१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

प्रहरी इन्काउन्टरमा गुन्डा नाइके मनोज पुन मारिए

काठमाडौ – प्रहरी इन्काउन्टरमा गुण्डा नाइके मनोज पुन मारिएका छन् । बुधबार बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन सहित उनका सहयोगी सोम आले पनि मारिएको रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले नागरिकलाई जानकारी दिए।

पुन र उनका सहयोगीले रुपन्देहीमा कुनै अप्रिय घटना घटाउदै छन भन्ने सुचनाका आधारमा प्रहरीले सम्भावित इलाकामा सर्च गरेको थियो । केन्द्रिय अनुसन्धान ब्यूरो र रुपन्देही प्रहरीको टोलीले सम्भावित क्षेत्रमा पुनको खोजी गरिरहेका बेला राती ३ः३० बजे रुपन्देहीको  देवदह, ४ को भवानीपुरमा पुनसहित उनका सहयोगीले प्रहरीलाई लक्षित गरी फायर खोलेपछि प्रहरीले जवाफी कारबाही गरेको थियो ।

त्यस क्रममा दुई जना घाइते भएको र उनीहरुलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा पुर्याइएकोमा अस्पतालले दुवै जनालाई मृतक घोषित गरेको एसपी ज्ञवालीले जानकारी दिए । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या तथा केही समय अघि रुपन्देहीकै व्यवसायी बसन्त पौडेलको हत्यामा पुनको संलग्नता पाइएपछि प्रहरीले उनको व्यापक खोजी गरिरहेको थियो ।

प्रकाशित: ९ फाल्गुन २०७४ ०१:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App