६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्य

भक्तपुरमा प्रेमील बुधबारे मेला

प्रत्येक वर्ष गुँला पर्वसँगै लाग्ने बुधबारे प्रेमील मेला सुरु भएको छ । काठमाडौं उपत्यका र उपत्यकाबाहिरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्रहरूमा लाग्ने एक महिने मेला बिहीबार सुरु भएको हो। 

प्रत्येक वर्ष गुँला पर्वको सुरुसँगै पहिलो बुधबारबाट काठमाडौं, ललितपुर र काभ्रेपलान्चोक गरी तीन जिल्लाका चार वटा बौद्ध केन्द्रमा बुधबार मेला भर्न जाने क्रम सुरु भएको हो । यसलाई स्थानीय नेपाल भाषामा पेम्हा द्यो म्हासिक वानेगू अर्थात् चार वटा देवता चिन्न जाने भन्ने चलन छ । बुधबारे मेलाको पहिलो बुधबार परम्परा अनुसार धेरै भक्तपुरे काभ्रेपलान्चोकको नमोबुद्धमा मेला भर्न पुगेका थिए । बिहानै त्यहाँ पुग्नेहरूको लस्कर जिल्लाका सबैतिर देखिएका थिए। 

मेलामा खासगरी युवायुवतीहरू थिए । उनीहरूको आफ्नो चलन अनुसार पूजाआजामा व्यस्त देखिन्थे । वृद्धवृद्धादेखि बालबालिकाहरूको संख्या पनि उत्तिकै देखिएका थिए । उनीहरू कोही समूहमा त कोही जोडीजोडी त्यहाँ गएका देखिएका थिए।  

मेलाको क्रममा पहिलो बुधबार काभ्रेका नमोबुद्ध, दोस्रो बुधबार काठमाडौं साँखुको बज्रयोगिनी, तेस्रो काठमाडौंको स्वयम्भू र अन्तिम बुधबार ललितपुरको बुङमती पुग्ने परम्परा छ । यही क्रममा काठमाडौंको स्वयम्भूमा गाईजात्राको एक दिनअगाडि पनि पुग्ने परम्परा छ। 

काठमाडौं उपत्यका र उपत्यकाबाहिरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्रहरूमा लाग्ने एक महिने मेला बिहीबार सुरु भएको हो। 

मेलाको विषयमा एउटा अनौठो विश्वाससमेत छ । मेला भर्न जाँदा प्रेम पर्ने र त्यो प्रेम जोडीले दसैंमा विवाह बन्धनमा बाँधिने लोकप्रिय जनविश्वास अहिले पनि कायमै छ । मेला भर्न पुगेका युवक प्रेम श्रेष्ठ पहिला त्यस्तो विश्वास रहे पनि अहिले त्यस्तो नदेखिएको सुनाउँछन् । उनी भन्छन्, ‘अहिले त मेला भरेर प्रेम बस्ने होइन कि प्रेम बसेका जोडीहरू मेला भर्न आउने जस्तो भइसक्यो, सबैजना जोडी–जोडीमै आउँछन्, जोडी खोज्न आउनेहरूले त जोडीका लागि सिंगल कोही पनि नपाउने भए।’

मेला भर्न पुगेकी ६१ वर्षीय सुनमाया त्वायना भने आफूले यही मेला भर्न जाँदा विवाह भएको सम्झिन्छिन् । उनी भन्छिन्, ‘पहिला हाम्रो पालामा हामीलाई छुट भनेकै यसरी देवतास्थान जानलाई हुन्थ्यो, अनि यही क्रममा प्रेम परेर दसैंमा विवाह गर्ने चलन थियो।’ 

उनका अनुसार बुधबार मेला भर्न जाने क्रममा भेटघाट, चिनजान हुँदै साथी हुने गथ्र्याे । यो सम्बन्ध अगाडि बढ्दै दसैंको नवरातमा नौ रात भक्तपुरका विभिन्न स्थानमा मेला लाग्ने क्रममा प्रेममा परिणत भई दसैंको अन्तिम दिन विवाह हुने चलन छ । दसैंमा साइत नहेरी विवाह गर्ने चलन भने यद्यपि छ। 

 

प्रकाशित: १ भाद्र २०७५ ०५:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App