२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

एसइइको रिजल्ट यसरी हेर्नुहोस्

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५ सय ६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेडतर्फ १६ हजार ५ सय ७२ जना उत्तीर्ण भएका छन्।

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिनेछ। परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए।

यसरी हेर्नुहोस् रिजल्ट

एसइइको परीक्षाफल नेपाल टेलिकमको नेटवर्कबाट थाहा पाउन सकिनेछ। साधारण टेलिफोन लाइन, जिएसएम पोष्टपेड, प्रिपेड तथा सिडिएमए फोनबाट १६०० डायल गरी नतिजा थाहा पाउन सकिने टेलिकमले जनाएको छ।

टेलिकमले एसएमएसमार्फत् पनि परीक्षाफल हेर्ने व्यवस्था गरेको छ। जिएसएम तथा सिडिएमए मोबाइल प्रयोगकर्ताले मेसेज बक्समा गएर see<space>symol number र अल्फावेट वा see<space>symbol number टाइप गरी १६०० मा एसएमस पठाउन सकिनेछ।

मार्कसिटसहितको नतिजा see.ntc.net.np मा उपलब्ध हुनेछ।

शिक्षा मन्त्रालयको वेबसाइट एमओइ डट जिओभी डट एनपी, शिक्षा विभागको वेबसाइट डिओइ डट जिओभी डट एनपी, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको वेबसाइट एसओसिइ डट जिओभी डट एनपीबाट पनि परीक्षाफल हेर्न सकिनेछ।

यो वर्षको एसइइ रिजल्ट विस्तृतमा हेर्नुहोस्

 

एसइइको रिजल्ट यसरी हेर्नुहोस्