६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्य

तलब कम भए पनि खुसी नै छु

काठमाडौं, रामकोटका २७ वर्षीय विष्णु गिरी नेपाली सेनामा भर्ना हुन चाहान्थे। छनोटका लागि आवश्यक तौल नपुग्दा उनको रहर पूरा हुन सकेन। तर, अहिले भने उनको सुरक्षा क्षेत्रमा काम गर्ने रहर पूरा भएको छ।

उनी एक वर्षयता श्रीकृष्ण सेक्युरिटी सर्भिसमा ठमेलमा कार्यरत छन्। उनी यसैको कमाइबाट सन्तान पढाउँदैछन्। ‘पैसा सोचेजति छैन। तर, काम गर्दा खुसी मिलेको छ,’ उनले भने, ‘त्यसैले अहिलेसम्म यहि पेशामा छु।’

प्रस्तुति : उपेन्द्र लामिछाने

प्रकाशित: २८ श्रावण २०७५ ०६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App