१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्वार्ता

सुनुवाई समिति पूर्वाग्रहबाट मुक्त हुनुपर्छः पूर्व न्यायाधीश बलराम केसी

पूर्व न्यायाधीश बलराम केसी। तस्बिर:नागरिक

काठमाडौं– सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी बारेको निर्णय गर्ने संसदीय सुनुवाई विशेष समिति राजनीतिक आग्रह पूर्वाग्रहबाट मुक्त हुनुपर्ने बताएका छन्।

बुधवार रेडियो नागरिकसँगकाे कुराकानीमा पूर्व न्यायाधीश केसीले सुनुवाई समितिका १५ जनाले राजनीतिक रुपमा कसैलाई थकाउने, गलाउने गर्दा गलत संस्कार बस्ने प्रतिक्रिया दिए। ‘प्रस्तावित प्रधानन्यायाधीशलाई प्रत्यक्ष प्रश्नोत्तर गरेर सर्वाेच्च अदालतको नेतृत्व गर्न सक्ने नसक्ने बारेमा सबैले देख्ने सुन्नेगरी जानकारी दिनुपर्ने हो,’ पूर्व न्यायाधीश केसीले भने, ‘ तर सुनुवाई समितिका सदस्यहरुले राजनीतिक पूर्वाग्रह राखेर प्रस्तावित व्यक्तिलाई अपमानित गर्ने, निर्णय स्थगित गराएर थकाउने, गलाउने अनि राजीनामा गरिदेओस् भन्ने मनसायले अघि बढ्दा प्रणाली नै बिग्रन बिग्रन्छ।’

सुनुवाई समितिका सदस्यले शीर्षस्थ नेताको आदेश सुन्न नहुने भन्दै पूर्व न्यायाधीश केसीले १५ जनाले जे देख्यो त्यही निर्णय नगर्ने हो भने त्यसले न्यायालयमा धक्का लाग्ने चेतावनी दिए। ‘न्यायालयमा प्रस्तावित प्रधानन्यायाधीशको बारेमा विभिन्न आधारमा १५ सदस्यीय सुनवाई समितिले कुरा सोधेको विषयलाई हस्तक्षेप भन्न नहुने भन्दै पूर्व न्यायाधीस केसीले भने, ‘सुनुवाई समितिका सदस्यले राजनीतिक दलको आदेश कुर्ने परिपाटीले न्यायालयको निष्पक्षतामा असर पुर्याउँछ।’

पूर्व न्यायाधीश केसीले दीपकराज जोशीको नाम सुनुवाई समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत भएपनि उनी पुरानै पदमा रहेर काम गर्नसक्ने बताए।

पूर्व न्यायाधीश केसीसँग सागर न्यौपानेले गरेको कुराकानी सुन्न तलको लिंकमा क्लिक गर्नुहोस्।

प्रकाशित: १६ श्रावण २०७५ १०:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App