१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

चिल्लो काट्ने परिकार

दसैंमा मुख्य खानेकुरा भनेकै मासु हो । प्रायः हरेक नेपालीको घरमा मासु पोकेकै हुन्छ । तर स्वास्थ्यको दृष्टिकोणले जतिबेला पनि मासु खानु उपयुक्त  हुँदैन । त्यसका लागि तरकारी तथा फलफूल खान जरुरी छ । 

मासु धेरै चिल्लो हुन्छ, यसका लागि भिन्डी करेलाको अचार खान सकिन्छ ।

हल्का पाक्न आँटेको मेवाको अचार बनाएर पनि खान सकिन्छ । यसले चिल्लो काट्ने काम गर्छ । 

रेसादार खानेकुरा पनि बेलाबेलामा खाइरहनुपर्छ । 

हरियो सागपात खानु अत्यन्तै स्वस्थबर्द्धक हुन्छ ।

सलाद खानु झनै उपयुक्त हुन्छ । 

मासुको परिकार मात्र नभएर अरु परिकार पनि मिलाएर खानु उपयुक्त हुन्छ । 

योग

दसैंको बेला धेरै खानेकुरा खाइन्छ । व्यायाममा कमै ध्यान दिइन्छ । सामान्य व्यायाममा ध्यान दिइयो भने कब्जियत हुनबाट बँचिन्छ । 

क्रन्च 

चित्रमा दिए जसरी गर्न सकिन्छ । बिहान खाली पेटमा भुइँमा म्याट ओछ्याउने त्यसपछि सुरुमा उत्तानो परेर सुत्ने त्यसपछि बिस्तारै साइकिलिङ  गर्ने, खुट्टा तिनिक्क तन्काउने  दुवै हात टाउको मुनि राख्ने, त्यसपछि हिपभन्दा माथिको भाग उठाउने र घुँडा छुने, यसले कब्जियत हुनबाट जोगाउँछ । 

प्रकाशित: १ कार्तिक २०७५ १४:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App