१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

‘फेसनलाई लुगामा सीमित राख्दिनँ’

तस्बिर : कृष्पा श्रेष्ठ

जेनिशा मोक्तान मलहोत्रा सन् २००९ की मिस नेपाल हुन् । युवा व्यवसायी दिकेश मलहोत्रासँग प्रेम विवाह गरेकी उनी अहिले आफ्नै वैवाहिक जीवनमा रमाइरहेकी छन् । उनै जेनिशासँग पुष्पा थपलियाले गरेको फेसन टक: 

तपाईंको बुझाइमा फेसन के हो ? 

फेसन भनेको लाइफस्टाइल हो । मानिसहरु लगाउने कपडा या गरगहनालाई मात्रै फेसन मानिरहेका हुन्छन्, त्यो त एउटा पार्ट मात्रै हो । हाम्रो घरपरिवार कसरी सम्हाल्छौं, आफ्नो परिवारलाई कुन तरिकाले ट्रिटमेन्ट गर्छौं, उनीहरुको अगाडि हामी कसरी प्रस्तुत हुन्छौं अनि सम्पूर्ण कुरालाई कसरी मेन्टेन गछौं, यी सबै फेसन हुन् । हामी वर्कआउट गर्छाैं, अफिसमा काम गर्छौं नि, हो ती ठाउँहरुमा कुन तरिकाले प्रस्तुत हुन्छौं यो नै फेसन हो । यो मान्छे त यस्तो टाइपको हो भनेर देखाउने एक किसिमको ओरा हुन्छ नि, त्यो नै मेरो लागि फेसन हो । इन सर्ट, मेरो बुझाइमा फेसन भनेको हाम्रो होल लाइफस्टाइल हो । 

धेरैको बुझाइमा फेसन भनेको लगाउने भन्ने मात्रै छ नि ?

अँ, तपाईंले सही भन्नुभयो । मैले अघि पनि भनेँ, मानिसहरु फेसन भनेको लगाउने कपडा र गरगहनालाई मात्रै बुझ्छन्। जसले फेसनलाई त्यसरी बुझ्छन् नि, त्यो नै उनीहरुको फेसन हो क्या ! किनभने उनीहरुको बुझाइ पनि लाइफस्टाइलसँग रिलेटेड हुनेभयो, अनि उनीहरुको लाइफ स्टाइल जस्तो छ, त्यही नै फेसन भयो । उनीहरुले आफ्नो म्यानर, आफ्नो एटिट्युड, आफ्नो बिहेभियर, आफ्नो क्यारेक्टर त्यही अनुसारको बनाएका हुन्छन्, अनि त्यो नै उनीहरुको फेसन होला जस्तो मलाई लाग्छ ।

मान्छेको लाइफस्टाइल कस्तो छ भन्दा पनि उसको बाहिरी आवरण हेरेर त्यो यस्तो भनेर जज गछौं नि हामी, हैन र ?

त्यो तपाईंले गर्नुहोला, त्यो तपाईंको फेसन भयो । म त्यसो गर्दिनँ, त्यो मेरो फेसन भयो । म कसैको बाहिरी आवरण हेरेर जजमेन्टल बन्दिनँ । जो मानिस फेसन भनेको लुगा कपडा र गरगहना मात्रै मान्छ, उसको नजरमा त्यही नै फेसन हुन्छ र उसले त्यही हेरेर मानिसलाई जज गर्छ । तर म फेसन भनेको लाइफस्टाइल भन्छु भने मैले उसको लाइफस्टाइल हेरेर नै उसको जज गर्छु नि ! म लुगामा उसलाई सीमित राख्दिनँ । 

सधैं भेट भइरहने मानिसको फेसन त लाइफस्टाइलसँग दाँजौंला तर पहिलोपल्ट भेटेका पनि ‘वाउ, कस्तो फेसनेबल’ भन्ने हुन्छ नि ?

त्यसरी पहिलोपल्ट भेटेको मानिसलाई हामीले फेसनेबल भन्दा पनि स्टाइलिस्ट, ट्रेन्डी भन्न मिल्ला । कसैको बोलीमा, हाउभाउमा उसको फेसन जज गर्न भने सकिन्छ होला । 

त्यसो हो भने सबै मानिसमा फेसन हुन्छ भन्न मिल्छ ?

मज्जासँग मिल्छ । सबै मानिसमा फेसन हुन्छ तर कोही कसैमा फेसन सेन्स भने नहुन सक्छ । आई थिंक फेसन सबैको हुन्छ तर त्यसलाई कसरी प्रिजेन्ट गर्ने भन्नेमा भने फरक पर्न सक्छ । यो मेरो पर्सनल भ्यु हो, अरु मानिसले यसलाई जसरी बुझ्दा पनि भयो, मेरै फलो गर्नुपर्छ भन्ने छैन । 

तपाईंको पनि कुरा गरौं, कस्तो फेसन रुचाउनुहुन्छ ?

डिसेन्ट, प्रोफेसनल, डिसिप्लिन्ड । यी नै मेरो फेसन हुन् । 

कसरी निर्धारण गर्ने त यो चैं डिसेन्ट हो, यो चैं डिसिप्लिन्ड हो भनेर ?

अब त्यो सबैले थाहा पाउनुपर्ने कुरा भन्दा पनि मैले थाहा पाउने कुरा हो । एभ्री डिसिजन आइ मेक, हरेक स्टेप जस्तो कि आज म के गर्छु, मेरो बच्चासँग कसरी व्यवहार गर्छु, मेरो इन लसँग कसरी प्रिजेन्ट हुन्छु, मेरो बूढा, मेरा आमाबाउलाई कसरी ट्रिट गर्छु यो सबै मैले नै डिसाइड गर्छु । जस्तो डिसाइड गर्छु, त्यो नै मेरो डिसिप्लिन हो । म यसलाई कसरी सन्तुलनमा राख्छु यो नै मेरो फेसन हो । 

कसैले अलि झर्केर, फर्केर बोल्ला, त्यो पनि फेसन नै हो ?

त्यो उसको फेसन हो तर त्यसलाई कसैले एडप्ट गर्न पनि सक्छ र नगर्न पनि सक्छ । सबैको फेसन मलाई मनपर्ने पर्छ भन्ने छैन । कसैले स्टाइलिस्ट कपडा लगाउला तर उसको व्यवहार राम्रो छैन भने उसलाई कसैले पनि फलो गर्न चाहँदैन । अनि राम्रो र नराम्रो डिसाइड गर्ने त मानिसले नै हो नि, हैन र ? जस्तो कि कोही मानिस रिसाएर बोलिरहेको छ भने वाउ यसको त क्या एटिट्युड रैछ यार, मलाई मनप-यो भन्ने पनि हुन्छन्, कसैले चैं, छ्या कस्तो रिसाएर बोलेको मलाई त मन परेन भन्ने पनि हुन्छन् । ह्वेदर आई एप्रिसेट द्याट फेसन अर नट्, त्यो मेरो व्यक्तिगत कुरा हो । मेरो व्यक्तिगत सोचाई हो । जस्तो कि, तपाईं जस्तो हुनुहुन्छ, त्यो तपाईंको फेसन हो, तपाईंका केही कुरा मलाई मनपर्न सक्छन् भने केही मन नपर्न पनि सक्छन् । 

अहिले महिलाहरुमा कस्तो फेसन चलेको छ, तपाईंको नजरमा ?

मेरो भर्जनको फेसन हैन कि, टिपिकल फेसन अर्थात स्टाइलको कुरा गर्ने हो भने नेपालका हरेक मानिस एकदमै स्टाइलिस्ट भएका छन् । उनीहरुको ड्रेसअप निकै वेल छ । कसैलाई पंख बनेर हिँड्न मन छ । कसैलाई एथनिक बनेर हिँड्न परेको छ, कोही ड्रेसी बनेर हिँड्न रुचाउँछन् । 

अनि पुरुषको ?

फेसनको कुरामा त मैले पहिले पनि भने, उनीहरुको जीवनशैली नै फेसन हो । पुरुषको पनि त होला नि जीवनशैली हैन र ? तर कपडाको कुरा गर्ने हो भने चाहीँ उनीहरुको फेसन कस्तो हुन्छ थाहा छैन । उनीहरु स्टाइलिस्ट भएको पनि मैले त देखेको छैन । उनीहरुको स्टाइलमा भेराइटी त छ तर एक्स्पेरिमेन्ट चैँ भएन होला भन्नुप-यो ।

आफ्नो फेसनका सामान कताबाट खरिद गर्नुहुन्छ त तपाई ?

जहाँ पायो त्यहीँबाट । जहाँ मलाई काम लाग्ने कुरा देख्यो त्यहीँ किन्ने हो । यही ठाउँ भन्ने नै छैन तर अहिले बच्चा भएपछि चैं त्यति बाहिर जान पाउँदिनँ । त्यसैले मोस्टली अनलाइन सपिङ गर्छु । अनलाइन सपिङमा पनि स्मार्ट डोको मेरो सबैभन्दा फेभरेट सपिङ स्पट बनेको छ अचेल । मलाई केही चाहियो, केही किन्न प¥यो भने अनलाइनमै यो ल्याइदेऊ भन्छु, उनीहरुले होम डेलिभरी गरिदिन्छन् । 

अनलाइन सपिङ गर्दा, फोटोमा राम्रो देखाउँछ, घरमा चैं नराम्रो ल्याइदिन्छ, कति त डिफेक्ट सामान समेत पर्छ भन्छन् नि ?

त्यस्तो प-यो भने त एक्सचेन्ज गरिदिइहाल्छ नि ! कतिपयमा चैं नो एक्सचेन्ज सर्भिस पनि हुन्छ, त्यस्तो पोलिसी राम्रो हैन । हामी पनि जहाँ राम्रो पोलिसी छ त्यहाँ जानुप-यो नि ! अहिले नेपालमा अनलाइन सेलिङ यति धेरै बढेको छ नि, योसँगै विकृति पनि बढेको छ । मानिसहरु घरमा सामान ल्यायो अनि आफैँ बेच्योसमेत गर्न थालेका छन् । उनीहरु व्यावसायीक तरिकाले प्रस्तुत भइरहेका छैनन्, त्यो बिजनेस हैन । उनीहरुको  बिजनेस पोलिसी पनि हुँदैन, तिनीहरु रजिस्टर्ड पनि हुँदैनन् । त्यसैले हामीले जहिले पनि आफूले कस्तो अनलाइनबाट सपिङ गरिरहेका छौँ, त्यसको पोलिसी कस्तो छ बुझेर मात्रै कारोबार गर्नुपर्छ । 

अनलाइन सपिङ गर्दा के–के कुरामा ध्यान दिनुपर्ला त ?

आई फिल भ्याट बिल इज भेरी इम्र्पोटेन्ट । जब हामीले भ्याट बिल पाउँछौं, त्यसमा ट्याक्स तिरेर ल्याएका सामान हुन्छन् न कि एक दुईओटा सुटकेसमा कोचेर ल्याएका । अहिले त त्यसरी सुटकेसमा सामान ल्याएर फेसबुकमा बेच्ने चलन पनि मज्जासँग मौलाएको छ । हामीले भ्याट बिल लियौं भने यस्ता व्यावसायिक नभएकाहरुसँग बेच्छौं, अनि देशलाई ट्याक्स पनि तिर्छौं । त्यसैले हामीले राम्रोसँग बुझेर, उनीहरुको पोलिसी पढेर मात्रै कारोबार गर्नुपर्छ । 

कत्तिको ब्रान्ड कन्सियस हुनुहुन्छ, अनि मनपर्ने ब्रान्ड कुनकुन हो ?

ब्रान्ड कन्सियस नै त छैन तर पनि मलाई सबै ब्रान्ड मनपर्छ । जस्तो कि, फरएभर ट्वान्टीवान, एचएनएम, जारा, सिस्पेन्सस आदि । मैले लगाउने प्रायः सर्ट प्यान्ट नै हुन्छन्, जसमा जारा, एचएनएम मेरा फेभरेट हुन् । सुजको लागि चैं मलाई आल्डो मनपर्छ । वाच चैं म स्मार्ट नै लगाउँछु, सामसङको । 

अनि मेकअप सामान नि ?

मेकअपमा धेरै म ल्यामकप चलाउँछु । मिसेल फ्यानको ब्रान्डका पनि प्रायः मेकअप सामान युज गरिरहेको हुन्छु । कोरियन ब्रान्डहरु पनि युज गर्छु । लिपस्टिीक चैँ मलाई ल्यानको मनपर्छ । लरियल र ल्यान ब्रान्डको सामान चैं म अलि बढी चलाउँछु । 

एक्कैछिन नेपालमा आयोजना हुने फेसन सोका बारेमा पनि कुरा गरौं । कसरी हेर्नुहुन्छ नेपालको फेसन सोलाई ?

यसलाई म हाफ एन्ड हाफ तरिकाले मूल्यांकन गर्छु । कुनै एकदमै राम्रा हुन्छन्, धेरै स्ट्यान्डर्ड बढाएर फेसन सो आयोजना गर्नेहरु पनि छन् तर कतिपय भने स्पोन्सर पाइहालियो गर्दिऊँ न त भनेर एकदमै ब्याड्ली म्यानेज गरेर फेसन सो चलाउँछन् । 

तपाईं आफै पनि मिस नेपाल भइसक्नु भयो । पहिलेका र अहिलेका फेसन सोहरुलाई कसरी हेर्नुहुन्छ ?

पहिला हेरेर त अहिले निकै इम्पु्रभ भएको छ । अर्गनाइज हुने तरिकाले हैन फेसन डिजाइनमा सुधार भएकाले इम्प्रुभ भएको हो । म मिस नेपाल हुँदा कतै जान परे कपडा नै पाइन्थेन । पाइहाले पनि राम्रो डिजाइन हुँदैनथ्यो । अहिले त नाप–नापमा कुन कार्यक्रमका लागि कस्तो चाहिने हो, सबै बनाइदिन्छन् फेसन डिजाइनरले । पहिले बनाउने ठाउँ पनि कम थिए । यो पाँच सात वर्षमा फेसन डिजाइनरको डिजाइन निकै राम्रो भएको छ ।  फेसन सो भनेको त त्यही
-याम्पमा हिँड्ने मात्रै त हो, जबसम्म डिजाइनरको क्षमता बढ्दैन, मोडलले मात्रै त केही हुँदैन । अहिले त डिजाइनरको क्षमता पनि बढेको छ, अनि मोडलहरुको स्ट्यान्डर्ड पनि । 

बिहेअघि र पछिको फेसन चैं चेन्ज हुँदो रहेछ कि नाईँ ?

मलाई त म्यारिजले कत्ति पनि चेन्ज गरेको छैन तर बिहे गरेपछि मोटाइयो नि, अनि चैं अलि गाह्रो हुँदोरहेछ । पहिले दुब्लो हुँदा जस्तो लुगा पनि सुहाउँथ्यो, अहिले सुहाउँदैन । त्यो चैं मेरो फिजिकल चेन्जले हो, बिहेले हैन । अहिले पनि म वन पिस लगाउँछु तर पहिले यसो हे-यो, मन परे लायो, अहिले ट्राई नै गर्नुपर्छ ।

फेसनका लागि खर्च कत्तिको छुट्याउनुहुन्छ ?

मैले सपिङ नगरेको त कति भइसक्यो ! के को खर्चका कुरा गर्नु ? फेरि यति भयो, उति भयो भनेर हिसाब पनि राखिन्न । बाहिरै गइयो भने त अलिअलि हुन्छ नै । फेरि मलाई त मेरो सासुको च्वाइस, उहाँको फेसन साह्रै मनपर्छ, उहाँकैबाट चलाउँछु । उहाँको ड्रेस निकालेर लगाइदिन्छु म त । 

सपिङ कत्तिको गर्नुहुन्छ ?

मलाई जे कुराका लागि पनि मरिहत्ते गर्न मन लाग्दैन । सानैदेखि त्यस्तै बिन्दास भइयो । सपिङ गर्नलाई झनै अल्छी पो लाग्छ मलाई त ! बरु मलाई त कप प्लेट, कटिङ मेसिनहरु, रमाइला रमाइला मिक्सरहरु किन्न मनपर्छ । राम्रा राम्रा भेजिटेवल काट्ने कुराहरु किन्न भनेपछि मलाई खुब जाँगर चल्छ । 

अनि बच्चाको लागि सपिङ ?

९५ प्रतिशत सपिङ मेरा बूढाले गर्ने हो । मैले किन्ने भनेको डाइपर, पाउडर, स्याम्पु आदि मात्रै हुन् । अरु सबै किन्ने बुढाले नै हो । मैले भने नि मलाई सपिङको खासै इच्छै लाग्दैन । 

विदेश जाँदा के किन्न मन लाग्छ ?

यहाँ नपाउने चिजहरु नै किनिन्छ । मलाई अहिलेसम्म विदेशबाट ल्याएको चिजमध्ये भियतनामबाट ल्याएको टावेल निकै राम्रो लागेको छ । त्यो टावेल चैं बाँसको फाइबरबाट बनाएको हो । त्यसले एकदमै छिट्टो पानी सोस्दोरहेछ । नुहाएपछि कपालमा सट्ट राख्नेबित्तिकै पानीजति सबै सोस्ने । मैले र मेरो सासूले त्यस्तो टावेल र कपडा टन्नै किनेका थियौं, अहिले बच्चालाई पनि म यही युज गर्छु । नुहाउनेबित्तिकै त्यसले ¥याप गरिदिएपछि सबै पानी सोस्छ ।

मनपर्ने कलर ?

ब्ल्याक नै हो । सधैं त्यही लगाउन मनपर्छ । म धेरै फर्मल लगाउँछु त्यसैले ब्ल्याक नै हुन्छ । मलाई फेरि तिरमिरे भएर हिँड्न मन पनि लाग्दैन । 

मनपर्ने कपडा ?

फर्मल कपडा । पहिले साडी लगाउन पनि निकै मनपथ्र्यो । अहिले बच्चा भएपछि चैं साडीमा अलि गाह्रो हुन्छ । 

प्रकाशित: २ पुस २०७५ १४:५० सोमबार

जेनिशा_मोक्तान_मलहोत्रा फेसन नागरिक परिवार