coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कैद मिनाह पाएका बालकृष्ण ढुंगेल रिहा

रिहा भएपछि बालकृष्ण ढुंगेल।

काठमाडाैं- सर्वाेच्च अदालतले सर्वश्वसहित जन्मकैद साजय सुनाएका बालकृष्ण ढुंगेल रिहा भएका छन्। सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद मिनाह गरेपछि डिल्लीबजारस्थित करागारमा रहेका ढुंगेल रिहा भएका हुन्। द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्या गरेको भन्दै सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो। 

गएको कात्तिक १४ गते पक्राउ परेका उनी ४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएकाको बाँकी कैद माफी हुने प्रवाधान टेकेर सरकारले मुक्त गर्न सिफारिस गरेपछि जेलमुक्त भएका हुन्।  

यसअघि जिल्ला अदालतको फैसला अनुसार साढे सात वर्ष जेल सजाय भोगेपछि उनी पुनरावेदन अदालतले सफाई दिएर छुटेका थिए र चुनाव समेत लडेका थिए। तर सर्वोच्चले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको धेरै समयपछि मात्र उनलाई पक्राउ गरेर जेल चलान गरिएको थियो। 

उनको कैद सजाय माफी हुन लागेको समाचार सार्वजनिक भएपछि सर्वोच्चमा अर्को मुद्दा परेको छ। सर्वोच्चले सोमबार त्यससम्बन्धी फाइल झिकाउन आदेश दिएकाे थियाे। 

प्रकाशित: १५ जेष्ठ २०७५ ०३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App