दुई रिङ’ बज्नासाथ टेलिफोन उठाएँ– ए सुन त स्कुल बिदा लेउ ल, आज ल्होसार हो के ! बिआइसिसी जानुपर्छ । रमाइलो हुन्छ ।
बिहानी ट्युसन कक्षा सकिएको थियो, त्यसैले मेरो दिमाग अलि खुकुलो थियो । म बिदा मनाउने सुरमै थिएँ । रेश्माको फोनले मलाई उत्साहित बनायो ।
रेश्मा त्यही बसबाट झरी । उसको पहिरनले म लठ्ठ भएँ । मखमलको ब्लाउज, छिट्को गुन्यू, कम्मरमा पहेंलो पटुकी, त्यसमाथि घलेक । उसलाई यति राम्री मैले यसअघि देखेको थिइनँ । म खुसीले मात्तिएँ– च्याप्प समातेर उसको गालामा म्वाइँ खाइदिएँ ।
‘ला स्कुल त जानुपर्छ त ! के गर्ने ?’
ऊ ठुस्किई– मलाई क्यै था छैन । तिमी आउनुपर्छ नत्र...
म लाडिएँ– लिन आउँछ्यौ त ?
‘ल हुन्छ तयार भएर बस म आएँ ।’
मेरो मन चंगा भयो । अबोध बालकभैmँ सहरको धुलोमा लडिबुडी खेलौंजस्तो भयो । कतिबेला ऊ आउँछे र अँगालो कसौंजस्तो लाग्यो ।
सोल्टीमोडको ‘भ्याली इन्स्टिच्युट’ मेरो ट्युसन सेन्टर ।
साइन बोर्ड ठूलो भयो भन्दै पटकपटक घरबेटी किचकिच गरिरहन्थ्यो । यो साइनबोर्ड आज बढी नै चम्किएझैं लाग्यो । त्यहाँबाट धुलोका कण खसिरहेका थिए । मलाई ती धुलोका कणबाट खुसीका पूmल खसेझैं लाग्यो ।
मेरो अघि बस रोकियो– थानकोट एक्सप्रेस । बसको अगाडि सिसामा गोलो घेराभित्र अंक २० र त्योभन्दा तल लेखिएको थियो ः थानकोट–रत्नपार्क ।
रेश्मा त्यही बसबाट झरी । उसको पहिरनले म लठ्ठ भएँ । मखमलको ब्लाउज, छिट्को गुन्यू, कम्मरमा पहेंलो पटुकी, त्यसमाथि घलेक । उसलाई यति राम्री मैले यसअघि देखेको थिइनँ । म खुसीले मात्तिएँ– च्याप्प समातेर उसको गालामा म्वाइँ खाइदिएँ ।
‘छ्या तिमी त कस्तो मात्तेको । देख्नेले के भन्छन् ? आपूm भने ‘टिचर’ रे ! बेहोरा हेर न ।’
म हाँसे मात्र, बोलिनँ । हामी बस चढेर वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुग्यौं । जहाँ ल्होसारको कुम्भ मेला बजार लागेको थियो ।
मेला भर्नेको घुइँचो थियो । हरेक समूहले ‘प्लेकार्ड’ समातेका थिए– तनहुँ, स्याङ्जा, कास्की, ओखलढुंगा, संखुवासभा... ।
पर लोकगीत बजिरहेको थियो– बल्ल प¥यो निरमाया माकुरी जालैमा... ।
०००
मलाई कल्पनाले गाउँतिर डो¥यायो । ल्होसार दिनको सपाउँदे गाउँ सम्झेर घोरिएँ– म गाउन र नाच्न खप्पिस । पुन्टे, चक्रे, लेखु र चिना मलाई उचाल्थे । ओइ पातेँ नाच न नाच, आज बेस्सरी नाच्नुपर्छ यार ।’
आच्यों मसँगै खुब नाच्थ्यो । तिलसरा, गितु र फूलमाया मलाई बोलाउँथे– चुरै टिदोओ ङोलो मई ।’ म बीचमा गएर बस्थेँ । दोहोरी गाएर छर्लक्क रात जान्थ्यो ।
म आज मेरो गाउँभन्दा धेरै टाढा थिएँ– मेरा संगीले खोजेर नभेट्ने ठाउँमा । हुरीले उडाएको पातझैँ म समयसँगै उडेको थिएँ । तैपनि, गाउँ र मेरा दौंतरी भुलाउन मसँग रेश्मा थिई । आज उसको खुसीमा मैले भावनाको पानी खन्याएको थिएँ । ऊभित्र खुसीका बिरुवा उन्मत्त हुँदै थिए ।
‘ए तिमी पनि ल्होसारको लुगा लाउन । आज नि नलाउने ?’
म केही बोलिनँ । घाममा तात्दै गएको उसको अनुहार हेरेर टोलाइरहेँ । उसको अनुहारबाट सुन्दरता बगेर कुर्कुच्चासम्म पुगेको थियो । रेश्माले कताबाट सेतो कछाड र बख्खुजस्तो लुगा ल्याई ।
‘ल लाउ । के लाटोजस्तै टोलाको होला !’
सानो बच्चालाई भैmँ ऊ मलाई अराइरही । म उसको कुरा खुरुखुरु मानिरहेको थिएँ ।
मेरो स्वरूप देखेर ऊ खित्का छोडेर हाँसी– कस्तो उजेलो देखिएको तिमी त ।
ऊ हाँसेको देख्दा झनक्क रिस उठ्यो– ती गुच्चाजस्ता आँखा फोर्दिम्ला नि ऐले ।
ऊ फेरि उसरी नै हाँस्दै मेरो कानमा फुसफुसाई– तिमी त बाहुन गुरुङ देखियौ !
मैले उसको कान बिस्तारै चिमोटिदिएँ– तँलाई डल्ली गुर्सिनी !
वरपर झुरुप्प बसेका मान्छेले हाम्रो क्रियाकलाप नियालिरहेका थिए । एउटाले टाढैबाट फुक्यो– लौ ङोलो र डोल्स्योको जोडी जमेजस्तो छ है ।
रेश्मा लजाएर अलि पर सरी ।
सम्मेलन केन्द्रभित्रको संसार गज्जब थियो । लाग्थ्यो, दुनियाँ ल्होसारको नशामा डुबेको छ । गेटबाहिर के भइरहेको छ ? कसैलाई मतलब थिएन । पुस १५ को दिन सम्मेलन केन्द्र गुरुङमय बनेको थियो ।
घाम बिस्तारै पश्चिमतिर सर्दै थियो । ल्होसारको रमझम पातलो हुन थाल्यो । मेला भर्न आएका घर फर्कंदै थिए । पुसले चिसो बढाउँदै थियो, दिन ढल्दै थियो ।
घाम चन्द्रागिरीको टुप्पामा थियो । त्यहाँ पहेंलो आकृति कोरिइसकेको थियो । चिसो पुसलाई हाँक दिँदै हामीमा आत्मीयताको न्यानो बढेको थियो । एकपछि अर्काे बिजुली बत्ती बल्दै गए । साँझले हामीलाई बासतिर धकेल्दै थियो ।
मैले कोट्याएँ– रेश्मा, जाम भो अब त ढिलो हुन्छ ।
‘हुन्छ जाम ।’
केहीबेरमै हामी कुम्भ मेलाबाट बाहिरियौं । ल्होसारका मान्छे र सवारीले सडक अस्तव्यस्त थियो । हामी चिसो साँझ तताउँदै हिँडिरह्यौं ।
०००
दिन पुरानिदै गए । ममा नयाँ परिवर्तन थिएन । ‘कुलाको भ्यागुतो पाखा आएर पाहार ताप्नु र साँझ कुलामै फर्कनु’ जस्तै थियो मेरो दैनिकी ।
सोल्टीमोडको उही ट्युसन सेन्टर– अक्सर बिदाका दिन रेश्मा आइरहन्थी । ऊ आफ्नो अतित मसामु राख्थी । कुनै तुस नराखी ममै समर्पित हुन्थी । लाग्थ्यो, यो सहरमा उसको सुखदुःख बिसाउने चौतारो मै हुँ । म उसको यौवनको बखान गर्थें । ऊ मख्ख पर्थी । आफन्तपनको नरम सहानुभूतिले हामीलाई बाँधेको थियो ।
सहरमा आधुनिक प्रेम गर्नेजस्तै हामी कतै ‘डेटिङ’ गएनौं । त्यो खाँचो कहिल्यै महसुस भएन । सोल्टीमोड चोक, ट्युसन सेन्टरपारिको चिया पसल हामी भेटिने र गफिने ठाउँ थियो ।
रेश्मा मसँग छुट्टिएपछि चिया पसलकी साहुनी मलाई जिस्क्याउँथिन्– सर, कैले हो बिहा गर्ने ? बोलाउनुहोला है ।
‘होइन दिदी बिहासिहा क्यै हुन्न । हामी त साथी मात्र हौं’ म यसै भन्दिन्थेँ ।
शनिबारको दिन ऊ सधैँजसो सोल्टीमोड आई । मैले उसको मन चोर्न खोजेँ– रेश्मा बिहा गर्ने होइन त, के छ विचार ?
ऊ बोलिन । मुन्टो निहु¥याई र बूढीऔंलाको नङले भुइँ कोतरिरही ।
म रोकिइनँ । पानीजस्तै बग्दै गएँ– तिम्लाई सुनचाँदीले ढाक्न त सक्दिनँ । तर, दुःख गर्न सिकेको छु । काम गर्न जानेको छु । तिम्लाई खुसी राख्न सक्छु । जीवनका गोरेटामा भेटिने काँडा पन्छाउन सक्छु । तिम्रो खुट्टामा बिझ्न दिने छैन ।
‘अँ’ रेश्माको मुखबाट यत्ति मात्र निस्क्यो ।
‘अँ’ को अर्थ के थियो, मैले बुझिनँ । उसले बुझाउने प्रयास पनि गरिन । सधैँभैmँपारिको चिया पसलमा गएर चिया खायौं । ऊ थानकोटको बस चढेर गई । म निकैबेर बसले फ्याँकेको धुवाँ हेरेर घोरिएँ ।
०००
म समयको पयोमा झुन्डिदै गएँ । समय चर्खाझैं घुमिरह्यो । आइएडको पढाइसकिँदै थियो । रेश्मासँग आक्कल–झुक्कल मात्र भेट हुन्थ्यो । मैले बिहान र साँझमा ट्युसन पढाउन छाडेको थिइनँ । दिनमा १०–५ सम्म पढाउन बाफलको जेनिथ स्कुल थियो । पूरै दिन व्यस्त थिएँ, कतिबेला घाम उदाउँछन् र अस्ताउँछन् भन्नेसम्म ख्याल हुन्थेन । म यसैमा खुसी थिएँ या बनाइएको थिएँ, थाहा थिएन ।
विद्यार्थीको घेराबन्दीले मलाई कैद गरेको थियो । म यो जञ्जालबाट उम्केर बाहिर निस्कन सकेको थिइनँ । मैले रेश्मालाई बिर्सेको थिएँ । उसले मलाई बिर्सेकी थिई । फोन न मैले गरेँ न उसले गरी । रेश्माको टाढिँदोपन बिर्साउन मेरा लागि ट्युसन सजिलो ओखती थियो । रगतजस्तै मेरा नसामा ट्युसन बगेको थियो । पढाउन नपाए म बिरामी पर्थें– ड्रग एडिक्टजस्तै ।
केही क्षण पढाउन खाली हुँदा पनि रेश्माको सम्झनाले थिचेर प्राण जालाजस्तो हुरुक्क हुन्थ्यो ।
दिनका १६ घन्टा म पढाउन खर्चिन्थेँ । व्यस्तताको घनचक्करले मलाई कमजोर बनाउँदै लग्यो र बिरामी भएँ । अनि, पन्ध्र दिन मेरो ट्युसन सेन्टर बन्द भयो ।
०००
रेश्मा कता पुगी मैले खोज्न छोडिदिएँ । तर, उसको यादले कोपर्न छोडेको थिएन । सम्बन्धको गोरेटोमा झार उमिँ्रदै गए । गोरेटो छोपिँदै गयो, अन्ततः बिलायो । हामी वारिपारि उभिएका घाट तर्ने घटुवा भयौं । समयको झरीले खोलो बढिरह्यो । सायद पारि तर्ने आँट दुवैमा भएन ।
वर्षका भोटा पुरानिए । आधुनिकतामा लाली चढ्दै गयो । काठमान्डु अझ वयस्क हुँदै थियो । यहाँ नयाँ–नयाँ बैंसका हाँगा पलाउँदै थिए । तर, रेश्मा र मबीच बैंस खुर्रिएर झरिसकेको थियो ।
म स्नातक पढ्न फेरि पुरानै क्याम्पस पुगेँ । दिउँसो स्कुल जानुपर्ने हुँदा मैले बिहानी कक्षा पढ्न सुरु गरेको थिएँ । एक दिन कक्षा सकेर म हतार–हतार क्याम्पसबाट बाहिरिँदै थिएँ । अकस्मात गेटमा रेश्मासँग भेट भयो । म अवाक् भएँ । बोल्न सकिनँ । न ऊ बोली । नबोलेरै म हुर्रिएँ ।
‘यतिका दिनपछि फेरि किन भेटिन परेको होला ! हृदयको भुइँमा समयको तन्नाले छोपेर उसको सम्झना नदेखिने बनाएको थिएँ । आज किन ठोक्किई ? म पीडाले रन्थनिएँ । मेरा प्रश्नको जवाफ मसँग थिएन । न अरू कसैले दिन सक्थ्यो ।
भोलिपल्ट कक्षा सकेर निस्किँदा क्याम्पस गेटमा फेरि ऊसँग आँखा ठोक्कियो ।
ऊ आपैmँ बोली– के हो बोल्दा नि नबोल्ने ? धेरै कमाउने भयौ । अब बोलीको पैसा पर्छजस्तो छ ?
‘ठिकै छ’ भन्दै म गेटबाट बाहिरिएँ ।
मसँग बोल्नुपर्ने केही थिएन । पुरानै प्रश्नको जवाफ रेश्माले दिएकी थिइन । नयाँ मसँग के हुन्थ्यो !
ऊ यसपटक साह्रै राम्री भएकी थिई । गोरो अनुहार, थेप्चो नाक र अनारजस्तै मिलेका दाँत । हेरेर ममा उष्णता पलाउँथ्यो तरअघिजस्तो पोखिन सक्थिनँ । दूरीको बार उसैले हालेकी थिई । हामीबीच लामो कुराकानी हुन्थेन । छोटो भेट, छोटो कुराकानीमै धेरै विषय अटाउँथे ।
यसरी नै हिउँद, बर्खा चिप्लिरहे । वसन्त हरियालीले छोपियो । ऋतु फेरियो । पात झर्दै गए । रूख नांगिँदै गए । फेरि झरिला दिन सुरु हुन्थे ।
हाम्रो सम्बन्ध केही नजिक हुन थाल्यो । पुरानो प्रश्न उक्काएर रेश्मालाई फेरि टाढा बनाउन चाहिनँ । उसले जे भन्छे, म त्यै मान्दिन्थें । मसँग बोल्ने धेरै कुरा हुन्थेनन् । तर, मन ऊसँग आसक्त थियो ।
०००
‘रेश्मा गुरुङ’ यही नामले मलाई उसको नजिक पु¥याएको थियो । गुर्सिनी, पहाडी हावापानीले खारिएकी ।
‘गुरुङ’ शब्द, सभ्यता र संस्कारले मेरो बाल मझेरीको क्यानभास पोतिएको थियो । क्रमुर घलेकमा म लुकामारी खेलेको थिएँ । औदेँ, पातें, पुन्टे र आच्यों मेरा दौंतरी थिए । मेरो बाललीला उनीहरूसँगै बितेको थियो ।
हामी खेल्ने एउटै ठाउँ थियो– आल्खोला । यानिमा र प्यारीले फ्रकभरि ढुंगा बटुलेर ल्याउँथे । हामी उहिले माझकोटमा बनेको गुरुङ राजाको जस्तै दरबार बनाउथ्यौं । पुन्टे राजा हुन्थ्यो, प्यारी उसकी रानी । औदें, पातें र अरूअरू उसका सेवक हुन्थ्यौं । स्कुले दिनमा म उनीहरूसँग धुलोमा उपिँ्रmदै काठेपाटी च्यापेर बाह्रखरी पढ्न जान्थें ।
उमेरका पालुवा छिप्पिँदै गए । म तन्नेरी भएँ । उत्तरार्धमा मैले रोदीघर देखें । रोदीमा औदें पातें, पुन्टे र आच्योंसँगै कम्मर मर्काएँ । पातें, पुन्टेसँगै मिलेर यानिमा, प्यारी र फूलमायासँग दोहोरी गाएँ । कति रात घाँटुमा बिताएँ । अर्घुमा रमाएँ । त्यो रंगमञ्चमा मेरो मन साटिएको थियो ।
शरद ऋतुजस्तो न्यानो साथ थियो, रोदीघर र मेरा दौंतरीसँग । र, त म रेश्मासँग नजिक अझ नजिक भएको थिएँ । हुन खोजेको थिएँ ।
म एसएलसी पास गरेर सहर झरें । धेरै दौंतरी बेंसीबाट उकालो लाग्दा खर्कमै छुटे, कोही ठूलो वनमै । वनपाखा, गोठालो, घाँस–दाउरा, पारि वन, लुकामारी खेलेको टाँकीको ढुंगो जस्ता थिए, त्यस्तै रहे । छरछुन्नेको छहरो निकै तल खसेपछि धुवाँ निकालेजस्तो देखिन्थ्यो । त्यही धुवाँ वरिपरि गाई हेर्दै फिर्पिmरेमा निउरो टिपेको, फलैंचाजस्तो ढुंगामा चिप्लेटी खेलेको सबैसबै उतै छुटे ।
रेश्मालाई हेरेर मैले तिनको न्यास्रो मेट्ने गरेको थिएँ । तर, मेरो मन र भावनामा ऊ टाँसिन मानिरहेकी थिइनँ ।
०००
शुक्रबारको दिन कक्षा सकेर म क्याम्पस गेटमा पुगेको थिएँ । रेश्मासँग भेट भयो ।
ऊ मुसुक्क हाँसी– कति सधैं हतारमा हुर्रिन्छौ ? जति कमाए नि बोकेर लाने क्यै होइन । बस आज । तिमीसँग धेरै कुरा गर्नु छ, भरे सँगै फर्कौंला ।
स्कुलले मासिक शुल्क बढाएकाले अभिभावकले आफ्ना बच्चा स्कुल नपठाउने भएका थिए । त्यसैले मलाई आज स्कुल जानु थिएन । तर, मैले उसलाई ढाटें– हैन स्कुल जानु छ । कुनै दिन बसौंला ।
रेश्मा मानिन । कर गरी, ‘तिम्रो स्कुल–सिस्कुल छैन । मलाई था छैन ? आज सबै स्कुल बन्द छन् । बस्ने भए बस, नत्र मसँग नबोले हुन्छ ।’
ऊ साह्रै जिद्धी थिई । किन हो, उसका अघि मैले जोड गर्नै सक्थिन । योपटक पनि उसको बोली टार्न सकिनँ । गेटबाट ऊसँगै फर्किएँ, क्याम्पसभित्र । लाइब्रेरी पछाडिको चौर जहाँ केटाकेटी जोडी बाँधेर घन्टौं बस्थे । रेश्माले मलाई त्यतै तानी । त्यहाँ जोडिँदै गरेका, जोडिन नसकेका र जोडिएर गाँठो परेका थुप्रै जोडी थिए । हामी अरूजस्तै चौरको एक कुनामा बस्यौं ।
‘तिम्रो पुरानो प्रश्नको उत्तर माग्दैनौ । आज मसँग त्यसको उत्तर छ ।’
रेश्माले यसो भन्दा मेरो मुटुको ढुकढुकी ह्वात्तै बढ्यो । जीवनमा सायद यसरी धड्केकै थिएन । उसले ‘हुन्छ’ भन्छे वा ‘हुन्न’ । मैले कल्पना गरिनँ । यत्ति हो, मुटु बिजुली गतिमा दौडिरह्यो ।
म केही बोलिनँ । मात्र टोलाइरहें– माघको न्यायो घाम ओढेर चौरभरि विद्यार्थी फिँजारिएका थिए । विद्यार्थीभन्दा प्रेमको माला गाँस्ने बढी थिए । पर गुलाफका हाँगामा पूmल फक्रिरहेथ्यो, प्रेम प्रतीकको रूपमा । न्यानो घामले गुलाफको सुगन्ध युगल जोडीसम्म ल्याएर खसालेझैं लाग्थ्यो । सुगन्धले लठ्ठिएर कति जोडीघाँसे चौरमै हराइसकेका हुन्थे ।
‘म तिमीसँग बिहा गर्न तयार छु । तिम्रो मन फेरियो कि उस्तै छ ?’
रेश्माको आवाजले मेरो शरीरभरि काँडा उम्रियो । मैले बोली फर्काउन सकिनँ । ओठबाट यत्ति निस्क्यो– हो र !
‘मैले तिम्रो चित्त धेरै दुखाएँ, सरी ! तिमी जे भन्छौ म मान्छु । मैले तिम्लाई भेट्न नखोजेको होइन तर सोल्टीमोडबाट ट्युसन सेन्टर सरेछ । फोन नम्बर थिएन । कसरी भेटौं ? तिमीसँग मेरो घरको नम्बर थियो । एकपटक फोन गर्यौ ?’
बोल्दा बोल्दै ऊ रोकिई । आँखाबाट बरर आँसु झारी । सेतो रुमाल निकाली । त्यही रुमालमा आँसु पोको पारेर लुकाई ।
अहँ यसपटक मेरा ओठ खुल्दै खुलेनन् । मनमनै आफैंले गल्ती गरेजस्तो भयो । ट्युसन सेन्टर कलंकी स¥यो । फोन नम्बर फेरियो । मैले उसलाई भनिनँ । फोन पनि गरिनँ । गल्ती मेरै थियो ।
‘गल्ती भयो । तिम्रो चित्त दुखाएँ । मलाई जे सजाय दिन्छ्यौ देऊ ।’
‘अब मलाई बिहा गर । यही हो तिम्लाई सजाय,’ उसले रुन्चे हाँसो हाँस्दै भनी ।
मेरो मन खुसीले त्यै चौरमा फनफनी नाच्यो । अनायासै आँखा आँसुले भरिए ।
आज उसले पढिन न मैले ‘कक्षामा जाउ’ भन्न सकेँ । घामका किरण चिसा हुन थाले । हामी उठ्यौं र क्याम्पसको गेट नाघ्यौं । गेटमाथि मधुरो देखिएको थियो– महेन्द्ररत्न क्याम्पस ताहाचल ।
०००
धेरै दिनदेखि रेश्मा क्याम्पस आएकी थिइन । ऊ गेटमा पनि भेटिन छोडेकी थिई । मलाई डरको भूतले अठ्याउँदै लगेको थियो । ऊ मबाट फेरि टाढा जान त खोजिनँ ?
भेट नभएको महिना दिन भयो । मैले आपूmलाई रोक्न सकिनँ । एक दिन हाफ छुट्टीमा स्कुलबाट रेश्माको घरमा फोन गरें ।
एक रिङमै फोन उठ्यो । आवाज रेश्माको जस्तै सुरिलो थियो ।
‘रेश्मालाई पाउन न ।’
‘ए दाइ बोल्नुभको ! म रिया हो के दाइ । दिदी त गाउँ जानुभको छ । पर्सि आउनुहुन्छ । हजुरको फोन आथ्यो भन्दिन्छु नि ।’
‘हुन्छ,’ यत्ति भनेर मैले फोन राखें ।
ऊ पर्सि आइन । पर्सिको पर्सि पनि आइन । महिना दिन आइन । मैले खोजिरहें तर भेट्टाउन सकिनँ । रेश्मा यसरी नै कति महिना मबाट ओझेल परी । चाहेर टाढिई वा नचाहेर । भित्री मर्म मैले बुझ्न सकिनँ । वर्ष बित्यो, म उसको सम्झनामा पर्खेरै बसें– निरमायाले देउरालीमा लाहुर हिँडेको मानसिंहलाई कुरेर बसेझैं ।
हृदयको भुइँ कोतरियो– नजिकै सरेर छायाझैं तर्किनु रैछ त मसामु पोखिनुको के अर्थ थियो ? मैले भीरको गुराँस टिप्न खोजें छु । जुन सजिलो थिएन । सम्बन्ध झन्झन् टाढा भयो । आत्मीयताका भित्तामा ऐंजेरु पलायो । बिस्तारै मिलनका मीठा पलले गिज्याउन थाल्यो– समयको घुम्तीमा ऊसँग भेट भएकामा पछुतो पनि ।
पुराना पल सबै त खाटा बस्लान् तर ल्होसारको रन्को कानमा बजिरहने भयो । वर्ष खापिँदै जानेछन् । कति कति ल्होसार आउलान् तर त्यतिबेला हाम्रो सम्बन्धको भुइँ कुहिरोले छोप्नेछ ।
मैले कामना गरें– मबाट नदेखिने भए पनि रेश्मा सधैं भीरको गुराँसझैं फक्रिँदै जाओस् !
०००
पुस १३ गते ।
विद्यार्थी कमै थिए । म कलंकी ट्युसन सेन्टरमै थिएँ । एक्कासि फोन बज्यो । पहिलो घन्टीमा फोन उठाएँ ।
‘दाइ म रिया बोलेको । हजुरलाई निम्तो छ है ।’
रियाको आवाज सुनेर म डरले लगलग कामें । मैले सोधें– के को ?
ऊ मधुरो बोली, ‘पर्सि ल्होसार हो नि त्यसैको । अनि पर्सिकै दिन दिदीको बिहा छिनेको छ । हजुर जसरी नि आउनुपर्छ । मलाई नै कार्ड दिनु भन्नुभथ्यो । मैले बिर्सेंछु, सरी है दाइ । जसरी नि आउनुपर्छ, नत्र म रिसाउँछु नि ।’
‘अहिले राखें ल’ भन्दै उसले झ्याप्प फोन राखी ।
होसै भएन, कति बेला आँखा पग्लेर चस्मामा बादल लागेछ ।
प्रकाशित: १९ चैत्र २०७३ ०६:१९ शनिबार