको ऐतिहासिक कमलपोखरी पनि बेहाल थियो, त्यसलै हामीले प्राथमिकतामा राखेर महानगर वरपर व्यवस्थित पारेका हौं,’ उनले भने ।

उनले नगरभित्रका अन्य ठाउँलाई पनि यसैगरी व्यवस्थित गर्दै जाने बताए। ‘एकैपटक सबैतिर हात हालेर हुन्न। हामीले विस्तारै पाटन क्षेत्रका हरेक पक्ष व्यवस्थित पार्छौं,’ उनले थपे, ‘टेकोमा अडिएका धराप घर पनि हामीले धेरै समय रहन दिन्नौं। छिटो धरापमुक्त र व्यवस्थित पाटन सहर बनाउँछौं ।’

सम्पदा क्षेत्रमा लागू भएन सवारी निषेध
ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रमा सवारी निषेध गर्ने तयारी थालेको ६ महिना बित्दा पनि उक्त नियम लागू गर्न सकेको छैन। सवारीसाधनका कारण सम्पदा क्षेत्रका भित्री गल्ली अस्तव्यस्त बनेको भन्दै महानगरले डेढ वर्षअघि यस्तो तयारी थालेको थियो। गत वर्ष (२०७४) को तिहारलगत्तै पाटन दरबार क्षेत्रमा यो नियम लागू गर्ने महानगपालिकाले जनाएको थियो। हालसम्म पनि मेयर चिरिबाबु महर्जनले यो नियम कार्यान्वयन गराउन सकेका छैनन्। मेयर महर्जनले यस क्षेत्रमा सवारी गुडाउन रोक लगाउने तयारी हाल भइरहेको बताए। उनका अनुसार पाँच वर्ष अघिसम्म मंगलबजार क्षेत्रका भित्री गल्लीमा सवारी गुडाउन दिइएको थिएन। पछिल्लो ५ वर्षदेखि सम्पदा क्षेत्रका भित्री गल्लीमा पनि सवारी गुड्दै आएका थिए। भित्री गल्लीमा सवारी प्रवेश गराउँदा ढुंगा ओच्छ्याएका पूराना सडक भत्कने, धुलो उड्ने, पैदल हिँड्न बाटो नभेटिने, सडक साघुँरो हुने लगायतका समस्या छन्। भित्री पूराना गल्लीहरु मोटरसाइकल र चारपांग्रे सवारी गुडाउँदै पैदल यात्रुलाई असहजताका साथै गल्लीमा ओछ्याएको पूराना ढुंगा र इँटा पनि टुटफुट छन् ।

प्रकाशित: २१ माघ २०७५ ०५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App