२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसका राष्ट्रपति पुटिन र उनका परिवारलाई जीवनभर कुनै मुद्दा चलाउन नपाइने

पुटिन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उनका परिवारविरुद्ध कहिले कुनै मुद्दा चलाउन नपाइने भएको छ।

त्यहाँको संसद्को तल्लो सदन डुमाले एउटा त्यस्तो विधेयक  गरेको हो, जसका कारण पुटिन पदबाट हटेपछि पनि उनी र उनको परिवारका कसैलाई कुनै किसिमको आपराधिक मुद्दा चलाउन नमिल्ने भएको हो।  

यसअघि गत जुलाईमा संवैधानिक संशोधनका लागि जनमतसंग्रह गरिएको थियो, अहिले तल्लो सदनले पारित गरेको विधेयक त्यसैको एक अंश हो।

रुसका दुवै सदनमा राष्ट्रपति पुटिनको बहुमत छ। उनको कार्यकाल सन् २०२४ मा सकिँदै छ। तर अहिले गरिएको संवैधानिक संशोधनअनुसार सन् २०२४ पछि पनि उनी दोस्रो कार्यकाल अर्थात् १२ वर्षसम्म पदमै रहन सक्नेछन्।

पुटिनलाई यस्तो संरक्षण दिने विधेयक पास भएपछि उनको राजनीतिक भविष्यमाबारे पुनः चर्चा सुरु भएको छ। पुटिन सन् २००० देखि रुसको सत्ताको नेतृत्वमा छन्।  

पुटिनका आलोचक एलेक्सी नाभाल्नीले समाजिक सञ्जालमार्फत पुटिनलाई यस्तो विधेयक किन आवश्यक पर्यो भनेर प्रश्न गरेका छन्।  

डुमा (तल्लो सदन) मा यो विधेयक तीनपटक ल्याउनुपर्ने हुन्छ। मंगलबार यो विधेयक पहिलोपटक पारित गरिएको हो।

सदनमा पुटिनको समर्थक पार्टी युनाइटेड रसिया पार्टीको बहुमत छ। तर वामपन्थी सांसदका ३७ मत विधेयकका विपक्षमा परेका छन्।  

डुमामा तीनपटक छलफल भएपछि यो विधेयक माथिल्लो सदनमा जानेछ। अन्तिम अनुमोदन भने स्वयं पुटिनबाट हुनेछ।

यो विधेयक आएसँगै अब पूर्वराष्ट्रपति र उनका परिवारलाई कुनै पनि विषयमा प्रहरीले सोधपुछ गर्न पाउने छैन। साथै उनीहरूको सम्पत्ति कब्जा गर्न पाइँदैन।  

अब असाधारण परिस्थितिका ठूला अपराध र राजद्रोहबाहेक अन्य कुनै पनि अपराधमा पूर्वराष्ट्रपति र उनका परिवारलाई जीवनभर मुद्दा चलाउन पाइन्न।  

हाल रुसमा पूर्वराष्ट्रपति दामित्री मेदभेदेभ मात्र जीवित छन्। उनी पुटिनका सहयोगी हुन्। बिबिसी

प्रकाशित: ३ मंसिर २०७७ ०७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App