उसले घरको मूलढोका खोल्यो । सधैँ आफूले गोडमेल गरेको बगैँचा र फुलेका पूmलहरू हेर्यो । फुलेको सेतो गुलाबको एउटा हाँगो लर्कायो । फूल मुसार्यो । र, अलिपर गयो । उसैले स्याहारेका कुकुरहरू चौरमा खेल्दै थिए । उसलाई तिन्को पनि कताकता माया लागेर आयो । खाना दिने बेला सधैँ बोलाउँथ्यो, ‘पप्पी ! डम्मी ! तिमीहरू यता आओ ।’ यो पटक बोलाएन तर कुकुर नै दौडिँदै उसको सर्टको फेर तान्न आइपुगे । आपूm त सुटुक्क निस्कँनु छँदै थियो, उसलाई आपूmसँगै कुकुर पनि निस्केलान् भन्ने डर थियो ।
गेटनजिकै पुगेर त्यो भव्य महललाई निकैबेर हे¥यो । बिस्तारै बिस्तारै गेट खोल्यो । तुरुन्तै लगायो र हतारिएर सडकमा पुग्यो । कुकुर कम्पाण्डभित्रै कुइँकुइँ गर्दै थिए । मन पीरो भएर आयो उसको । फेरि हे¥यो फर्केर । यसअघि उसलाई त्यो घर, बगैँचा र कुकुरहरूकोे कहिल्यै यतिविधि माया लागेको थिएन । सोच्यो, ‘नानीहरू घर आएपछि मलाई खोज्लान् । आ ऽऽऽ खोजे खोजून् । ती मेरो भाइबैनी होइनन् क्यारे !’ त्यसपछि कहिल्यै नफर्कने गरी ऊ सडकलाई देब्रे पारेर एकोहोरिएर हिँड्यो, हिँडिरह्यो । अलिपर पुगेपछि मान्छेको जंगलमा हरायो ।
चार वर्षअघि गोपाललाई आफ्नै काकाले भातभान्साको काम गर्ने ‘नोकर’ को रूपमा त्यो घरमा छाडेर गएका थिए । गाउँमा तीन कक्षा पढेर आएको थियो । नौ वर्षको थियो ऊ नोकर बस्दा । ऊ घरमा पस्दा मालिकको एउटा छोरा थियो । मात्र दुई वर्षको । ऊ आएलगत्तै छोरी जन्मिई । दुवैको उसैले स्याहारसुसार ग¥यो । मालिक्नीले नानीहरूलाई कहिल्यै आफ्नो दूध चुसाएको देखेन । गोपाल ‘आमा’ थिएन तर दूध भने उसैले चुसायो– बट्टाको ।
+++++++++
छोरीछोरी नामी स्कुलमा बोडर्स गरिएका थिए । अरू स्कुल घरनजिकै हुँदा पनि नानीहरूलाई घरबाहिर राखेको देखेर गोपाललाई अनौठो लागेको थियो । नानीहरू हप्ता दिनमा मात्र घर आउँथे, शुक्रबार । गोपालको हालखबर सोध्थे । दुई दिन बसेपछि जाने बेला भइहाल्थ्यो । गोपाल स्कुलमा पु¥याउन जान्थ्यो । फर्कँदा ऊ एक्लो भएको महसुस गथ्र्यो । मनै चिरिएर आउँथ्यो । सोच्थ्यो, ‘यी बाबुनानीसँगै पढ्न पाए...!’
त्यो दिन गोपालले नानीहरूलाई होस्टेल पु¥याउनु परेन । स्कुलकै बस आयो । ‘गोपाल, नरोई बस है ! हामी नेक्स्ट विक आउँछौँ,’ वसन्त बाबुले भनेको थियो । सानी मैयाँ सदीक्षा केही बोलिन । उसको अनुहार अँध्यारो भएको थियो । मालिकमालिक्नीले छोराछोरीलाई होस्टेलको गाडी चढाइदिएपछि ‘बाई–बाई’ भनेका थिए । गोपालले हात मात्रै हल्लाएको थियो तर नानीहरू घर नफर्कँदै गोपाल त्यो घर छाडेर हिँड्यो ।
+++++++++
मालिक र मालिक्नीको निकै समयदेखि मन टाढा हुँदै आएको थियो । गोपालले त्यो महसुस ग¥यो तर खासै चासो राखेन । ऊ आफ्नो काममै व्यस्त थियो । एकछिन फुर्सद हुँदैनथ्यो गोपाललाई । ठुस्किन लागेकी थिइन्, मालिक्नी । झर्केर बोल्थिन् । मालिक हाँसेर टार्थे । एकदिन मालिक्नीले बेल्काको भुजा ज्युनार गरिनन् । डाइनिङ टेबुलमा मुन्टो झुङाएर बसिरहिन् । मालिकले भने, ‘हैन आरम्भा, तिमीले किन भुजा नखाएकी ? छिटो भुजा खाऊ । के भएको छ आजकल तिमीलाई ? राम्रो गरी बोलेको पनि सुन्दिनँ ।’
अँ हँ, मालिक्नी बोलिनन् । बोल्दै बोलिनन् । मालिकले सपासप भुजा ज्युनार गरे । छेउको बेसिनमा चुठ्दै भने, ‘आपूm त भोकले लखतरान परियाथ्यो । मज्जाले खाइयो ।’ मालिक ‘ढ्याउ’ गर्दै कोठातिर लागे ।
मालिक्नीको अनुहारमा रणचण्डीको रगत चढ्यो । टेबुलका थालभाँडा बजारिन् । बुद्बुदाइन्, ‘आपूm चैँ घर नआएर कताकता बस्नुछ । आए पनि वास्ता छैन । मेरोचाहिँ मन हैन र !’ गोपाल सुनिबस्यो । केही बोलेन ।
अघिपछि पनि उनीहरूको एकअर्कालाई बोलाउने साइनो अचम्मको छ । मालिक्नी श्रीमान्लाई ‘मालिक’ भन्छिन् । मालिक पनि श्रीमतीलाई ‘मालिक्नी’ भन्छन् । यी दुईले एक अर्कालाई गर्ने सम्बोधन व्यंग्यजस्तो लाग्थ्यो गोपाललाई ।
केही दिनयता मालिक–मालिक्नीबीच बोलचाल पूरै बन्द भएको थियो । सँगै खाना खान छाडेका थिए । दुईमध्ये एउटाले अगाडि नै भुजा ज्युनार गरेर हिँड्थे । यति हुँदा पनि गोपालले खासै चासो राखेन । झन् सोध्ने कुरा त हुँदैभएन । उसमा थोरै चासो थियो– यी दुईबीच कति अग्लो पहाड ठडिएको छ ? किन ठडिएको छ ?
+++++++++
मालिक विश्वविद्यालयका प्राध्यापक । राम्रै क्रेज छ उनको । अनेक अध्ययन र अनुसन्धानको काम देखाएर धेरैजसो उनी विश्वविद्यालयकै क्वाटरमा बस्छन् । कहिलेकाँही बेलुका घर आउँछन् । मालिक्नीको खासै पेसा छैन । उनी एकमात्र छोरी हुन् । माइतीले टन्नै सम्पत्ति दिएका छन् । राम्रो व्यवस्था छ । गाडी छ । घर छ । अन्यत्र घडेरी पनि छन् । नपुग्दो केही छैन ।
गोपालले आफ्नो घर सम्झ्यो, ‘घरमा सम्पत्ति छैन । घरै छैन । सामुदायिक वनमा छाप्रो ठड्याएर बसेका छन्, बाआमा । तर उसका बाआमाले कहिल्यै झगडा गरेको थाहा छैन उसलाई । यिनीहरूलाई के नपुगेर नबालेका होलान् ?’ गोपालले निकै गहिरा कुरा सोच्यो ।
मालिक सा’प अलि पाका छन् । दुईको उमेरमा दस–पन्ध्रकै अन्तर होला । मालिकको कपाल र दाह्री फुल्न लागेको छ कताकती । मालिक्नीको अनुहार लोभलाग्दो छ, गालामै गुलाब फुलेजस्तो । कपाल ड्राइ गरेर हाइड्रोजन लगाएकी छन् । किशोरवयमा उक्लिँदै गरेको गोपाललाई थाहा भएन– त्यो घरको अन्तरकुन्तरको कथा । मालिक्नीका मनका कुरा । मात्र थाह भयो– आफ्नो काम ।
त्यहाँ भातलाई ‘भुजा’ भन्नुपर्छ । त्यो घर पसेका सुरुका दिनमा गोपाललाई नेपाली बोल्न पनि कठिन भयो । दरबारिया भाषामा ऊ अल्मलियो । रहँदाबस्दा ऊ पनि ‘आइस्योस्–गइस्योस्’ मा अभ्यस्त भयो । निकै समयपछि थाहा पायो–मालिकको दोस्रो घरबार रहेछ । पहिलेकी श्रीमती पोइल गएकी रहिछन् ।
एकदिन बेलुका मालिक्नी आफ्नो कोठामा खै के किताब पढ्दै थिइन् । मालिक बैठक कोठामा कम्प्युटरमा थिए । उसले मालिक्नीको कोठामा गएर खाना पाकेको कुरा जाहेर गर्याेे । निहुरिएर भन्यो, ‘भुजा तयार भयो, आइस्योस् ।’ उसलाई मालिक्नीले अनौठो गरी हेरिन् । केही बोलिनन् ।
त्यसपछि तुरुन्तै मालिकको कोठामा गयो र त्यही कुरा दोहो¥यायो । भान्सामा फर्कियो ऊ । मालिक्नी खुट्ट बजार्दै भान्सामा आइन् । उनको हिँडाइमा अनौठो अदब थियो। एक झड्का बोलिन्, ‘तेरो मालिक हजुरलाई टक्र्याइस् त ?’ ‘छैन हजुर । तर उहाँ त कम्प्युटर चलाइराको होइसिन्छ । बोलाएर आएको छु,’ गोपाल बोल्यो ।
मालिक्नीले सोधिन्, ‘के मर्जी भो त, तेरो मालिकले ?’
गोपालले नसुनेझैं गर्यो । कतै नहेरी मालिक्नी भुजा ज्यूनार गर्न लागिन् । गोपाल एकछिन उभियो । फेरि मालिकको कोठामा कुद्यो । भन्यो, ‘हजुर भुजा सेलाउँछ । पस्कूँ ?’
मालिकले आ“खा घुमाएर हेरे । भने, ‘तेरी मालिक्नीलाई खुवाइस् त !’ गोपाल बोल्यो, ‘ज्युनार गर्दै होइसिन्छ ।’
ऊ फेरि भान्छातिरै आयो । मालिक्नी नजिकैको बेसिनमा चुठ्दै थिइन् । गोपाल मूर्तिवत् उभिरह्यो । उसले पनि मन अमिलो पा¥यो । ऊ आपैmँ भोकले लखतरान भएको थियो ।
मालिक्नी शयनकक्षतिर चढिन् । मालिक भान्सामा आए । गोपालले भुजा पस्कियो । मालिकले दिगमिग मानेर आधीउधी भुजा खाए । चुठे । गाह्रो मानेर उनी पनि शयनकक्षतिरै लागे । गोपालले सोच्यो, ‘खाना सँगै नखाए पनि सुत्नचैँ एउटै कोठामा गए है ! भोलिदेखि त पक्कै बोलचाल गर्छन् होला ।’ उसलाई खुसी पनि लाग्यो ।
गोपाल भात खान थाल्यो । खाँदा मालिक र मालिक्नीको मनोमालिन्यको कुरा सोचेन । सोच्यो त पेटको दर्द । पेटकै द्वन्द्व । भोकले बटारिएको पेट शान्त पा¥यो ।
गोपालले भान्साको जुठेधन्दा सक्यो । घरका सबै झ्यालढोका बन्द गरेर ऊ आफ्नो कोठामा छिर्यो । छिँडीको गन्हाउने कोठा उसको भागमा परेको थियो । एकदमै साँघुरो । बल्लतल्ल सानो एउटा खाट अटेको थियो । खाटमा पनि ऊ साँघुरो गरी सुत्थ्यो ।
रात निकै चढिसकेको थियो । कोठाको सानो झ्यालबाट हे¥यो । मालिकमालिक्नीकोमा बत्ती बलिरहेकै थियो । अरू सोचेन । थाकेको ज्यान पल्टायो । ऊ भुुसुक्कै निदायो ।
+++++++++
गोपाल झल्याँस्स ब्यूँझियो । मालिक–मालिक्नीको कोठाबाट आएको आवाजले उसलाई ब्युँझायो । अचानक ब्युँझदा उसको मुटु जोडले हानेको थियो । मारपिटै परेजस्तो सुन्यो, डाङडाङ र डुङडुङ । चिच्च्याएको र नबुझिने गरी कराएको पनि सुन्यो । सोच्यो, ‘लौ, आज तमासा नै हुने भो । के नपुगेको छ र यिनीहरू यसो गर्छन् ? मालिक उस्तो हो कि मालिक्नी ?’
सानो झ्यालको पर्दा पन्छाएर बाहिर हे¥यो । देख्यो–कोठाबाट मालिक्नी फुत्त निस्केर अर्कै कोठातिर लागिन् । मालिक बोलेको सुन्यो । ‘तँ....ठीलाई के चाहिएको ? अर्कै पोइ खोजेर गए हुन्छ ।’ अझै लाज हुने कुरा पनि सुन्यो उसले । यति लाज लाग्ने कुरा मालिकले बोलेको उसले कहिल्यै सुनेको थिएन । रिसको झोकमा मालिकले जोरसित ढोका लगाए । गोपाल न बोल्न सक्यो न उठेर हिँड्न नै सक्यो ।
चालचुल बन्द भयो । सन्नाटा छायो वातावरणमा । रातको कति बजेको थियो, समय हेर्न ऊसँग घडी थिएन । गोपाल एकछिन झुङ्यो र सुत्यो । अचानक मालिक्नी ‘स्याँ स्याँ’ गर्दै गोपालको कोठामा छिरिन् । असामान्य बनेकी थिइन् उनी । झिनो स्वरले बोलिन्, ‘गोपाल ∕ ए गोपाल ∕ तिमी सुत्यौ ?’ तन्द्रामा थियो ऊ । सपना हो कि झैं लाग्यो । कोल्टे फेर्यो । कताकता को बोलेजस्तो लाग्यो । उठेन । फेरि सुत्यो । मालिक्नी अभैm नजिक आएर बोलिन्, ‘गोपाल ! ए गोपाल ! सुनेनौ ? एकछिन उठ त ।’
गोपालको तन्द्रा खुन्यो । आङ तानेर उठ्यो । सिरानको बत्तीको स्वीच थिच्यो । उज्यालोमा आफ्नी मालिक्नीलाई देख्यो । अचम्म लाग्यो । होइन जस्तो पनि लाग्यो । कचेरा पुछ्यो । ठम्यायो– मालिक्नी नै हुन् । गोपाल बोल्यो, ‘हजुर किन नसुतिस्या मालिक्नी सा’प ? यति रातीसम्म के गरिराखिस्या ?’ मालिक्नीको मन छचल्किएको थियो । छचल्किएको मन मुखबाट पोखियो, ‘गोपाल म आज तिम्रो कोठामा सुत्छु ।’
गोपाल आश्चर्यचकित मात्र भएन, ठूलै अनिष्टको शंका ग¥यो । उसलाई बोल्न पनि गाह्रो भयो । मालिक्नी फेरि बोलिन्, ‘गोपाल ! मलाई आफ्नो कोठामा सुत्न पनि दिँदैनौ ?’
गोपाल धर्मसंकटमा पर्यो । निकै सकस मानेर बोल्यो, ‘मालिक्नी सा’प ! कता सुतिसिन्छ ? हजुरलाई के भयो ? आफ्नै कोठामा गइस्योस् हजुर ।’ गोपालले मालिक्नीको आँखामा आँसु देख्यो । गोपालको मन काटियो । सोच्यो, ‘यी पनि मेरी आमाजस्तै त हुन् नि !’ भन्यो, ‘हजुर मेरो खाटमा सुतिस्योस् त । म बाहिर सुत्छु ।’
मालिक्नी आवेगमा थिइन् । सायद बेहोसीमा पनि । उनको गला अवरुद्ध भएको थियोे । अवरुद्ध गला खोलेर भनिन्, ‘गोपाल म तिमीसँग सुत्छु ।’
गोपाल झस्कियो । आफैंदेखि डरायो । सोच्यो, ‘सधैँ ‘तँ’ भनेर हकार्दै बोलाउने मालिक्नीलाई आज के भएको छ ? मेरो छेउमा आउन पनि सिकसिको मान्ने मालिक्नीलाई आज के भयो ?’
मालिक्नी सुँकसुँकाउन थालिन् । भनिन्, ‘गोपाल ! म तिमीसँग सुत्छु आज । मलाई सुत्न देऊ ।’ मालिक्नी मदहोसजस्तै भएर गोपालको खाटमा पल्टिइन् । गोपाललाई वर तानिन् । उसलाई जिउमै टाँसिन् । गोपाललाई करेन्ट लागेभैmँ भयो । खै, के भयो, के भयो ! गोपाल मालिक्नीको बाहुपाशबाट फुत्कियो । अलि पर गयो ।
थर्थराएर उनी फेरि बोलिन्, ‘गोपाल ! तिमी नभाग न ! म तिमीस“ग सुत्छु क्या आज । मलाई तिमीसँग सुत्न मन लागेको छ ।’ ‘आज मालिक्नी बौलाइछिन् क्यारे ! अरू नै कोठामा सुतेको भए हुन्थ्यो नि ! मालिकले थाहा पाए के गति होला,’ गोपालले यति सोच्न भ्यायो ।
मालिक्नी आतुर हुँदै बोलिन्, ‘आऊ गोपाल । मसँग सुत । किन लाज मान्छौ ? मलाई लोग्नेमान्छेसित सुत्न मन लागेको छ । कि तिमी लोग्नेमान्छे होइनौ ?’
गोपाल बोल्न नसक्ने गरी कक्रियो । मालिक्नी गोपालको खाटमा हठात् पल्टिइन् । उनले गोपालका लुगा च्यापिन् र सिरकभित्रै लुकाइन् । तिनी बर्बराउन थालिन् । गोपाललाई तानिन् । गोपाल बल्लबल्ल फुत्कियो । ऊ बाहिर आयो । घरबाट हिँड्ने विचार ग¥यो । तर त्यो मध्यरातमा कता जाने ? ऊ घोर अलमलमा प¥यो ।
करिडोरमा मान्द्रो ओछ्याएर गोपाल पल्टियो । मालिक्नी गोपालका लुगा च्यापेर छटपटिँदै ओछ्यानमा लडिन् मात्र । निदाउन सकिनन् । गोपालको पनि निन्द्रा बिग्रियो । डर लागिरह्यो । ‘यस्तो कुरा मालिकले थाहा पाएको भए !’ सोच्दा नै उसका जिउमा काँढा उम्रिए ।
गोपाल उज्यालो हुने बेलामा निदाएछ । ऊ ब्युझिँदा मालिकलाई घरमा देखेन । मालिक्नी कोठामा ओइलाएर बसेकी थिइन् । गोपाललाई लाज लाग्यो । चिया बनाएर मालिक्नीलाई टत्र्mयाउन पनि सकेन ।
बिस्तारै मालिक्नी भान्सामा आइन् । तरकारी किन्न पैसा दिँदै भनिन्, ‘जाऊ गोपाल, तरकारी किनेर ल्याऊ । पूर्णचाको तरकारी पसलबाट ल्याऊ है ! उसकोमा ताजा र राम्रो तरकारी पाइन्छ ।’
तरकारी किन्न उसलाई सधैँभन्दा अलि टाढा जानुपर्ने भयो । मालिक्नीको आदेश तामेली गर्दै बिहानै गोपाल तरकारी किन्न पूर्णचाको पसलमा गयो ।
+++++++++
गोपाल तरकारी किनेर आइपुग्यो । तर मूल ढोकामा भित्री छिस्केनी लगाइएको थियो । ऊ घुमेर भान्साको भ्mयालबाट भित्र पस्यो । यसो कान थाप्यो । मालिक्नीको कोठामा गुनगुन सुन्यो । सोच्यो, ‘मालिक–मालिक्नीको मिलाप भएछ । ‘लोग्नेस्वास्नीको झगडा परालको आगो’ भनेको यस्तै होला ।’ उसको मन खुसीले रमायो ।
गोपालले चिया बनायो । ढिलो नगरी चिया लिएर गोपाल मालिक्नीको कोठाछेउ उभियो । ढोका ढक्ढक्यायो । खुलेन । भान्छातिरै चिया फर्कायो । घुमाउने कौसी घुमेर कोठाको झ्यालबाट चियायो । अचम्म ! देख्यो– अपरिचित बलिष्ठ एक लोग्नेमान्छे र मालिक्नी सँगै थिए ।
उसले त्यतातिर धेरैबेर हेर्न सकेन । हेरिसाध्य पनि थिएन । मालिक्नी अत्यन्तै तिर्खाएकी थिइन् । अपरिचित बलिष्ठ लोग्नेमान्छे मालिक्नीको धमाधम तिर्खा मेट्दै थियो । ‘कुरा यस्तो पो !’ बल्ल बुझ्यो– मालिकमालिक्नीको खटपट र मारपिटको अन्तर्कथा । मालिक्नीले उसको कोठामा सुत्न देखाएको इच्छा । छोराछोरी बोडर्स गरिएको कुरा । तरकारी किन्न बिहानै पूर्णचाको पसलमा पठाएको रहस्य । गोपाललाई त्यो घरमा एकछिन पनि बस्न मन लागेन । ऊ निस्कियो । र, एकैछिनमा मान्छेको जंगलमा हरायो ।
प्रकाशित: ४ मंसिर २०७३ ०३:४० शनिबार