१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

‘फोन नम्बर मागेर हैरान पार्छन्’

महिला टेम्पुचालक क्रमस, इश्वरी कडेल, जमुना प्रधान, जलिना दनुवार र रेनुका कार्की ।

टन्टलापुर घाम लागिरहेको बेला मंगलबार सवारीसाधनको आवातजावतले अनामनगर, घट्टेकुलो सडक भरिभराउ थियो। यात्रुहरू गन्तव्य पुग्न सवारीसाधन कुर्दै थिए । रामेछापकी टेम्पो चालक ईश्वरी कँडेल भने कराउँदै थिइन्, ‘सुनधारा जाने भए आउनुस्,  सिट खाली छ।’

जाम थियो । बानेश्वर कात्यानी चोकबाट सुनधारातिर यात्रु लिएर आउँदै थिईन उनी । भन्दैथिईन, ‘आज त के सारो जाम भयो नि ।’ चालक कँडेलले चलाएको टेम्पोका एक अधबैंसे यात्रु भने ठट्टा गर्दै थिए, ‘जाम नभए त यात्रुसँग बोल्ने फुर्सद कहाँ हुन्छ र ?’ 

यसरी ती यात्रु मात्रै होइन्, कँडेललाई बोल्न बाध्य पार्ने धेरै यात्रु भेटिन्छन् । ‘थरीथरीका यात्रुसँग भेट हुन्छ,’ उनले भनिन्, ‘कतिपयले त फोन नम्बर मागेर दिक्क लगाउँछन् ।’ नम्बर मागेर दिक्क लगाउँदा भने भिजिटिङ कार्ड बनाएर बाँडौं जस्तो लाग्छ उनलाई । सडक नबिग्रिएको ठाउँमा त यात्रुसँग कुरा गर्दा रमाइलै मानिन्छन् । सडक खाल्डा भएको बेला भने एककोहोरो जिस्काउने यात्रुदेखि रिस उठ्छ उनलाई।

उनी मात्रै होइन्, उदयपुरकी जुनिला मगर पनि यात्रुको हैरानी खेप्न बाध्य छिन् । ‘कोही यात्रुले त जिस्काएर सारो हैरान बनाउँछन्,’ शंखमुल–जोरपाटी रुटमा टेम्पु चलाउने मगरले भनिन्, ‘कतिपयले नम्बर दिनु भनेर दिक्क लगाउँछन् ।’
श्रीमानले अर्कै विहे गरेपछि छोडपत्र गरेर जिविको पार्जनको लागि टेम्पो चलाउन थालेकी उनलाई यात्रुले जिस्काएको कतिपनि मन पर्दैन् । १० वर्षदेखि उनी टेम्पो चलाउने काम गर्दै आएकी छिन्।

सरकारले टेम्पो हटाउने योजना ल्याएको छ । उनलाई भने यो कुराले चिन्ता पर्न थालेको छ । ट्राफिकले पनि दुख दिइरहन्छ । त्यो बेलामा पनि उनलाई चिन्ता लाग्छ । गौशाला चोकमा पनि अरू ठाउँमा जस्तै भीडले छिरिसक्नु थिएन् । मुखमा मास्क लाएकी  सिन्धुपाल्चोककी २२ वर्षीय जमुना प्रधान यात्रुको पर्खाइमा थिईन्।

उनले केटाहरूले मोबाइल नम्बर मागेर धुरुक्क रुवाएको बताइन् । ‘ नम्बर  पनि कति माग्छन् । नम्बर मागेर दुख दिनेलाई सिधै ‘ब्ल्याक लिस्ट ’ मा राख्छु । ’ यात्री केटाहरूले जस्तै ट्रयाफिकहरूले पनि हैरान खेलाएका प्रधानले गुनासो गरिन् । ‘ ट्रयाफिकहरू पनि मौका पर्ने बित्तिकै नम्बर माग्छन् । नम्बर नदिए निहुँ खोज्छन्  । किन यसो गरेको होला ? गाडी नै चलाउन छोडूँ जस्तो लाग्छ  । जान्दाजान्दै बिग्रेर हिँड्ने कुरा पनि भएन । तर सबै ट्रयाफिक र यात्रीहरू नराम्रो हुँदैन। ’

सुनसरीकी रेणुका कार्कीले ट्रयाफिकहरूले टेम्पो चालकलाई सिधै विहेको प्रस्ताव  नै  राख्ने गरेको आरोप लगाइन् । ‘ ट्रयाफिकहरू सिधै विहेको प्रस्ताव राख्छन् । टेम्पो चलाको १२ वर्ष भयो । कति ट्रयाफिक प्रहरीले टेम्पो चालकलाइे विहे नै गरेका छन्  । म यस्ती बूढीलाई त छोड्दैन भने भर्खरकीलार्ई  ट्रयाफिक प्रहरी के बाँकी राख्थ्यो र । सोचेजस्तो  सजिलो कहाँ हुने रहेछ र । के गर्नु बसीबसी खान पाए किन गरिन्थ्यो दुख। 

प्रकाशित: ८ भाद्र २०७५ ०६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App