१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्य

राज्यका संरचना प्रभावकारी हुनुपर्छः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यका संरचना प्रभावकारी र परिणाममूखी हुनुपर्ने बताएका छन्। बिहीबार राष्ट्रिय सतर्कता केन्द्र स्थापनाको १४ औं वर्ष पूरा गरेको अवसरमा आयोजित वार्षिक स्थापना एवं वार्षिक प्रतिवेदन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले दाहालले भने, ‘हाम्रा कतिपय सरकारी संरचना फगत औपचारिकताकालागि बनेको जनगुनासो छ, सुशासनलाई प्रत्याभूति गर्ने गरी सरकारी संरचनाहरुलाई प्रभावकारी र परिणाममूखी हुनुपर्दछ।’

प्रधानमन्त्री दाहालले संविधानको परिमार्जनसहित कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पको पूनर्निर्माण र नवनिर्माण, प्रभावकारी जनसेवासहितको सुशासन र आर्थिक समृद्धि सरकारका मूख्य प्राथमिकता भएको बताए। ‘यसपटक हामीले जोखिमपूर्ण अवसर प्राप्त गरेका छौं,’ उनले भने,‘हामीमा राष्ट्र निर्माणको संकल्प हुनैपर्दछ, त्यसका लागि राज्यका सबै संरचनाले प्रभावकारी परिणाम दिन सक्नुपर्छ।’

 

प्रकाशित: २७ श्रावण २०७३ ०९:३४ बिहीबार

राज्यका संरचना प्रभावकारी हुनुपर्छः प्रधानमन्त्री