१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
विचार

रोजगारीको नयाँ बिहानी

वास्तवमा नेपालमा रोजगारीको अवसर अत्यन्त सीमित छ। अशिक्षित, अर्धशिक्षित र उच्च शिक्षा प्राप्त जनशक्तिले समेत रोजगारी नपाएर भौतारिनुपरेका गुनासा र तिनका तथ्याङ्कले रोजगारीका सीमितता स्पष्ट गरिरहेका छन्। शैक्षिक संस्थाको संख्या बढ्दै गएअनुसार प्रत्येक वर्ष शिक्षित जनशक्तिको संख्या पनि उल्लेखनीय रूपमा बढिरहेको छ।

त्यसमाथि नेपालमा प्राविधिक रोजगारीतर्फ थोरै मात्र जनशक्तिले काम पाइरहेका छन्। त्यसमाथि पनि महिलाको संख्या अझ कम छ। खाडी मुलुक जाने बढ्दो संख्याले देशमा रोजगारीको अवसर ज्यादै कम भएको तथ्य प्रमाणित गरिरहेको छ। देशमा बढ्दो रोजगारीको अपेक्षा हेर्दा आ. व. २०७८ को जनगणनाले प्रमाणित गरेको ४०.३५ प्रतिशत युवा (१६-४० वर्ष) को जनसांख्यिक लाभको अवसरलाई पुँजीकृत गर्नुपर्ने चुनौती पनि देखिन्छ।

पिछडिएका क्षेत्रलाई विकासको मूल प्रवाहमा सामेल नगराई गरिबी निवारण असम्भव हुन्छ। तर स्थानगत, क्षेत्रगत, लिङ्गगत, जातिगत गरिबीको उपस्थिति भएको नेपाल जस्तो देशका लागि गरिबी निवारण गर्न रोजगारी भन्दा अर्को उपाय हुँदैन। उद्योगधन्दामा न्यूनता आउन थालेपछि रोजगारी अनपेक्षित ढंगले घटिरहेको छ। नेपाल विश्व व्यापार संगठनको सदस्य भएपछि संगठनको लाभ लिनु त कता हो कता, भएका उद्योग पनि धमाधम बन्दै भइरहेका छन्।

यो अवस्था हेर्दा रोजगारीमा समावेशी नीति अवलम्बनले पनि काम गर्न सकेको पाइन्न। यति हुँदाहुँदै पनि सूचना प्रविधिको क्षेत्रमा भने अपेक्षाकृत रूपमा सामाजिक सञ्जालको प्रभावले रोजगारीका सम्भावनाहरू क्रमशः बढिरहेको पाइन्छ। अन्तर्राष्ट्रिय अनुभव र विश्व परिवेशले देखाए अनुसार उद्योगधन्दा बढेको खण्डमा जनशक्ति परिचालन हुने हो। त्यो परिदृश्य हेरेर नेपालले पनि रोजगारी वृद्धिको निमित्त प्रविधि विकास, प्रविधिको प्रयोग, प्रविधिप्रति जनचासो बढाउनुपर्ने अवस्था छ।

हामीकहाँ ज्यादै कम उद्योगधन्दा र रोजगार कम्पनी छन्। सूचना प्रविधि र सामाजिक सञ्जाल उपयोग गर्ने बानीको विस्तार र विकास अपेक्षाकृत ढंगमा न्यून छ। त्यसमा पनि प्राविधिक महिला जनशक्तिको विकास र प्रयोगमा हामी अझै पछाडि छौँ। जेन्डर ब्यालेन्स, जेन्डर बजेट, महिलालाई प्रोत्साहन र प्रेरणाका नीति र कार्यक्रम बने पनि कार्यान्वयनमा प्रभावकारिता देखिंँदैन। यो पक्षमा ध्यान केन्द्रित गर्न ढिला भैसकेको छ।

यद्यपि जनशक्ति निर्माण, उपयोग र प्रयोगका लागि काम गर्ने उद्देश्यले केही संस्था अघि आएका छन् तर ती खडा भएका संस्था संख्यात्मक रूपमा ज्यादै कम र प्रभावकारिताका रूपमा शिथिल जस्ता छन्। भएका थोरैमध्ये अहिले प्रभावकारी रूपले रोजगारी सिर्जना र अझ त्यसमाथि महिला रोजगारी प्रवर्धन गर्न लागिपरेको संस्था कोड रस देखिन्छ।

सबैभन्दा राम्रो र सबैभन्दा बलियो पाइपलाइनसँग संबद्ध कोड रसले २०१९ देखि काम गर्न सुरु भएदेखि विभिन्न माध्यमबाट प्रविधिमा महिलालाई रोजगारी दिई योग्य सिप उपलब्ध गराउनमा केन्द्रित छ। कोड लाइक हर, द डिजाइनर इन हर, सि क्यान जस्ता नामबाट काम दिने र सिप बढाउने उद्देश्य राखेको कोडरसले महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने नीति लिएको देखिन्छ।

अधिकांश रोजगारदाताहरू योग्य प्रतिभाले भरिएको जनशक्ति फेला पार्न नसकिएको कुरामा सहमत छन्। कोड रससँग सम्बद्ध विशेषज्ञहरूका अनुसार यो संस्थाले व्यक्तिगत कम्पनीको आवश्यकताहरू विश्लेषण गर्न आफ्नो सेवा लाइन विस्तार गरेको छ र सम्बन्धित निकायमा सहयोग पुराउन प्राविधिक प्रतिभाहरूको सेवा उपलब्ध गराउँदै आएको छ।

कोड रसमा मेलिशा घिमिरे, पूर्वसिइओ आस्था शर्मा जस्ता महिला नेतृत्व पंक्ति अग्रगतिमा देखिन्छन्। प्रतिभाशाली महिलाहरूको नेतृत्वमा रहेका संस्थामध्ये हाल सीमित स्टाफबाट सञ्चालित कोड रसको महिला जोडी सर्वाधिक प्रभावकारी देखिन्छ। यो नेतृत्व अगाडि आएसँगै कोड रसले जेनेसको २० मिलियन (नेपाली रुपियाँ २ करोड) अनुदान प्राप्त गर्न सफल भएको छ।

जेनेस एक आधिकारिक क्लाउड परामर्शदाता हो र अमेजोन वेब सेवाहरू उपलब्ध गराउने क्लाउड परामर्श कम्पनी पनि हो। जेनेसले डिजिटल दुनियालाई समर्थन गर्दछ र युरोप र एसियाभरका स्टार्टअप कम्पनीहरूलाई जनशक्ति निर्माण गर्न र त्यस्ता जनशक्तिलाई उचित स्थानमा मागअनुसार परिचालन/हस्तान्तरण/स्थानान्तरण गर्दै आएको छ।

यो कम्पनी अहिले नेपालमा मात्रै सीमित नभई विश्वका धेरै देशमा प्राविधिक जनशक्ति निर्माण गरी उद्योगलाई हस्तान्तरण गर्ने भन्ने सोचसाथ अगाडि बढ्दैछ। यसले लैङ्गिक सन्तुलनका लागि महिला आवेदकहरूलाई प्रोत्साहन गर्ने, महिलालाई पनि पुरुष जनशक्तिको समान उचाइमा पुर्‍याउने, प्राविधिक जनशक्ति निर्माण गरी मुलुकमा मात्र नभई मुलुक बाहिर समेत मागअनुसार आपूर्ति गर्ने उद्देश्य लिएको बुझिएको छ।

कोड रस र यस्ता युवा रोजगारीलाई प्राथमिकता दिने संस्थाहरू नेपालमा मात्र नभई विश्वव्यापी रूपमा र अझ विकासोन्मुख मुलुकहरूमा खुल्नु भनेको देशभित्रै अवसर खोज्ने जनशक्तिलाई कम लगानीमा बढी उपलब्धि प्रदान गर्नु हो।

कोड रस र यस्ता युवा रोजगारीलाई प्राथमिकता दिने संस्थाहरू नेपालमा मात्र नभई विश्वव्यापी रूपमा र अझ विकासोन्मुख मुलुकहरूमा खुल्नु भनेको देशभित्रै अवसर खोज्ने जनशक्तिलाई कम लगानीमा बढी उपलब्धि प्रदान गर्नु हो। प्राविधिक स्रोत परिचालन तालिम र त्यस्ता तालिम सिक्ने र काम गर्ने अवसरहरूका लागि यस्तो फोरम पाइपलाइनका प्रयासहरूले आगामी दिनहरूमा पनि यस्तै प्रकारका उद्योगहरूमा जनशक्ति खपत गराउन मद्दत गर्छ।

विशेष गरी नेपालमा बेरोजगारी समस्या न्यूनीकरण गर्न, आधुनिक कम्प्युटर सेवाको प्रवर्धन गर्न र महिला रोजगारीलाई अगाडि ल्याउन यो सेवा एउटा कोशे ढुंगा सावित हुने छ भन्ने देखिन्छ। नेपालको वैदेशिक मुद्रा आर्जन बढाउने, रोजगारी प्रवर्धन गरेर गरिबी घटाउने, स्वदेशी रोजगारीका अवसरमा वृद्धि गर्ने, उच्चस्तरीय जनशक्ति निर्माण गरी निर्यातसमेत गर्ने जस्ता उद्देश्यलाई नीति र व्यवहारमा नै लागु गर्ने हो भने यस्ता संस्थाको स्थापना र विकासमा केन्द्र सरकारको विशेष ध्यान जानुपर्ने देखिन्छ। 

प्रकाशित: १० भाद्र २०७९ ००:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App