१ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विजयी घोषणा हुनुअघि नै बाइडेनले थाले राष्ट्रपति पद सम्हाल्ने तयारी

बाइडेन

जो बाइडेनले विजयी घोषणा हुनुअघि नै अमेरिकाको राष्ट्रपति पद सम्हाल्ने तयारी थालेका छन्।  

न्युयोर्क टाइम्सका अनुसार आगामी हप्ता ह्वाउट हाउसका लागि वरिष्ठ अधिकारीको नाम घोषणा गर्ने सम्भावना छ। 

वासिङ्टन र डेलावेरमा ककसले कुन पद प्राप्त गर्लान् भन्ने चर्चा भइरहेको छ। पत्रिकाका अनुसार बाइडेनले अमेरिकाको इतिहासमै समावेशी मन्त्रिमण्डल बनाउन सक्छन्।

 

यो पनि पढ्नुहोस्

राष्ट्रपति चुनाव हार्दै गएपछि निराश भए ट्रम्प

 

यस वर्षको सुरुवातमा बाइडेनले आफ्नो सम्भावित मन्त्रिमण्डलबारे भनेका थिए, ‘पुरुष, महिला, समलिंगी, काला, गोरा, एसियाली सबै हुनेछन्।’ 

न्युयोर्क टाइम्सले १२ वटा स्रोतबाट बाइडेनले सबभन्दा पहिले ह्वाइट हाउसका कर्मचारीबारे निर्णय गर्नेछन्। मन्त्रिमण्डलमा समावेश हुने व्यक्तिको नाम यही नोभेम्बरको अन्त्यतिर घोषणा हुने सम्भावना छ।

 

यो पनि पढ्नुहोस्

बाइडेनको दाबी : आवश्यकभन्दा धेरै भोट ल्याएर म चुनाव जित्छु

 

राष्ट्रपति चयनका लागि मंगलबार सम्पन्न चुनवाको मत गणना भने जारी छ। चुनावमा बाइडेन र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प प्रतिस्पर्धामा छन्। अहिलेसम्मको नजिताअनुसार बाइडेनले जित्ने सम्भावना प्रबल छ।

प्रकाशित: २२ कार्तिक २०७७ ०८:५१ शनिबार

जो बाइडेन