१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

दुई नम्बर प्रदेशको चुनाव स्थगित

राजपा नेताहरुसँग सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री कार्यालयमा जारी छ। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं- सत्तारुढ दल र राजपाबीच भएको छलफलपछि दुई नम्बर प्रदेशको चुनाव स्थगित गर्ने निर्णय भएको छ। माओवादी केन्द्रका नेता एवं गृहमन्त्री जनार्दन शर्माले असार १४ गतेको चुनाव दुई नम्बरमा प्रदेशमा स्थगित गरिएको जानकारी दिए। बाँकी १, ५ र ७ प्रदेशमा भने असार १४ गते नै चुनाव हुने उनले बताए।

बैठकमा सहभागी नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिका अनुसार राजपालाई निर्वाचनमा सहभागी गराउन सबै प्रकारका प्रयास र गृहकार्य भइरहेको सन्दर्भमा आजको छलफल उपलब्धिमूलक रहेको बताए। यो समझदारी पछि असार १४ मा हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयनको समय केहीदिन थप्न आयोगलाई आग्रह गरिने निधिले बताए।

दुई नम्बर प्रदेशको चुनाव कहिले गर्नेबारे सत्तारुढ दल र राजपाका शीर्ष नेताहरुबीच अहिले सिंहदरवारमा छलफल गरिरहेका छन्। बैठकबाट बाहिरिएका गृहमन्त्री शर्माले भने, '२ नम्बरबाहेक अन्य १, ५ र ७ मा असार १४ मै चुनाब हुन्छ।'

महन्थ ठाकुर, राजेन्द्र महतोहरुको राष्ट्रिय जनता पार्टीले चुनाब अगाडि संविधान संशोधनको पूर्वसर्त राखेर चुनाब बिथोल्ने चेतावनी दिँदै अाएको छ। उपेन्द्र यादब र विजय गच्छदार नेतृत्वका तराईमा बलियो पकड भएका पार्टीहरु निर्वाचनको पक्षमा भइरहँदा सरकार एक्लो राजपाका लागि चुनाब सार्ने निर्णयमा पुगेको हो।

प्रदेश नं १, २, ५ र ७ को निर्वाचन यही असार १४ गतेका लागि तोकिएकामा राजपाले आफ्ना माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएपछि सत्तारुढ दलले २ नं प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्न सहमति जनाएका छन्।

बैठकमा सहभागी नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिका अनुसार राजपालाई निर्वाचनमा सहभागी गराउन सबै प्रकारका प्रयास र गृहकार्य भइरहेको सन्दर्भमा आजको छलफल उपलब्धिमूलक रहेको बताए। यो समझदारी पछि असार १४ मा हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयनको समय केहीदिन थप्न आयोगलाई आग्रह गरिने निधिले बताए।

नेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसालले यो सहमतिपछि राजपा निर्वाचनमा आउने आफूहरुले अपेक्षा गरेको बताउँदै आयोगको परामर्शमा सरकारले अन्य आवश्यक निर्णय लिने बताइन्।

गृहमन्त्री जनार्दन शर्माले सुरक्षाका हिसाबले सबै प्रदेशमा निर्वाचन गर्न सकिने स्थिति भए पनि राजनीतिक सहमतिका आधारमा २ नं प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्ने विषयमा छलफल भएको उल्लेख गरे।

यसअघि सत्तारुढ दल र निर्वाचन आयोगबीचको छलफलमा आयोगले सकेसम्म निर्वाचनको मिति तेस्रो चरणमा नपुर्‍याउन सुझाव दिएको थियो।

प्रकाशित: १ असार २०७४ ०७:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App