काठमाडौं महानगरपालिका वडा– २६ को वडाध्यक्षभएदेखि नै ख्यामराजतिवारीलाई ठमेलवासीको सदावहार गुनासो आउने गर्छ–ढल फुट्यो बनाइदिनुपर्यो । दुई दशकपछि जनप्रतिनिधिपाएका सर्वसाधारण उनलाई बिहानदेखि रातिसम्मढल फुटेको गुनासो गरिरहेका हुन्छन् । ‘कहिलेकाहीँ त ढल जामभयो भनेर राति सुतिरहेकाबेलाफोन गर्छन्,’ उनले भने, ‘हामीमन्त्री, सांसदजस्तो नभएकाले सान्त्वनादिनभएपनि राति नै दौडनुपर्छ ।’
धेरैलाई विश्वास नलागेपनितिवारी वडाध्यक्ष रहेको वडाका केही क्षेत्रमाअझै जुद्धशमशेरको पालामाबनेका ढल सञ्चालनमा छन् । त्यसले बारम्बार समस्यानिम्त्याउने गरेको छ ।
ठमेलको अमृतमार्ग, ठमेलमार्ग र ज्याठा टोलवासीले उनलाई भेट्नेबित्तिकै गर्ने गुनासो भनेकै ढलसम्बन्धी हुन्छ । ‘समस्याको दीर्घकालीन समाधाननखोजीमलाई चयनहोलाजस्तो छैन,’उनले भने ।
तिवारीलाई बारम्बार ढल फुटेको गुनासो आउनुको कारण हो, उनको वडाका केही क्षेत्रमा राणाकालमै बनेका ढल संरचनाहुनु । धेरैलाई विश्वास नलागेपनितिवारी वडाध्यक्ष रहेको वडाका केही क्षेत्रमाअझै जुद्धशमशेरको पालामाबनेका ढल सञ्चालनमा छन् । त्यसले बारम्बार समस्यानिम्त्याउने गरेको छ ।
‘जुद्धशमशेरले बनाएका ढलले तीव्र गतिमा बढिरहेको सहरीकरण थेग्नै नसक्ने अवस्था छ,’ उनले भने, ‘उहिल्यै बनाएका परम्परागत ढलले थेग्नै नसक्ने भइसक्यो, बारम्बार फुट्ने र चुहिने समस्या छ ।’
कामनपा–२६ का केही क्षेत्र मात्रहोइन, उपत्यकाका पुरानामुख्यबजार क्षेत्रमाराणाकालीन ढल छन् । यी क्षेत्रमाबारम्बार ढल फुट्ने समस्या देखिन्छ । फुटेका ढल मर्मत गरेको केही समयमै फेरि उस्तै समस्या दोहोरिने गर्छ ।असन, इन्द्रचोक,वसन्तपुर, ठमेल, पुतलीसडकलगायत क्षेत्रमाबारम्बार यस्तो समस्या दोहोरिने गरेको हो ।
काठमाडौं उपत्यकाखानेपानी लिमिटेड (केयुकेएल)काप्रवक्ता सुरेश आचार्यपनिकाठमाडौंको ‘कोर एरिया’मा राणाकालीन ढल रहेको बताउँछन् । ‘क्षेत्रपाटी,असन, इन्द्रचोकलगायतस्थानमा राणाकालीन ढल छन्,’ उनले भने, ‘यति नै किलोमिटरको ढल छ भनेर यकिनगर्न भने मुस्किलछ ।’
उपत्यकाकाबस्ती बढेसँगै नयाँप्रविधिकाढल निर्माण गर्नुपर्ने भएपनिहालसम्म पुराना क्षेत्रमा राणाकालीन ढललाई नै निरन्तरतादिइँदैआएको छ । कामनपा–२६ कावडाध्यक्ष तिवारी भने पहिलो चरणमा ठमेल क्षेत्रका पुराना ढलको स्तरोन्नतिगर्न लागिएको बताउँछन् । उनले ढल स्तरोन्नतिगर्न पहिलो चरणका लागिसाढे एक करोड रुपैयाँविनियोजन गरिएको बताए ।
राणाकालीन ढल निर्माण आधुनिकतरिकाले नगरिएकाले बारम्बार समस्याआउने गरेको तिवारी बताउँछन् । उनकाअनुसार राणाहरूले इँटाको गाह्रो लगाईमाथि स्ल्याब राखेर ढल बनाएकाथिए । त्यसबेलाउनीहरूले सिमेन्टको साटो चुनप्रयोग गर्थे ।
पुरातŒवविद् प्रकाशदर्नालकाअनुसार राणाकालीन ढलमा चुना, सुर्की र इँटा प्रयोग भएको पाइएको छ । उपत्यकाकाविभिन्न क्षेत्रमाअझैपनि यस्ता ढल रहेको उनी बताउँछन् । पुराना सम्पदा संरक्षण गर्नुपर्ने भएपनि ढललाई भने आधुनिकीकरण गर्नुपर्ने विज्ञ बताउँछन् ।
भवनपनि राणाकालीनकै
राणाकालीन ढल त उपत्यकाका केही बस्तीमा मात्र सीमित छन् । तर, मुख्यप्रशासनिक केन्द्र सिंहदरबारसहित धेरै सरकारी निकायले अझैपनि राणाकालीन भवन नै प्रयोग गरिरहेका छन् । साढे दुई वर्षअघिको भूकम्पले जर्जर बनाएकाकतिपयभवनको जीर्णोद्धार समेत नगरीप्रयोग गरेको पनिपाइएको छ ।
निजी क्षेत्रले उपत्यकामा ठूला भौतिक संरचनाबनाइरहेका बेलाधेरै सरकारी निकायले भने राणाकालीन भवनप्रयोग गरिरहेकाहुन् ।मुख्यप्रशासनिक केन्द्र सिंहदरबारसहित धेरै भवन राणाकालमै बनेकाभवनभएको पुरातŒवविद् दर्नाल बताउँछन् । ‘तत्कालीन समयमा राणाले आफ्नाभाइ–भारदारको व्यक्तिगतप्रयोजनकालागिबनाएका दरबार तथाअन्यसंरचनाअहिले निकै उपयोगी देखिएका छन्,’ उनले भने,‘राणाकालीन संरचनाकै भरमाअहिलेका सरकारी कार्यालयधानिएका छन् ।’
राणाकालीन सिंहदरबार, हरिहर दरबार, वागदरबार थापाथली दरबार, केशरमहल, बबरमहल, मीनभवनलगायतलाई अहिले पनि सरकारी निकाय र शैक्षिक संस्था सञ्चालनमाप्रयोग गरिएको छ ।
राणाले दूरदर्शी ढंगले बनाएकाले अहिले पनिती दरबार उपयोगीभएको दर्नालले बताए । ‘एक सय चारवर्षे राणाकालझल्काउने मुख्य प्रमाण नै यिनै दरबार देखिएका छन्,’ उनले भने,‘यीभौतिक संरचनाइतिहासको प्रमाणमात्रै होइनन्,भावी पुस्तालाई चिनाउने बलियो दस्ताबेज नै हुन् ।’
आफैँले प्रयोग गरिरहेको भएपनिअहिले भने सरकारले ऐतिहासिकभवनतथा संरचना संरक्षणमा चासो नदिएको उनी बताउँछन् । ‘भूकम्पले भत्काएका ऐतिहासिक सम्पदा संरक्षणमा सरकारले जुनरूपमाचासो दिनुपथ्र्यो, त्यसअनुसार नहुँदादुःख लाग्छ,’ पुरातŒवविद् दर्नालले भने,‘सरकारले समयमै ऐतिहासिक सम्पदाको रेक्ट्रोफिटिङ गर्न चासो देखाउनुपथ्र्यो ।’
भीमसेनथापाले १८८१ सालमानिर्माण गरेको छाउनीस्थित भवनमै हालराष्ट्रिय संग्रहालयरहेको छ । यसैगरी सिंहदरबार चन्द्रशमशेरकापालामानिर्माण भएको थियो ।
यसैगरी,नेपाल राष्ट्र बैंक रहेको राणाकालीन थापाथली दरबारलाई२०७२ सालको भूकम्पले भत्कायो । बबरमहल, केशरमहल, हरिहर दरबार, वागदरबार, लक्ष्मीनिवासलगायत संरचनापनि राणाकालीन नै हुन् ।
पुरातŒवविभागकापूर्वमहानिर्देशककोषराजआचार्य काठमाडौं ऐतिहासिक सहर भएकाले अझै पनि राणाकालीन झल्को दिने विभिन्न सम्पदाकायमै रहेको बताउँछन् ।‘राणाकालीन समयमाबनेकाथुप्रै ऐतिहासिकभवन र सम्पदाअझै पनि देख्न सकिन्छ,’ उनले भने,‘राणाहरूले विलासिताकालागिबनाएकाभवनधमाधम सरकारी कार्यालयकारूपमा सञ्चालनमा छन् ।’
प्रकाशित: २९ मंसिर २०७४ ०५:५५ शुक्रबार