ती इष्टानिष्ट जान्दैनन् वस्तु हेराइमा भने ।
प्रियाप्रिय कुनै छैन सुप्तझैँ मुक्त ती बने ।।
सन्देह छैन न अहं जीवनमुक्त स्वभाव हो ।
भित्र बल्दो बाहिरता निभेझैँ चित्रदीप त्यो ।।
त्यागी अहंकारमय वासना सजिलैसँग ।
भोगचिन्ता नली बस्छन् जीवनमुक्त बनीकन ।।
छाड्ने टाढा बन्धुलाई अन्धकूप त्यजेसरी ।
सङ्ग आफन्तको त्याग्ने सर्पसँग बसेसरी ।।
भोगलाई रोगजस्तो ठान्ने मित्र र वैरीमा ।
यौटै दृष्टि राख्न सक्ने नारीलम्पटलाई ता ।।
तृणजस्तै घृणा गर्ने, त्यस्तो मानव जीवन ।
सदाकाल दुवै लोक कल्याणपूर्ण बन्दछ ।।
क्रमशः
(ज्ञवालीद्वारा संस्कृतबाट अनुवादित योगवाशिष्ठसारको नेपाली पद्य हरेक शनिबार नियमित प्रकाशित भइरहेको छ ।)
प्रकाशित: २२ पुस २०७४ ०१:३४ शनिबार