१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

डढेलोका कारण युरोपको तापमानमा नयाँ रेकर्ड

फाइल तस्बिर

विभिन्न भागमा लागेको जंगली आगोका कारण युरोपलाई तातोहावाको लहरले आक्रान्त पारेको छ। सोमबार फ्रान्समा तातोहावाको कारण तापमानमा अत्यधिक वृद्धिका कारण सिर्जना हुन सक्ने संकटसँग जुध्न १५ सरकारी निकाय उच्चतम सतर्कतामा राखिएको छ।  

दक्षिण–पश्चिम युरोपमा लागेको जंगली आगोलाई निभाउन हम्मेहम्मे परेको छ भने बेलायतले आगामी साता तापमानको नयाँ रेकर्ड राख्ने आकलन गरिएको छ। फ्रान्स, ग्रिस, पोर्जुगल तथा स्पेनका जंगलमा लागेको आगले हजारौ हेक्टर जमिन नष्ट भएको छ भने हजारौं स्थानीय तथा बिदा मनाउन गएकाहरू विस्थापित भएका छन्।  

विगत केही सातामा अन्तरालमा युरोपमा आएको यो दोस्रो तातो हावाको लहर हो। जलवायु परिवर्तनका कारण तातोहावा र खडेरीका घटना बढेको र बारम्बार घटन थालेको वैज्ञानिक तर्क छ। फ्रान्सको दक्षिण पश्चिम एक्वाइटेन क्षेत्रमा तापक्रम ४२ डिग्री सेन्टिग्रेडभन्दा माथि पुग्ने मौसम पूर्वानुमानविज्ञ ओलिभर प्राउस्टले बताए। यसैगरी फ्रान्सकै ब्रिटानीमा पनि तापमान सर्वाधिक ४० डिग्री सेन्टिग्रेड पुग्ने अनुमान गरिएकोछ। मंगलबार देखि गिरोन्डे क्षेत्रमा लागेका आगोले १३ हजार हेक्टर जमिन नष्ट भएको छ भने बिदा मनाउन त्यहाँ गएका १६ हजार २ सय जनालाई उद्धार गरिएकोछ। यसैगरी फ्रान्सको दक्षिणी पश्चिम टेस्टे–डी–बुच क्षेत्रमा लागेको आगो निभाउन २०० ९ बटा हवाईजहाज र २०० अग्निनियन्त्रक परिचालन गरिएकोछ। अत्यधिक गर्मीका कारण अग्नि नियन्त्रण गर्ने कार्य झन कठिन बनेको छ।

‘दक्षिण पश्चिमका केही क्षेत्रमा आगोले सर्वनाश नै गरेकोछ,’ मौसम पूवानुविद् फ्रान्सिज गौर्यान्डले एएएफपीले भनेका छन्। फ्रान्सभर तापक्रम बढेर ३० डिग्री सेन्टिग्रेड माथि पुग्ने र विशेषगरी पश्चिमी क्षेत्रमा यो ३८ देखि ४० डिग्री सेन्टिग्रेडसम्म पुग्ने देखिएको छ। आगजनीका कारण ओजोन ग्यासको घनत्व बढ्ने भएकाले प्रदूषण सावधानीसमेत जारी गरिएको छ। टुर डे फ्रान्स नामक साइकल यात्रामा सहभागी रहेका फ्रान्सेली साइकल यात्री मिकेल चेरेलले अत्यन्त कठिन स्थितिको सिर्जना भएको बताए।  

‘मैले यति विघ्न गर्मी दिन यसअघि कहिल्यै अनुभव गरेको थिइनँ,’ उनी भन्छन्। उता स्पेनका २० स्थानमा भएको आगलागी नियन्त्रणबाहिर रहेको अधिकारीले बताएका छन्। त्यहाँ ४५०० हेक्टर जमिन नष्ट भइसकेको छ। आपतकालिन सेवामा संलग्न कतिपयको ज्यानसमेत गएको छ। यसैगरी पोर्चुगलमा देशभर एलर्ट जारी गरिएको छ। बिहीबार सर्वाधिक ४७ डिग्री तापक्रम रेकर्ड गरेको पोर्जुगलमा विस्तारै तापमान घट्दै गएको अधिकारीले बताएका छन्। आगलागीका कारण दुईको ज्यान गएको र ६० घाइते भएका छन्।

प्रकाशित: ३ श्रावण २०७९ ०२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App